काठमाडौँ। पछिलो समय नेपाली राजनितिमा चर्चामा रहेको गाँ’जाको प्रतिवन्ध फुकुवाको विषय अहिले बहसको विषय बनेको छ । संसदमा गाँजा प्रतिवन्ध फुकुवको माग गर्दै करिब चार दर्जन सांसदहरुले प्रस्ताबनै दर्ता गराएका छन ।
गाँजा प्रतिवन्धलाई फुकुवा गरेर व्यवशायिक खेति गरी आर्थिक उपार्जनलाई बढावा दिनुपर्ने एकाथरीको माग छ भने सोहि विषयमा अर्कोथरीले प्रतिबन्धित चिजलाई फुकुवा गरेर मुलुकमा दु’व्य’र्सन वढाउन नहुने तर्क गर्छन ।
तर गाँ’जाको प्रतिवन्ध फुकुवा गरेर कानुनी रुपमौ बैधानिकता सहित व्यवशाय गर्न दिनुपर्ने माग कतिको जायज छ त ? यस विषयमा नजिक बाट अध्यन गरिरहनु भएका सामाजिक अभियान्ता सुरजित दत्त ।
सत्रौ र अठारौ शताव्दिको दस्ताबेज अनुशार एसिया एकदम सम्पन्न थियो । तर उसको सम्पन्नताको पछाडीको मुल कुरा भनेको दुईटा चिज कपास र गाँजाको खेति नै हो । सुन्दा अच्चम लाग्छ तर त्यहाको समृद्धिको मुख्य पाटो गाँ’जा र कपासनै हो ।
नेपालमा जसरी अहिले दुश्प्रचार गरिएको छ । बाह्य देशमा त्यो ठिक विपरित हुन्थ्यो । एसियालि देशहरुमा गाँ’जाको उत्पादन बाट तेल र वायोग्यास निकालिन्थ्यो, गाँजाको फाइबरले लत्ता कपडा बन्थे गाँ’जाको बोट घर बनाउन पनि प्रयोग गरिन्थ्यो ।
हात हतियार राख्नका लागि प्रयोग गरिने दाब अर्थात फ्रेम त्यो पनि गाँ’जाकै फाईबर बाट बनाईन्थ्यो । तरबार सफा गर्न र ब’न्दुक सफा गर्न पनि गाँ’जाकै तेल प्रयोग गरिन्थ्यो त्यसले खि’या लाग्न दिदैन थियो ।
आयुर्बेदमा यसको एक दमै ठुलो भ्यालु छ । एसिया सम्पन्न हुने कारण गाँ’जा भएको निश्कर्ष सहित यसलाई पोर्चुगलमा पहिला प्रयोगमा ल्याईयो र पछि युरोपमा पनि त्यहि लागुभयो । जसले गर्दा ठुलो आर्थिक क्रान्तिल्यायो मान्छेको जिवनमा र साथसाथै यसले पर्याबरणमा पनि सन्तुलन ल्याएको थियो ।
सन् १९३० मा स्वयम अमेरिकाले तेल निकालने र जर्मनिमा सबभन्दा पहिला कागज बनेको गाँ’जाकै विरुवावाट हो । गाँजा तिन प्रकारको हुन्छ साटिबा, इण्डिका , र समलिङगी टाईपको खासगरी साटिबा र इण्डिका प्रयोगमा आउछ ।
गाँ’जालाई सन १९६१ मा बन्द गरिएपछि नेपालमा सन १९७३ मा अमेरिकन नेक्सन सासित सरकारको दबावमा बन्द गर्न लगाए । भारतमा सन् १९८५ मा बन्द गरियो । हामि संग जुन पद्धती थियो गाँ’जा विषयमा मान्छेले जति नकरात्मक कुरा गरेपनि यसको आवश्यकता छ ।
दत्तले हिमालय अनलाईन टेलिभिजन सँगको अन्तर्वातामा ब्रिटिस पार्लामेन्टमा पेश भएको दस्तावेज समेत देखाएका छन । उनले सो दस्ताबेज आफुले स्कटल्याण्डको लाईब्रेरीवाट बाट निकालेको वताएका छन । उनले सो दस्ताबेजमा दछिण एसियाका देशहरुमा गाँ’जाको खेति त्यसका आर्थिक पाटो आर्थिक फाईदा , स्वास्थ स्थिति र त्यसबेलाको संस्कृतिको विषयमा प्रस्ट पारिएको बताएका छन ।
३ हजार २८१ पृष्ठको सो दस्ताबेजमा नेपालको बारेमा पृष्ठ ४३, १४९, २१८, २७२, ३३४ र ४०८ मा नेपालको बारेमा उल्लेख छ । हाम्रो सनातनिय परम्परामा वौद्धमा, जयनमा ,सिखमा, हिन्दुमा र सुफिमा समेत गाँजाको गुनगान गाएको पाईन्छ । औषधिय कुराको व्याख्यागरिएको छ । त्यस्तै शिवपुराण ,ऋगवेदमा यसको उल्लेख छ , यजुर्बेदमा यसको उल्लेख छ र अथर बेदमा यसको उल्लेख छ ।
चाईनिजले गाँ’जावाट बनेको वस्तु उसको यु’द्धको बेला प्रयोग गर्थे , हाम्रा गोर्खालीहरुले पनि प्रयोग गरेको दस्ताबेजनमा उल्लेख छ । चाईनिज हरु आजको दिनमा पनि प्रयोग गर्छन । व्लड प्रेसर सहित जति पनि जिवन रक्षक औषधि छ त्यो सबै गाँ’जा वाट बन्छ ।

