मङ्ल, चैत्र १८, २०७६
Tue, March 31, 2020

कोरोनाको महामारी रोक्ने यो एउटै मात्र उपाय छ – डा. रवीन्द्र पाण्डेको अपिल सरकार समक्ष पुराउन सक्दो शेयर गरौ

कोरोनासंक्रमणका लक्षणहरू प्राय: यस्तो हुन्छ , यी तिन चरण देखिए कोरोना लागेको मानिन्छ, त्यसपछि अस्पताल गएर जांच गर्नु आबश्यक हुन्छ


  • स्वदेश नेपाल
  • बुध, चैत्र ५, २०७६

-जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे

कोरोना संक्रमणका लक्षणहरू : कोरोना संक्रमण कि रुघाखोकी ?

यो मौसमी फ्लुको समय भएको तथा यहिबेला कोरोना संक्रमणकोत्रास भएकोले रुघाखोकी हुँदा पनि कोरोनासंक्रमण भयो भनेर धेरैलाई त्रास उत्पन्न भएको छ । कोरोनासंक्रमणको लक्षण रुघाखोकी भन्दा फरक हुन्छ । रुघाखोकीमा नाकबाट पानी बग्ने, नाक बन्द हुने, सामान्य खोकी लाग्ने, ज्वरो १०० डिग्री आसपास हुने, सामान्यतया २-४ दिनमा निको हुने हुन्छ । तर कोरोना संक्रमणमा फरक लक्षण हुन्छन । तल उल्लेखित लक्षण देखिएमा सरकारी अस्पताल गएर जांच गर्नु आबश्यक हुन्छ ।

कोरोनासंक्रमणका लक्षण :

क ) पहिलो चरण – ज्वरो आउने ( १०२ – १०४ डिग्री फरेनहाइटसम्म ), सुख्खा तथा लहरे खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, घ्यारघ्यार हुने, घांटी बस्ने, थकाइ लाग्ने ।

ख ) दोस्रो चरण – आराम गर्दा पनि सास छोटो भएजस्तो लाग्ने, पल्टिएर सुत्दा सास फेर्न गाह्रो हुने, श्वासप्रश्वासको अप्ठ्यारोले गर्दा आफ्ना अन्य दीर्घरोगले च्यांप्दै जाने ।

ग ) तेस्रो चरण – सास फेर्न निकै गाह्रो हुने अर्थात हरेक सासको लागि संघर्ष गर्नुपर्ने, बोल्न एकदम गाह्रो हुने । धेरै छाती दुख्ने,  उठ्न निकै गाह्रो हुने, कन्फ्युज हुने, बेहोश हुने

हिंजो विश्व स्वास्थ्य संगठनले २ वटा कुरामा जोड दिएको छ

१. अहिले बिकसित मुलुकमा कोरोना संक्रमण फैलिएको छ । त्यसकारण अकल्पनीय स्थिति भोग्नुपरेको छैन । निम्न आय भएका मुलुकमा कोरोना संक्रमण फैलियो भने भयाबह स्थिति आउनेछ ।

२. कोरोना संक्रमणको महामारी रोक्ने एउटा मात्र उपाय छ । टेस्ट … टेस्ट …. टेस्ट अर्थात जतिसक्यो धेरैजनालाई कोरोना संक्रमण भए / नभएको परिक्षण गर्ने ।
.
– सरकारले यो संदेश अबिलम्ब बुझेर जहाँबाट हुन्छ, कोरोना टेस्ट किट लाखौँ संख्यामा झिकाउनु पर्यो । दशौँ लाख दशतिरबाट माग्नु / किन्नु पर्यो ।

