मङ्ल, चैत्र १८, २०७६
Tue, March 31, 2020

कोरोनाको त्रास – ७ दिनको लागि इजरायल पनि लकडाउनमा, सरकारी आदेश उलंघन गरे कार्वाही गरिने

१७ जना कोरोनासंक्रमित पूर्णरुपमा ठिक भएका छन - इजरायली स्वास्थ्य मन्त्रालय


  • स्वदेश नेपाल
  • शुक्र, चैत्र ७, २०७६

चीनको वुहान शहरबाट फैलिएको कोरोनाभाइरसले अहिले संसारलाई नै आफ्नो कब्जामा लिएको छ भन्दा फरक पर्दैन । विश्वको १७२ राष्ट्रलाई आफ्नो शिकार बनाएको कोरोनाले अहिलेसम्म २ लाख ३५ हजार व्यक्तिमा देखिएको छ ।

विश्वब्यापी रुपमा करोनाभाइरसको बढ्दो प्रकोपमा इजरायल पनि परेको छ । कोरोनासंक्रमण कसैको निधन नभए पनि यसको संक्रमणमा अहिलेसम्म ६०० जना भन्दा बढी इजरायलीहरु परेको देखिएको छ । बिगत एक हप्ता देखि इजरायल सरकारले प्राथमिकताको साथ कोरोनासंग युद्धस्तरमा जनताको स्वास्थ्यको रक्षाको लागि अत्यावश्यक कदमहरु उठाएको छ ।

यसैक्रममा हिजो बिहिबार इजरायलको स्थानीय समय बेलुकी ८ बजे प्रधानमन्त्री नेतान्याहूले टेलिभिजन सम्बोधन मार्फत कोरोनाभाइरसलाई रोकथाम गर्न लकडाउन (जनस्वास्थ्य सङ्कटकाल)को घोषणा गर्दै ७ दिनको लागि आफ्ना नागरिकहरुलाई घर भित्रै रहनुको साथै सरकारले जारी गरेको निर्देशन कडाईको रुपमा पालना गर्न आदेश जारी गरेका छन् ।

सरकारको आदेश उलंघन गर्नेहरुलाई जरीवानासहित कानुनी सजायको व्यवस्था गरिएको छ । सरकारले आदेश पालना भए नभएको चेकजांच गर्न सरकारी अधिकारीहरु पनि खटाउने जनाएको छ ।

आबश्यक खानेकुरा र इमर्जेन्सी स्वास्थ्य सेवा बाहेक अरु कामको लागि घर बाहिर कोहि पनि निस्कन पाउने छैनन् ।

इजरायली स्वास्थ्य मन्त्रालयका महानिर्देशक मोसेबार सिमनले कोरोनाविरुद्धको यो लडाई निकै लामो हुने संकेत गर्दै कति लामो हुने हो त्यो यसै भन्न नसकिने दाबि गरेका छन् ।

इटालीमा कोरोनाले देखाएको डरलाग्दो स्वरूपले इजरायल तर्साएको छ।

आफ्नो हवाई मार्ग लगायत स्थल मार्गमा समेत बिदेशी नागरिकको लागि आउँन नै प्रतिबन्ध लगाएको इजरायलले बिदेशमा रहेका आफ्ना सबै नागरिकहरुलाई शीघ्रातिशीघ्र इजरायल फिर्ता आउँन आदेश जारि गरिसकेको छ । साथै हालको विषमपरिश्थितिमा अर्को निर्णय नहुदासम्मको लागि विदेशबाट कुनै पनि कामदार नल्याउने साथै बिदामा गएका कामदारलाई समेत आउँ नदिने निर्णय गरेको छ ।

कोरोना नियन्त्रणको लागि इजरायली राष्ट्रपति र प्रधानमन्त्रीले जनतासंग विनाकाममा घर बाहिर ननिस्कन लगायत पार्क तिर नजान साथै बिभिन्न भेला जनघट नगर्न आव्हान नै गरेका छन् ।

यो न्युज तयार पार्दासम्म इजरायलमा ६७७ जना कोरोना संक्रमित ब्यक्ति भेटिएको छ , जसमा ६ जनाको स्थिति अति गम्भीर छ भने अरु १३ जनाको स्थिति गम्भीर रहेको छ भने बाँकिमा साधारण रहेको इजरायली स्वास्थ्य मन्त्रालयले जनाएको छ । यहि बीच १७ जना कोरोनासंक्रमित पूर्णरुपमा निको भएको पनि जनाएको छ ।

केयर गिभर नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना:

विभिन्न उद्देश्यले नेपाल जानुभएका ईजरायलमा कार्यरत नेपालीहरुले ईजरायल फिर्ता हुनका लागि पूरा गर्नुपर्ने निश्चित प्रक्रियाका सम्बन्धमा दूतावासबाट हिजो मिति २०७६/१२/०३ मा सूचना जारी गरिएकोमा ईजरायलको परराष्ट्र मन्त्रालयबाट भर्खरै प्राप्त सूचना अनुसार हालको विशिष्ट परिस्थितिमा ईजरायल सरकारले कुनै पनि मुलुकका केयर गिभरहरुलाई अर्को सूचना नभएसम्मका लागि ईजरायल प्रवेशमा रोक लगाएकोले नेपालबाट ईजरायल फर्कने क्रममा रहनुभएका केयर गिभर नेपालीहरुको जानकारीका लागि हार्दिक अनुरोध गर्दछौं।

प्रस्तुत परिप्रेक्षमा ईजरायलमा रहनुहुने नेपालीहरुलाई अत्यावश्यक अवस्थामा बाहेक तत्कालका लागि ईजरायल नछोड्न तथा आफ्नो स्वास्थ्यको ख्याल राख्न समेत दूतावास परिवार पुनः अनुरोध गर्दछौं।

प्रतिक्रिया
ताजा अपडेट