मङ्ल, चैत्र १८, २०७६
Tue, March 31, 2020

इजरायलमा कोरोना सङ्क्रमितहरुको संख्या १०० नाघ्यो साथै ३ जना कोरोनामुक्त, इजरायलबासी नेपालीहरुको अधिकांस कार्यक्रमहरु स्थगित

१०० जना भन्दा बेसीको सामुहिक कार्यक्रम र भेला नगर्नु प्रधानमन्त्रि नेतान्याहूको अपिल, २८० मिलियन अमेरिकी डलरको राहत प्याकेज घोषणा !


  • स्वदेश नेपाल
  • बिहि, फाल्गुन २९, २०७६

संसारनै हलचल मचाएको कोरोनाभाइरसलाई बिश्वस्वास्थ्य संगठनले विश्वमाहामारी घोषणा गरेको छ । विश्वब्यापी बढ्दोक्रममा रहेको कोरोनाभाइरसको चपेटामा इजरायल पनि परेको छ ।

इजरायली स्वास्थ्य्मंत्रालयले आज बिहिबार दिएको इजरायलको स्थानीयसमय अनुसार बिहानको ९ बजेसम्ममा कोरोनाभाइरसले १०० जनामा देखिएको पुष्टि गरेको छ। इजरायलका अनलाइन मिडियाहरुले जनाए अनुसार ति सय जानामा तिन जना बिरामी चै पूर्णरुपले निको पनि भैसकेको दाबि गरेको छ ।

दुई दिन अघि इजरायलले जुनसुकै देशमा इजरायल आउने इजरायली भए पनि अरु देशका नागरिकहरु भए पनि दुई हप्ता अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने नियम लागु गरेको छ ।

यस्तै कोरोनाभाइरसबाट बच्न १०० जना भन्दा बेसीको सामुहिक कार्यक्रम र भेला नगर्नु इजरायली प्रधानमन्त्रि नेतान्याहूले सार्वजनिक अपिल नै गरेका छन्।

कोरोनाभाइरसको असरले इजरायलको अर्थतन्त्रलाई समेत प्रभावित गरेको छ । कोरोनासंग लड्नको लागि इजरायली प्रधानमन्त्री बेन्जामिन नेत्यान्याहूले लगभग २८० मिलियन अमेरिकी डलरको प्याकेज घोषणा गरेका छन ।

विश्वभर फैलिएको कोरोना भाइरसको त्रासका कारण हात मिलाउने कुरामा अब कमि आउन थालेको छ। हाल मिलाउनुको सट्टामा ‘नमस्ते’ भन्ने चलन सुरु भएको छ। कोरोना भाइरस फैलिएपछि हात मिलाउँदा संक्रमणको जोखिम भएपछि केहि दिन पहिले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि आफ्ना नागरिकलाई हात नमिलाई नमस्ते गर्न आग्रह गरेका छन्।

इजरायली प्रधानमन्त्रीले कोरोना रोक्नका लागि सबैभन्दा पहिलो कुरा आफैं सतर्क हुनुपर्ने भन्दै उनले हात नमिलाउन भनेका छन् । देशवासीलाई सम्वोधन गर्दै उनले कोरोना रोक्न केही कदम चाल्न जरुरी भएको भन्दै अब मानिसहरुले एक अर्कालाई छुन बन्द गर्नुपर्ने र त्यसको शुरुवात हात मिलाउन रोक्न सुरु गर्नुपर्ने बताए।

कोरोनाको असर इजरायलबासी नेपालीहरुको अधिकांस कार्यक्रमहरु स्थगित

कोरोनाको प्रभाव इजरायलका नेपाली र नेपाली समाजहरुमा पनि पर्न सुरु भएको छ।  इजरायलमा रहेका नेपाली समाजहरुले पुर्व आयोजना मिति तय गरिएका धेरै कार्यक्रमहरु अहिले स्थगित भएका छन् । नेपाल आदिवासी जनजाति महासंघ इजरायलद्वारा भ्रमण बर्ष २०२०, को प्रचार प्रसारको लागि यहि मार्च १३ तारिख शुक्रबार आयोजना मिती तय गरेको सांगीतिक कार्यक्रम हाललाई स्थगित गरेको बताएको छ जुन कार्यक्रमलाई भब्य बनाउन नेपालबाट चर्चित कलाकार प्रकाश सपुत र मिलन नेवारलाई निम्ता गरिएको थियो ।

यस्तै प्रवासी सृजनशिल महिला समुह, झापाली समाज इजरायलले आयोजना मिती तय गरेको क्रमस चौथो र पाचौ बार्षिकउत्सव मार्च २० र २१ तारीख हुने भनिएको पनि हाललाई स्थगित गरेको बताएको छ भने अन्य विभिन्न मितिमा तय गरिएका कार्यक्रमहरु पनि अन्योलमा रहेका छन् ।

यता नेपाल राजदुतावास इजरायलले एक सुचना जारी गर्दै नेपाली समुदायलाई सचेत रहन आग्रह गर्दै केहि समयलाई बिभिन्न कार्यक्रमहरु नगर्न, इजरायलका बिभीन्न ठाउमा गरिने भ्रमणहरु आयोजना नगर्न सुचित गरेको छ भने इजरायल नछाडन जानकारी गराएको छ ।

यो समाचार तयार हुदासम्म इजरायलमा रहेका नेपालीहरुमा कोरोनाको असर नदेखिएको सुखद समाचार छ ।

प्रतिक्रिया
ताजा अपडेट