– अस्पतालमा बिरामी छामेर वा लक्षण कुरेर बसेर कोरोना संक्रमणको निदान गर्न सकिदैन । अस्पताल, बाटो, सिनेमाघर, स्कुल, क्याम्पस, होटेल, नाइट क्लब, एयरपोर्ट, नाका, विदेशबाट आउने, रुघा लागेका, डाक्टर, नर्स, स्वास्थ्यकर्मी, सफाइ स्टाफ, ड्राइभर, पाइलट, बैदेशिक ब्यापारी …. सबै तह समेट्ने गरि Random Test गर्यो भनेमात्र कोरोना संक्रमण छ वा छैन भन्न सकिन्छ ।

– कोरोना संक्रमण गराउने भन्दा सुचना लुकाउनेलाई ठूलो कारबाही हुनुपर्छ । सुचना लुकाउँदा वा हामीलाई कहाँ सर्छ र ? भन्दा अहिले ती देशको स्थिति के भयो ? त्यो सबै निकायले बुझ्नुपर्छ । सहि सुचना तुरुन्त दिनु भनेको रोकथामको लागि अचुक अस्त्र दिनु बराबर हो । यो तथ्य सबैले बुझौं ।

– विश्वका धेरै देशले तयारी गर्न नपाउंदै कोरोना संक्रमण डढेलो झैँ फैलियो । कोरोना भाइरसले नेपाललाई समय दिएको छ । जांच सामग्री, गाउन, क्वारेन्टाइन केन्द्र, आइसोलेसन सेन्टर, कोरोना अस्पताल, आइसीयु, भेन्टिलेटरदेखि दैनिक उपभोग्यका सामान आपूर्ति आदि ब्यबस्थापनको लागि हामीले लामो समय घर्कायों । अब घण्टाघण्टा गनेर काम गरौँ । कोरोनासंक्रमणले हामीलाई घेराबन्दी गरिसकेको छ ।

भिड नगरौं, भिडमा नजाऔं – कोरोना भाइरस बिरुद्धको युद्धमा सम्पूर्ण नागरिकको ठूलो दायित्व छ । आफु मात्र सफा भएर, आफुले मात्र मास्क तथा स्यानिटाइजर प्रयोग गरेर यो कोरोना संक्रमणलाई जित्न सकिदैन । कोरोना भाइरसको सम्भावित संक्रमण नियन्त्रण गर्न हामीले आफ्नो बानीमा परिवर्तन गर्नु आबश्यक छ ।

१. सकभर घरमा बसौं । बाटो, चोक, पुल, रेस्टुरेन्ट, अस्पताल, क्लिनिक, क्लब, भोज भतेर, पसल, सवारी साधन, अफिस, बैंक, बिल तिर्ने ठाउँ लगायत हरेक ठाउँमा भिड नगरौं । अत्यावश्यक काम बाहेक घरमै बसौं । काम परेमा १ जना व्यक्ति मात्र जाऔं ।

२. अस्पताल, क्लिनिक तथा अन्य स्वास्थ्य संस्था ‘ टु वे ‘ हुन्छन भन्ने नबिर्सौं । अर्थात संक्रमण निको हुने तथा संक्रमण सर्ने । स्वास्थ्य संस्था बाहिर खुला ठाउँमा बसेर आफ्नो पालोको प्रतिक्षा गरौँ । ज्वरो, रुघाखोकी भएका बिरामी भीडमा जाने काम गर्दै नगरौं ।

३. सकभर अनलाइनबाट काम गरौँ । पढ्ने पढाउने, बिल तिर्ने, सामान्य रोगको उपचार ( टेलिफोन वा नेटबाट ) गर्ने, भेटघाट, छलफल आदि आफ्नो कोठामै बसेर गरौँ । सकभर पैसाको भन्दा कार्डको प्रयोग गरौँ । मिलेसम्म फोन वा नेट अर्डर तथा होम डेलिभरी कल्चर बिकास गरौँ ।

४. सरकारी कार्यालयले जनतालाई घरबाट काम गर्न मिल्ने गरि नयाँ ब्यबस्था गरौँ । यो बेला जरिवाना नगरौं ।

५. होटेल, रेस्टुरेन्ट, क्लब, रात्रिकालीन मनोरंजन स्थल, स्विमिंग पुल आदिका संचालकले यो महामारी रोक्न तथा आफु पनि संक्रमणबाट बच्न केहि समय ब्यबसाय अनलाइन मात्र गरौँ । सरकारसंग ब्याज मिनाहा, कर छुट लगायतका सुबिधाको लागि दवाव सिर्जना गरौँ ।

६. आम नागरिक भीडसंग बचौं । भीडमा नजाऔं । ज्यानभन्दा काम प्यारो हैन । मनोरन्जनात्मक गतिबिधि केहि समयलाई स्थगित गरौँ । आफ्नो टोलमा हुने भीडलाई नियन्त्रण गर्ने उपाय सोचौं ।

कोरोनासंक्रमणका नयाँ भ्रम र वास्तविकता- महामारी वा प्राकृतिक बिपत्तिको समयमा हल्लाको औंला समाएर हिंड्नु हुँदैन । अहिले केहि जबर्जस्त हल्लाहरु चलेका छन् ।

– कोरोना संक्रमण भयो भने मरिन्छ भनेर धेरैजना आत्तिएको देखिन्छ । विश्वको डाटा हेर्नुहोस । कोरोना संक्रमणबाट देश अनुसार ०.७ देखि ३.५ % सम्म मृत्युदर देखिएको छ । यो संख्या धेरै हैन । मृत्यु भएका ६ हजार मध्ये कोरोना संक्रमणको महामारी नआएको भए पनि झन्डै ३० % को आफ्नै कालले मृत्यु हुन्थ्यो ।

– रक्सीखाएमा कोरोना भाइरस मर्छ भन्ने ठूलो भ्रम छ । अल्कोहलकन्टेन्ट स्यानिटाइजरले हात सफा गर्ने हो । अल्कोहलखाने व्यक्तिमा रोगसँग लड्ने क्षमता कम हुन्छ । संक्रमित व्यक्तिले अल्कोहलखाएमा मृत्यु हुन सक्छ । इरानमा कोरोना संक्रमित व्यक्तिहरु यहि भ्रममा पर्दा झन्डै ४० जना व्यक्तिको रक्सीलेज्यान लियो ।

– धेरै उमेर भएका तथा दीर्घ बिरामीलाई कोरोना संक्रमण भयो भने ज्यान जान्छ भन्ने अर्को भ्रम छ । प्रेसर, सुगर, श्वासप्रश्वास आदिका औषधि सेवन गरेर आफ्नो काम गरिरहेकालाई जोखिम नगन्य छ । मधुमेहमा पनि टाइप – २ मधुमेहका बिरामीलाई खासै खतरा छैन । टाइप – १ लाई जोखिम मानिन्छ । जोखिम भनेको मृत्यु हैन । संक्रमणबाट साबधानी अपनाउनु पर्ने हो । त्यस्तै अन्य रोग लागेर औषधि सेवन गरेका, खानपिनमा ख्याल गर्ने, भीडभाडमा नजाने, सफा बस्नेत् तथा उच्च आत्मबल भएका व्यक्तिलाई जोखिम एकदम कम छ ।

– लसुन, बेसार, गुर्जो, अदुवा आदिले कोरोनालाई सन्चो गर्ने हैन । रोगसँग लड्ने क्षमता बढाउने हो । गोमुत्र सेवनले भाइरस मर्दैन । बरु अरु संक्रमण हुनसक्छ । आत्तिएर जे पायो त्यहि खाने नगरौं ।

– रुघाखोकी, ज्वरो तथा सास फेर्न गाह्रो हुँदैमा कोरोनासंक्रमण भएको हुँदैन । यी मौसमी रुघाखोकीका लक्षण हुन् ।

प्रतिक्रिया
ताजा अपडेट