मङ्ल, चैत्र १८, २०७६
Tue, March 31, 2020

यी ८ कुरामा ध्यान दिएमा हाम्रो १०० बर्षको आयु कसैले पनि छिन्न सक्दैन, कोरोनाको त के हिम्मत !


  • स्वदेश नेपाल
  • शनि, फाल्गुन २४, २०७६

सेल्फक्वारेन्टाइन र सेल्फहिलिंगले कोरोनाभाइरस ठिक हुन्छ – मौसम परिवर्तनको बेला रुघाखोकी लाग्नु सामान्य हो । रुघाखोकी अरुलाई सर्न नदिन, आफु बिरामी भएको बेला अरुको रोग आफुलाई नसार्न तथा छिटो स्वास्थ्य लाभ गर्न ‘ सेल्फ क्वारेन्टाइन ‘ अर्थात घरमै अलग्गै बस्नु अत्यन्त प्रभावकारी उपाय हो । घरमा बसेपछि समय समयमा तातोपानी, झोलिलो खाना, घरेलु औषधि, घामको चुम्बन, पारिवारिक स्याहार लगायत धेरै उर्जा प्राप्त हुन्छ ।

काम काम भनेर सधै जोतिने काम नगरौं । सन्चो नहुँदा आराम गरौँ । शरीरलाई पनि पावर ब्यांक चाहिन्छ, चार्ज गरिरहनुपर्छ, सर्भिसिंग गरिरहनुपर्छ ।

अहिले झन्डै १ लाख ५ हजार कोरोनासंक्रमित पुष्टि भएका छन् । ती बाहेक ठूलो संख्यालाई कोरोनासंक्रमण भयो होला । उनीहरु आफैले साबधानी अपनाउँदा रोग लागेको थाहा नै नपाइ सन्चो भएका छन । जसलाई गाह्रो पर्यो, धपेडी भयो, चिन्ता भयो, उनीहरु कोरोना जाँचको लागि अस्पताल पुगे । यस्तो ‘ सेल्फ हिलिंग ‘ धेरै रोगमा हुन्छ ।

टीबी-निमोनिया जस्ता रोगमा पनि ‘ सेल्फ हिलिंग ‘ हुन्छ । शरीरसँग आफुलाई लागेका रोग निको पार्ने प्रणाली छ । त्यसलाई जगाउन सक्नुपर्छ । सम्यक आहार, बिहार र अचारले शरीरभित्रका डाक्टर फुर्तिला हुन्छन् अनि रोगलाई छिटो निको पार्छन। अस्पताल नहुने युगमा पनि हाम्रा पुर्खा स्वस्थ भएर बाँचेका थिए । शरिलाई पैसा कमाउने मेसिन ठान्दा हामी दिनप्रतिदिन कमजोर भएका छौं । परिणाम त्यो हुन्छ, जे को लागि हामी दास बनेका छौं, त्यो सम्पूर्ण खर्च गर्दा पनि हामीले आफुलाई फेरी पाउन सक्दैनौं ।

 

प्रकृतिप्रेमि, शरीरप्रेमि, मनप्रेमि, सुस्वादु, सुकिलो, हँसिलो, सहयोगी तथा निर्भिक हुने हो भने हाम्रो १०० बर्षको आयु कसैले पनि छिन्न सक्दैन।

कोरोनासंक्रमणबारे भ्रम र यथार्थता – १. अल्कोहल खाए कोरोना भाइरस सर्दैन भन्ने भनाइ पूर्णतया गलत हो। अल्कोहल कन्टेन्ट ह्याण्ड-वास भनेको रक्सीले हात धुने हैन। स्पिरिट मिसिएको कपासले हात सफा गर्ने हो। कोरोना संक्रमित व्यक्तिले अल्कोहल खाएमा झनै खतरा हुन्छ। २. कोरोना भाइरस घरपालुवा जनाबारबाट सर्दैन।

३. कोरोना भाइरस हावामा उडेर टाढाको मान्छेलाई सर्दैन। बढीमा ३ मिटरको दुरीमा रहेको कोरोना संक्रमण बिरामीले खोकेमा, छ्यु गरेमा ड्रपलेटबाट सर्न सक्छ। बिरामीका सामान तथा बिरामीले छोएको ठाउँबाट पनि सर्न कोरोना सर्न सक्छ।

४. कोरोना सर्दैमा मृत्यु हुँदैन। धेरै जनालाई त कोरोना सरेर आफै निको भएको पनि हुन्छ। १०० जनालाई कोरोना संक्रमण भएमा १-२ जनाको मात्र मृत्यु हुन्छ।

५. कोरोना संक्रमणले बुढाबुढी र अन्य दीर्घ रोगी सबैको मृत्यु हुने हैन। यो जोखिम समुहले बिशेष ख्याल गर्नुपर्छ। जुनसुकै उमेरको व्यक्तिलाई पनि जोखिम हुनसक्छ।

६. मास्कले कोरोना संक्रमण रोक्न सक्दैन। सिधै सर्नबाट केहि बचाउने काम भने गर्दछ। ७. चिनियासंग भेट्दैमा, चिनिया सामान प्रयोग गर्दैमा तथा चाइनिज खाना खाँदैमा कोरोना संक्रमण सर्दैन।

८. बोर्डर सिल गर्दैमा कोरोना संक्रमण सर्दैन भन्ने ग्यारेन्टी हुँदैन। ९. कोरोना बियर वा कोरोना व्हिस्की खाएर कोरोना संक्रमण निको हुँदैन। त्यो केवल नाम मात्र मिलेको हो, कोरोना स्कुल जस्तै।

१०. एन्टिबायोटिकले कोरोना भाइरसलाई मार्न सक्दैन। यसको लागि प्राभावकारी एन्टी भाइरल औषधिको आवश्यकता हुन्छ।

११. कोरोना भाइरस ल्याबमा बिकास गरेको हैन। १२. बाफले हात सुकाएर कोरोना भाइरस मर्दैन। १३. शरीरभरी अल्कोहल, क्लोरिन जस्ता केमिकल छार्दैमा कोरोना नसर्ने भन्ने हुँदैन।

१४. बिश्व बजारमा आएको मिराकल मिनरल वाटर पिएर कोरोनाबाट बचिन्छ भन्ने भ्रम मात्र हो। १५. लसुन खाँदैमा कोरोना नसर्ने भन्ने हुँदैन।

तत्काल जनस्वास्थ्य संकटकालघोषणा गरियोस- कोरोना भाइरस संक्रमणको त्रासले जनजीवन तहसनहस हुँदैछ। हरेक तह र तप्कामा यसको डर र चिन्ताले आम जनसमुदाय पिडामा बाँचिरहेका छौं। सरकारले कोरोना संक्रमण रोक्न सक्छ भन्ने बिश्वास जनताले नगरेको स्थिति छ। अत्यावश्यक सामग्री तथा औषधिको अभाव सुरु भएको छ। आम जनता त्रसित हुँदा सरकारले अभिभावकीय जिम्मेवारी बहन गर्न ढिलो गर्नुहुँदैन।

१. सरकारले यथाशिग्र जनस्वास्थ्य संकटकाल घोषणा गरोस। २. घटीमा ६ महिना पुग्नेगरि औषधिको आयात तथा भण्डारण गरोस। ३. औषधि बिक्रि तथा स्टकमा नियमन गरोस। अहिले बट्टाका बट्टा औषधि किन्ने काम नियन्त्रण गरोस।

४. खानेपानी, दुध, दाल, चामल, तेल, नुन, ग्यासजस्ता खाधान्नको ६ महिना पुग्नेगरी स्टक राखोस। आम समुदायले अत्याबश्यक सामग्री घरमा थुपार्ने तथा कालाबजारियाले सामान लुकाएर कृतिम अभाव सिर्जना गर्ने काम नियन्त्रण गरोस।

५. अनाबश्यक हल्ला र आतंक फैलाउनेलाई कारबाही गरोस। ६. बिमानस्थलमा भएको चरम लापरबाही नियन्त्रण गरोस। विमानस्थलमै कोरोना संक्रमण पत्ता लगाउने ल्याबको ब्यबस्था गरोस।

७. विमानस्थलदेखि अस्पतालसम्म सुरक्षाकर्मीको ब्यबस्था गरोस। कोरोना संक्रमण फैलिएका देशबाट आउने नेपाली तथा विदेशीलाई अनिबार्य चेकजाँच र आबश्यक परेमा क्वारेन्टाइनमा राख्ने ब्यबस्था गरोस।

८. टेकु अस्पतालबाट बिरामी भाग्ने काम भइरहेको छ। यो डरलाग्दो पक्ष हो। तसर्थ अस्पतालमा सुरक्षाकर्मी राख्ने तथा भाग्न खोज्नेलाई नियन्त्रण गर्ने ब्यबस्था मिलाओस। ९. भीडभाड हुने ठाउँ बन्द गरोस।

१०. छिटोभन्दा छिटो स्कुलको परीक्षा सकेर स्कुल तथा कलेज बन्द गरोस। स्कुलको परीक्षा २ दिनमै सकेर १ महिना स्कुल बन्द गरोस।

११. कोरोना संक्रमणको डर र त्रास हटाउन सबै निकायलाई परिचालन गरोस। १२. सम्भब भएका काम अनलाइनबाट ( घरमै बसेर ) गर्न प्रोत्सान गरोस।

१३. अत्यावश्यक काम भएका बाहेकका व्यक्तिहरुलाई गाउँमा फर्किन प्रोत्साहित गरोस। १४. क्वारेन्टाइन, आइसोलेसन, आइसीयु, भेन्टिलेटर आदिको पर्याप्त ब्यबस्था मिलाओस।

१५. जनचेतना र परामर्शको ब्यापक ब्यबस्था गरोस।

कोरोनाको उपचार छैन, रोकथाम सम्भव छ : यी ३ कुरामा ध्यान दिएमा ९० प्रतिशत रोकथाम हुन्छ

कोरोनाको संक्रमणमा आत्तिनु पर्दैन – जनस्वास्थ्य बिज्ञ डा.रवीन्द्र पाण्डेको अपिल – सुरक्षित हौँ, सक्दो शेयर गरेर सुरक्षित रहन सहयोग गरौ!

कोरोनाहाइएलर्ट – कोरोनाभाइरस संक्रमण ( कोभिड – १९ ) बिरुद्द व्यक्तिगत रुपमा लडेर जित्न सकिंदैन। तपाइंले मात्र मास्क लगाएर, हात धोएर तथा रोकथामका तमाम उपाय अबलम्बन गरेर मात्र कोरोनाबाट बच्न सम्भब छैन। तपाइँ, तपाइंको परिवार, टोल, काम गर्ने ठाउँ, बाटोघाटो, रेस्टुरेन्ट, सपिंग सेन्टर, पानी ट्यांकर, अस्पताल आदि पनि संक्रमणरहित हुनु आबश्यक छ।

यसको लागि कम्तीमा एयरपोर्टबाट संक्रमण भित्रिन दिनुहुँदैन। एयरपोर्टमा जति कडा गरियो, त्यति नै हामी सुरक्षित हुन्छौं। अहिलेको अवस्था हेर्दा एयरपोर्टको ब्यबस्था पर्याप्त छैन। डिजास्टर पुलिसको रुपमा तालिमप्राप्त सुरक्षाकर्मीको जिम्मा दिनुपर्छ, यात्री स्क्रिनिंगको लागि।

हामीले बुझ्नुपर्छ, कोरोनाले हामीलाई घेरिसकेको छ। चीन, जापान, कोरिया, इरान, इटाली, कुवेत, बहराइन लगायतका देशमध्ये इरान र इटाली बाहेक अन्य देशमा झन्डै १ लाख नेपाली ( कामदार/ बिद्यार्थी / अन्य ) छन्। मलेसिया तथा अरबका देशहरुमा कोरोना फैलिएमा दशौँ लाख नेपाली जोखिममा हुनेछन। नेपाल आउने पर्यटक तथा हाम्रै नेपाली दाजुभाइ तथा दिदीबहिनी संक्रमित भएमा हामीले त्यो संक्रमण रोक्न सक्दैनौं।

सम्भावित अकल्पनीय महामारी र आतंक रोक्न सरकार, गैह्रसरकारी संस्था, स्वास्थ्य संस्था, शैक्षिक क्षेत्र, सुरक्षाकर्मी लगायत आम जनताको अभियान जरुरि छ।

नेपालमा कोरोना भित्रियो भने मनोबैज्ञानिक आतंक रोक्न झनै गाह्रो हुनेछ।

कोरोनाबारे बोल्ड डिसिजन गरौँ – १. भिजिट नेपाल २०२१ मा राखौं। कोरोना नियन्त्रण हुन, मान्छेको मनबाट त्रास हट्न यो बर्ष पुरै लाग्छ। अन्य देशले पर्यटकलाई भिसा नदिने नीति अबलम्बन गरेका छन्, हामीहरुले कोरोना क्लस्टरमा गएर नेपाल घुम्न आउ भनिरहेका छौं। कोरोना संक्रमण तथा त्रासको कारण व्यक्तिको समेत आर्थिक अवस्था चौपट छ। घुम्न आएपनि ती पर्यटकले खर्च गर्न सक्दैनन्। हाम्रो अभिष्ट पुरा हुँदैन।

२. WHO ले नेपाललाई कोरोनाको ठूलो जोखिम देशमा राखेको छ। कोरोना भित्रियो भने पशुपतिनाथको पुजा गर्नु बाहेक सरकारको तयारी केहि पनि छैन। यो तथ्य हाम्रो सरकारले नबुझेपनि WHO ले बुझेको रहेछ।

३. साउदीले त हजको लागि भिसा बन्द गर्ने निर्णय गर्यो भने हामीले फ्लिम हल पनि बन्द गर्न सकेका छौनौं। फ्लिमहल, ठूला सपिंग मल, सार्वजनिक यातायात लगायत भीडभाड हुने केन्द्रलाई बन्द गर्नु अनिबार्य छ।

४. स्कुल तथा कलेजहरुले बार्षिक परीक्षा अघिं सारेर वा पढाइ बन्द गरेर परीक्षा मात्र लिंदा उपयुक्त हुन्छ।

५. अस्पतालहरुमा रुघाखोकी, ज्वरोको लागि छुट्टै इमर्जेन्सी वार्ड, ओपिडी,बेड, आइसीयु, प्रयोगशाला राखौं। अरु रोगको लागि त्यसको बिपरित दिशामा ब्यबस्था गरौँ। अस्पताल सरुवा रोगको ठूलो कारक तत्व हो। यो तथ्य मनन् गरौँ।

६. अभिभावकले रुघाखोकी, ज्वरो तथा सास फेर्न गाह्रो भएको व्यक्तिलाई सुरुमा अस्पताल नलगौं। घरायसी उपचारले निको नभएमात्र अस्पताल लैजाऔं। राम्रो प्रयोगशाला भएको, ठूलो स्पेस भएको, बेड तथा आइसीयु भएको हस्पिटलमा लैजाने गरौँ।

७. क्वारेन्टाइन तथा आइसोलेसन वार्डलाई बस्ती बाहिर टहरामा कोठा बनाएर राख्ने ब्यबस्था गरौँ। ५००० सुरक्षाकर्मी खटाउने हो भने ७ दिनमा १००० बेडको फलाम र प्रिफ्याबको केन्द्र बनाउन सम्भव छ।

८. सम्भावित औषधि, पानी, खाध्य पदार्थ, मास्क, निस्संक्रमण रसायन, मास्क, ग्लोभ, स्वास्थ्यकर्मीको लागि बिशेष गाउन ….सरकारले ३-४ महिनाको लागि जोहो गरोस।

९. एयरपोर्टमा थर्मल स्क्यानर राखेर मात्र हुँदैन। जहाज अवतरण गर्ने बेलामा सिटामोल खाएमा तापक्रम देखिदैन। ज्वरो मात्र कोरोनाको मुख्य इन्डिकेटर हैन। तसर्थ एयरपोर्टमा सुविधासम्पन्न प्रयोशाला, अटेरिको लागि सुरक्षाकर्मी, एम्बुलेन्स, अस्पतालमा सुरक्षाकर्मीको ब्यबस्था आदि कडाइका साथ गर्नुपर्छ।

१०. मनोचिकित्सक, परामर्शदाता, साइकोथेरापिस्ट तथा अन्य स्वास्थ्यकर्मीलाई तालिम / गाइडलाइन, साधन उपलब्ध गराएर तम्तयार रुपमा राख्नुपर्छ।

कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन फैलिदो छ। मृतकको संख्या बढिरहेको छ। संसारका अधिकांश देश कोरोना संक्रमणसंग लड्नको लागि पुरा तयारीमा छन्। आफो राज्यप्रति जनता ढुक्क छन् कि आफ्नो सरकारले प्रभावकारी कदम चाल्न सक्छ भनेर।

यता हाम्रा नेताहरु कुर्सि, भ्रष्टाचार र आपसी भाले भिडन्तमा दुनियालाई सस्तो मनोरंजन दिइरहेका छन्। नेपालमा कोरोना संक्रमण भित्रिने ठूलो सम्भावना छ। कोरोना संक्रमण नेपालमा आएमा भूकम्प र नाकाबन्दीले भन्दा धेरै जनजीवन अस्तव्यस्त बन्नेछ। यस्तो कहालीलाग्दो अवस्था आफ्नो सामुन्ने हुँदा राज्य पुरै बेखबर छ। कोरोना संक्रमण रोकथाम राज्यको प्राथमिकतामा छैन।

हामी जनता आफै सजग हुनुको बिकल्प छैन। काम नपरेसम्म भीडभाडमा नजाऔं। खल्तीमा ह्याण्ड स्यानिटाइजर् बोकौँ। मास्क सहि तरिकाले लगाऔं। हात धोएर मात्र खानेकुरा खाने गरौँ। एकदम सफा कपडा लगाउने गरौँ। हात मिलाउनेभन्दा नमस्ते गर्ने बानी बसालौं। रुघाखोकीको समयमै उपचार गरौँ। सकभर बाहिरबाट आएपछि कपडा बाहिर वा बेडरुम बाहिर राख्ने गरौँ। कारणबश कोरोना फैलिएमा कहाँ बस्ने, के खाने, बच्चा तथा बुढाबुढीलाई कसरी सुरक्षित राख्ने ? जस्ता आधारभूत आवश्यकता एबम सुरक्षाको योजना बनाऔं।

कोरोनाको संक्रमणमा आत्तिनु पर्दैन- अहिले कोरोना भाइरसको संक्रमणले हरेक व्यक्तिको मनमा त्रास उत्पन्न गराएको छ। कोरोना संक्रमण संसारभर फैलिँदो छ भने नेपाल त्यसको अपवाद रहन सक्दैन। कोरोना भाइरस नेपालमा फैलियो भने मनोसामाजिक तथा मनोबैज्ञानिक कारणले बढी क्षति हुन्छ। तसर्थ हामीहरु मानसिक रुपमा तयार हुनुपर्दछ, मनोबल उच्च राख्नुपर्छ।

– कोरोना कमजोर भाइरस हो। यसको संक्रमण सबैलाई हुँदैन। दीर्घ रोगी, बृद्धबृद्धा तथा अन्य रोगसँग लड्ने क्षमता नभएका केहि व्यक्तिलाई मात्र यो संक्रमण सर्न सक्छ।

– कोरोना सर्यो भनेपनि आत्तिनु पर्दैन। यसको मृत्युदर निकै कम छ। १०० जनालाई संक्रमण भयो भने २ देखि ३ जनाको मात्र मृत्यु हुनसक्छ। सामान्य रुघाखोकीले विश्वमा प्रत्येक बर्ष ४,५०,००० व्यक्तिको मृत्यु हुन्छ भन्ने तथ्य बिर्सनु हुँदैन।

– कोरोना संक्रमणको औषधि छैन। तसर्थ उपचारमा धेरै खर्च हुँदैन। ज्वरो आए पारासिटामोल खाने, खोकी र सास फेर्न सजिलो हुने औषधि खाने, मनतातो झोलिलो खाना खाइरहने, आराम गर्ने। गाह्रो भएमात्र अस्पताल जाने।

– कोरोना संक्रमण भएको १ व्यक्तिले औसत ३ देखि ६ जनालाई मात्र रोग सार्न सक्छ। तसर्थ कसैलाई संक्रमण भयो भन्दैमा सबै आत्तिनु पर्दैन।

– कोरोना बिरुद्ध मानसिक रुपमा तयार हुनको लागि, भोलि सहर लक डाउन भयो भने सुरक्षित हुनको लागि २ -३ महिनाको जोहो गर्दा राम्रो हुन्छ। जस्तै : नियमित खाने औषधि, अत्यावश्यक खाध्य पदार्थ, प्राथमिक उपचारका औषधि जस्तै – सिटामोल, रुघाखोकीको औषधि।

– सहरमा संक्रमण तीब्र देखिन थालेमा गाउँ जानु उत्तम बिकल्प हो। गाउँमा कोरोना संक्रमण फैलिने सम्भावना एकदम न्यून हुन्छ।

– विश्वासिलो मेडियाको मात्र समाचार पढ्ने, सुन्ने, विश्वास गर्ने बानी बसाल्दा अनाबश्यक मानसिक दवाव झेल्नु पर्दैन।

– बजारमा मास्कको अभाव छ। कोरोना संक्रमण रोक्नको लागि मास्कको भूमिका निकै कम छ। बराबर हात धुने, सफा रहने गर्यो भने कोरोना संक्रमण सर्दैन। तसर्थ मास्क नपाएपनि डर मान्नु पर्दैन। मास्क भन्दा पंजा महत्वपूर्ण छ।

– बजारमा ह्याण्ड स्यानिटाइजरको अभाव भएमा स्प्रिट-कपास, साबुनपानी आदिको प्रयोग गर्न सकिन्छ।

– कोरोना संक्रमण फैलियो भने चिकित्सक, स्वास्थ्यकर्मी, सेना, प्रहरी लगायतले अस्पताल, चौर ( टेन्ट ) आदिमा राखेर उपचार गर्छन। विश्व स्वास्थ्य संगठन, बिदेशी स्वयमसेवी संस्था, बिदेशी राष्ट्र लगायत धेरैको हामीले सहयोग गर्नेछन।

– कोरोना भाइरसको लागि गर्मी प्रतिकूल मौसम हो। हामीकहाँ गर्मी सुरु भएको छ। तसर्थ जाडोमा जस्तो छिटो फैलिने सम्भावना एकदम कम छ।

– कोरोना भाइरस बिरुद्ध खोप, औषधि आदिको अनुसन्धान भइरहेको छ।

– क्यान्सरलाई त आत्मबलले जित्न सकिन्छ भने यो केवल रुघा हो। तसर्थ डराउनु पर्दैन।

– यसको रोकथाम हाम्रो हातमा छ। भीडभाडमा नजाने, हात धोइरहने, बिना काम घर बाहिर नजाने गर्दा ९० % रोकथाम हुन्छ।

कोरोनासंक्रमणको लागि जोखिम ठाउंहरु – १. सिनेमा घर २. अस्पताल ३. बिद्यालय / कलेज ४. सार्वजनिक यातायात ५. सपिंग मल ६. व्यस्त गल्ली ७. तरकारी तथा मासु बेच्ने ठूला स्थानहरु ८. सभा / जुलुस भएका स्थान ९. वृद्धाश्रम १०. होटेल / रेस्टुरेन्ट ११. रंगशाला १२. भोजभतेर आदि।

काम नपरेसम्म यस्ता ठाउँमा जाने नगरौं। जानु परेमा मास्क, ह्याण्ड स्यानिटाइजर आदिको प्रयोग गरौँ । घरमा फर्केपछि घर बाहिर वा अलग कोठामा कपडा फेरेर तथा साबुनपानीले हात धोएर भान्सा / बैठक कोठामा जाने गरौँ।

उपचार छैन, रोकथाम सम्भव छ ।

जनस्वास्थ्य विज्ञ डा.रबीन्द्र पाण्डेयको फेसबुकबाट साभार

प्रतिक्रिया
ताजा अपडेट