आइत, चैत्र १६, २०७६
Sun, March 29, 2020

कोरोना भाइरसको आ’तंक : २५० नेपाली कतारबाट निकालिए


  • स्वदेश नेपाल
  • मङ्ल, चैत्र ४, २०७६

काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक अखबारहरुले कोरोना भाइरसका कारण उत्पन्न भएको त’रंग र नेपालमा यसको पूर्व तयारी फितलो भएको विषयलाई मुख्य समाचार बनाएका छन् ।

आजको कान्तिपुर दैनिकले कतारमा क्याम्पबाहिर निस्कँदा, २५० नेपाली डिपोर्ट शीर्षकमा मुख्य समाचार छापेको छ । क्याम्प बाहिर निस्किएका २५० जना नेपालीलाई कतार प्रहरीले पक्राउ गरेर सोमबार नेपाल पठाएको छ ।

कतारमा कोरोनाको त्रासका कारण क्याम्प बाहिर निस्किन रोक लगाइएको छ । तर, यस्तो जानकारी नपाएका नेपाली क्याम्पबाहिर निस्किएका थिए । उनीहरुलाई पक्राउ गरेर सिधै नेपाल पठाएको समाचारमा उल्लेख छ ।

कान्तिपुरले लेखेकाे छ- कतारको औद्योगिक क्षेत्र (सनैया) मा बस्ने पोखराका अनिलकुमार सुनार शुक्रबार दिउँसो साढे ३ बजे किनमेलका लागि आफ्नै गाडी लिएर कोठाबाट निस्किए ।

नेपाली खाना सप्लाई गर्ने क्याटरिङ चलाएका उनलाई शनिबारका लागि चाहिने सरसामानको जोहो गर्नु थियो । किनमेल गर्न नपाउँदै उनीलगायत करिब २ सय ५० नेपाली डिपोर्ट गरिए । सोमबारमात्र काठमाडौं ल्याइएका सुनारलगायतको ठूलो जमात अलमलमा थियो ।

कोरोनाका कारण कामदारहरुलाई राखिएको क्वारेन्टाइनबाट बाहिर निस्किएको भन्दै कतार प्रहरीले उनीहरुलाई पक्राउ गरेर नेपाल पठाइ दिएको हो ।

यस्तै कान्तिपुरले युरोपमा रहेका नेपालीलाई मुस्किल शीर्षकको खबरलाई पनि महत्वका साथ छापेको छ भने नेपालमा कोरोनाविरुद्ध अनेकन निर्णय भएपनि कार्यान्व्यन भने फितलो भएको विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ ।

कोभिड–१९ भाइरसविरुद्ध सरकारले गरेका निर्णय सशक्त भए पनि कार्यान्वयन फितलो देखिएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तय गरेका रणनीति प्रभावकारी रूपमा लागू हुन नसकिरहेको समाचारमा उल्लेख छ ।

आजको अन्नपूर्ण पोस्ट्ले कोरोना भाइरसका कारण कतारले २० नेपाली मात्रै फर्काएको खबर लेखेको छ । कोरोना भाइरस संक्रमण थप फैलिन नदिन गरेको सावधानीलाई बेवास्ता गर्ने २० नेपाली कामदारलाई कतारले फिर्ता पठाइदिएको समाचारमा उल्लेख छ ।

दुई जना दुई दिनअघि र १८ जना सोमबार फिर्ता भएको समाचारमा उल्लेख छ । क्वारेन्टाइनबाट निषेधित क्षेत्रमा पुगेका नेपालीलाई पक्राउ गरी कतारले स्वेदश फर्काइदिएको परराष्ट्र अधिकारीले बताए ।

प्रतिक्रिया
ताजा अपडेट