शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

अहिलेको भ्रष्टाचार ट्रेलर मात्र हो, चप्पलमा आएकाहरु दरबारीया कसरी भए : पूर्व डिआईजी रमेश खरेल (भिडियो सहित)


  • भुपेन्द्र पौडेल
  • बुध, चैत्र ५, २०७६

काठमाडौँ। नेपाल प्रहरीका पूर्व डिआईजी एवम सामाजिक अभियान्ता रमेश खेरेलले मुलुकमा व्याप्त भ्रष्टचार बढेको भन्दै कुशासनमा रहेका हरुलाई सुशासन सिकाउन ‘हाम्रो नेपाल सुशासन अभियान’ घोषणा गरिएको बताएका छन् । केहि दिन अघि काठमाण्डौमा एक औपचारीक कार्यक्रमको आयोजना गरि खरेलको संयोजकत्वमा हाम्रो नेपाल सुशासन अभियानको घोषणा गरिएको छ ।

अभियानको औपचारीक घोषणा संगै क्यानडा नेपाल संग कुरा गरेका खरेलले हिजो चप्पलमा आएका हरु आज दरबारीया भएको भन्दै सुशासन र कुशासन छुट्याउन नसक्नेहरुका लागि यो अभियानले गुण र दोष दुबै कुरालाई छुट्याएर सहयोग र समर्थन गर्ने वताए । चप्पलमा आएका हरु अहिले दरबारमा छन् यिनि हरुवाट के अपेक्षा गर्ने यिनिहरुले गरेको भए हामि जस्ताले यसखालको अभियानको घोषणा गरिहिड्नुपर्ने कामनै थिएन खरेलले भने ।

मुलुकमा व्याप्त भ्रष्टाचारको काण्डै काण्ड सुनेर जनताको कान पाकिसकेको भन्दै उनले अब यसको नितिगत भ्रष्टाचारको विरोधमा जनता उत्रिनुपर्ने वताए ।
अहिलेका सबै मिलेर देश लुटेका छन यो ट्रेलर मात्र हो पिक्चर बाकीनै छ तर उनिहरुको लुटिखाने एजेण्डालाई रिलिज हुन नदिने गरी तपाई हामी लाग्नुपर्छ । जनताले पनि आफ्नो कर्तव्य र अधिकार भुल्न नहुने भन्दै गल्तिभए हामि सवैले आत्मालोचना गर्नुपर्छ ।

खरेलले मुलुकमा मुलुकमा सुशासन भएको भए , रुलअफ ल भएको भए , सरकार प्रभावकारी भएको भए यस्तो अभियानको आवश्यकता नभएको भन्दै बाध्यभएर अभियान घोषणा गरिएको वताए । अन्तर्वाताको क्रममा यो अभियानलाई कसरी पारदर्शि बनाउनु हुन्छनी भन्ने प्रश्नमा खरेलले भने । यो देशलाई माया गर्ने हरुसंग सहयोगको अपिल गर्छौ, यो देशमा जसले योगदान गरेका छन देशभित्र वा बाहिरका मान्छेहरु उहाहरु संग हामि अनुरोध गर्छौ ।

फेरीपनि भन्छु तर यो देशमा अपराध,अपराधि तस्करहरु संग जसले यो देशलाई शोषण गरेका छन त्यसको हामि कदापि केहिपनि लिदैनौ । जसबाट सहयोग लिन्छौ त्यसलाई पारदर्शि ढङगले अडिट गरेर सार्बजनिक गर्छौ । प्रत्येक आम जनताको सामु पु¥याउछौ ।

खरेलले राजनीति गर्ने नेता नै ठीक नभएको बताए। ‘हाम्रो अहिलेका नेताहरू ठीक छैनन् मुख्य दोष वर्तमान शासकहरूलाई नै जान्छ, सरकारले भ्रष्टचारमा शून्य सहनशीलता भने पनि त्यो बोलेर मात्र हुँदैन, अप्लाई गर्नुपर्छ देखिनुपर्छ, जनतालाई फिल हुनुपर्छ, भनेको सुन्दासुन्दा कान नै पाकिसक्यो अब एक्शनमा जानुपर्छ भनेर अघि बढ्नुपर्छ भनेर यो अभियानको शुरूआत हुनुपर्छ,’ उनले भने।

मुलुक हाक्न कमाण्डरको आवश्यकता चाहिन्छ जुनकुरा नेपालीले आभाष गर्न पाएका छैनन् उनको भनाई थियो । २९ वर्ष नेपाल प्रहरीको अधिकृत भएर विभिन्न जिल्लाको कमाण्ड समाल्दा जनताको स्याबासी पाएका खरेललाई धेरेले आशाको केन्द्रका रुपमा लिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट