आइत, चैत्र १६, २०७६
Sun, March 29, 2020

बिदामा गएका केयरगिभरहरु अब इजरायल फर्किन नपाउने !

ईजरायल फर्कन लागेका नेपाली केयरगिभरहरुका लागि नेपाली राजदुतावास इजरायलको अत्यन्त जरुरी सूचना


  • स्वदेश नेपाल
  • बुध, चैत्र ५, २०७६

कोरोनाभाइरसको सबैभन्दा ठूलो असर नेपालको बैदेशिक रोजगारीकोप क्षेत्रमा परेको छ। बिभिन्न देशले हालको जटिल परिस्थितिलाई ध्यानमा राखेर नयाँ भिषा रोक्ने मात्रै नभएर बिदामा गएका कामदारहरुलाई फर्किन पनि रोक लगाएको छ भने नेपाल सरकारले समेत श्रम स्वीकृति दिनु रोक लगाएको छ ।

यहि कोरोनको प्रकोपसंगै इजरायलमा कार्यरत बिदेशी कामदारहरु मध्ये बिदामा आआफ्नो देश फर्किएका नेपाली लगायत सबै बिदेशी कामदारहरुलाई इजरायल फर्किएर आउँ इजरायल सरकारले हिजो राती मिति २०७६/१२/०४  बाट एक्कासी रोक लगाएको छ ।

कोरोनाको कारण हालसम्म इजरायलमा कसैको निधन नभए पनि बिरामीको संख्या दिनप्रतिदिन बढ्दो छ । यहाँको सामाजिक जनजीवन ठप जस्तै भएको छ । सबै इजरायली लगायत बिदेशी कामदारहरु पनि घर भित्रै बस्न बाध्य भएका छन् ।

कोरोना नियन्त्रणको लागि इजरायली राष्ट्रपति र प्रधानमन्त्रीले जनतासंग  विनाकाममा घर बाहिर ननिस्कन लगायत पार्क तिर नजान साथै बिभिन्न भेला जनघट नगर्न आव्हान नै गरेका छन् ।

यसरी रोजगारीका लागि विदेश गएका तर बिदामा नेपाल आएका नेपालीहरुको संख्या ठुलो छ जसको असर नेपाली रेमिटेन्स प्रवाहमा देखिदैछ । नेपालीहरुको लागि रोजगारको गन्तब्य राष्ट्रहरु कतार, मलेसिया , साउदी अरब लगायतका राष्ट्रहरुले बिदेशी कामदारहरुको प्रवेश माथि रोक लगाएको छ।

इजरायल स्थिति नेपाली राजदूतावासले जारी गरेको सूचना

नेपालबाट ईजरायल फर्कन लाग्नुभएका केयर गिभर नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना: विभिन्न उद्देश्यले नेपाल जानुभएका ईजरायलमा कार्यरत नेपालीहरुले ईजरायल फिर्ता हुनका लागि पूरा गर्नुपर्ने निश्चित प्रक्रियाका सम्बन्धमा दूतावासबाट हिजो मिति २०७६/१२/०३ मा सूचना जारी गरिएकोमा ईजरायलको परराष्ट्र मन्त्रालयबाट भर्खरै प्राप्त सूचना अनुसार हालको विशिष्ट परिस्थितिमा ईजरायल सरकारले कुनै पनि मुलुकका केयर गिभरहरुलाई अर्को सूचना नभएसम्मका लागि ईजरायल प्रवेशमा रोक लगाएकोले नेपालबाट ईजरायल फर्कने क्रममा रहनुभएका केयर गिभर नेपालीहरुको जानकारीका लागि हार्दिक अनुरोध गर्दछौं।

प्रस्तुत परिप्रेक्षमा ईजरायलमा रहनुहुने नेपालीहरुलाई अत्यावश्यक अवस्थामा बाहेक तत्कालका लागि ईजरायल नछोड्न तथा आफ्नो स्वास्थ्यको ख्याल राख्न समेत दूतावास परिवार पुनः अनुरोध गर्दछौं।

प्रतिक्रिया
ताजा अपडेट