मङ्ल, चैत्र १८, २०७६
Tue, March 31, 2020

राष्ट्र नै सङ्कट पर्दा नाफा कमाउने जनता हुदासम्म जति नै शक्तिशाली सरकार भए पनि देश कहिले बन्दैन

'नेपाली इमान्दारिता र वीरता' भनेका हाम्रा पुर्खाहरुले कमाएको यश हो , हाम्रो पुस्ताले कमाएको यश खै भन्दै इमान्दारिता बनिन रविको आवाहन


  • स्वदेश नेपाल
  • बुध, चैत्र ५, २०७६

कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ – १. ‘नबोल्ने भनेपछि नबोल्ने के’ भन्दै हिँडे स्वास्थ्यमन्त्री ढकाल

चीनको वुहानबाट सुरु भएको नाबेल कोरोना भाइरस (कोभिड–१९) विश्वका १ सय ६२ देशमा फैलिइसकेको अवस्थामा नेपाल पनि उच्च जोखिममा छ ।

कोरोना संक्रमण फैलिएका देशका मन्त्री÷प्रधानमन्त्रीहरुले हरेक दिन ताजा अवस्थाको बारेमा आफै मिडियामार्फत ब्रिफिङ गरिहरेका हुन्छन् । तर, नेपालमा भने सरकारका स्वास्थ्य मन्त्रीले भने आफूलाई मन लागेको समयमा मात्रै जवाफ दिने भएका छन् ।

जसको उदाहरण न्यूज २४ टेलिभिजनले एउटा भिडियो प्रसारण गरेको छ, जुन सोसल मिडियामा भाइरल बनेको छ ।

घरमा पाहुना आएकाले अहिले बोल्न नमिल्ने भन्दै हतार–हतार क्यामेरा छलेर हिँड्ने व्यक्ति स्वास्थ्य मन्त्री भानुभक्त ढकाल हुन् ।

पटक–पटक समय नमिलेको भन्ने मन्त्री ढकालको जवाफपछि फागुन २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पुगेका बेला प्रश्न सोध्न खोजिएको थियो ।

टिभी जर्नलिष्टद्वय अंगराज न्यौपाने र केशव निरौलाले कोरोना भाइरस संक्रमणको पूर्व तयारी के छ ? भन्ने प्रश्न गर्न खोज्दा मन्त्री ढकालले आफ्नो घरमा पाहुना आएकाले ‘अहिले नबोल्ने, नबोल्ने भनेपछि नबोल्ने के’ भन्दै हिँडेका थिए ।

हामीले मंगलबार पनि मन्त्री ढकालसँग कुराकानी गर्न पटक–पटक प्रयास ग-यौं । उनको फोन उठाउने स्वकीय सचिवले पटक–पटक मन्त्री ढकाल मिटिङमा भएको जवाफ फर्काए ।

त्यसपछि पनि हामीले ३/४ पटक मन्त्री ढकालको फोनमा सम्पर्क ग-यौं, तर फोन उठेन । ५ औं पटक फोन गर्दा फोन त उठ्यो तर, ‘मन्त्री ज्यू, मिटिङ सकेर गइसक्नु भयो’ भन्ने जवाफ आयो ।

प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपणपछि आराम गरिरहेका छन् । प्रधानमन्त्री बिरामी परेका बेला विभागीय मन्त्रीहरुले अझ आफ्नो कामलाई बढी ध्यान दिनुपर्ने हुन्छ ।

स्वास्थ्य क्षेत्रमा विश्व आक्रान्त भइरहेको समयमा सरकारको जिम्मेवार मन्त्रालय सम्हालेका मन्त्री ढकालको शैली भने गैरजिम्मेवार देखिएको छ ।

२. सीधाकुराको ‘मास्क अपरेसन’ पछि सक्रिय भयो प्रहरी

काठमाडौं, ०४ चैत । बजारमा दुई रुपैयाँ प्रतिगोटा पर्ने मास्कलाई होलसेल मूल्य ३१ देखि ३५ रुपैयाँमा बेच्न लागेको सूचना पाएपछि प्रहरीको सहयोगमा हामी आफै ग्राहक बनेर ‘स्टिङ अपरेसन’ गरेका थियौं ।

हामीले गरेको ‘स्टिङ अपरेसन’बाट ७८ हजार मास्क बरामद गरिएको थियो । त्यस्तै आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरी नियन्त्रणमा परेका ८ जनामध्ये ७ जना अझैं पनि प्रहरीकै नियन्त्रणमा छन् । उनीहरु बारेमा थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले ७ दिनको म्याद थप गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट