मङ्ल, चैत्र १८, २०७६
Tue, March 31, 2020

मेरो धरातल – तिर्थराज बराल


  • स्वदेश नेपाल
  • शनि, फाल्गुन २४, २०७६

परिस्थितिले उल्झ्याएर
आफ्नो धरातलबाट टाडिएको एउटा मान्छे
समयको पल संगै भक्कानिएर धर्तिको प्रतिबिम्बलाई अँगाल्छ
उस्को सुसेली भित्र कुन स्वर गुञ्जिएकोछ
कस्लाई भनोस ?
आफ्नो धरातल घातिहरुको चंगुलमा फसेकोछ ।

भोको पेट र नाङ्गो शरीर लिएर
राजधानीको गल्लि गल्लीमा
प्राण पखेरु टिकाउन हात पसारिरहेछन मेराहरु
ति निर्लज्ज शासकका सवारहरु तामझाममा लर्किरहन्छन
तिनका कानहरु बहिरा छन् आखहरु अन्धाछन ।

घिन लाग्छ ति काण्डै काण्डका प्रकरण सुनेर
हग्नेलाई भन्दा देख्नेलाई लज्जा भएकोछ शिर निहुरिएकोछ
स्वयम् रक्षक नै भक्षक भएपछी
लाखौ निसाहय जीवन पिडाले पिल्सिरहेछ
राजनीतिक पात्रहरु कन्चन नदिझैँ बग्न नसकेर
नालीबाट रछ्यान संगै दुर्गन्ध बोकेर कुचालमा चल्दैछन।

राज्य, सत्ता, सरकार र कानुन
शब्दको अस्तित्व सिवाय केहि रहेन

दुराचार, दुष्कर्म, दुष्परिणाम र दुरासयमा बदलिएकोछ
धर्ति आमालाई नाग्घेझार पारेर नघ्याइएकोछ
लज्जा छोप्ने एक झरो टालो पनि नमिल्ला झैँ भएकोछ।

प्रकृतिको सुन्दर पुञ्ज मेरो धरातल
हिफाजत गरिदिने शताब्दी खेप्दा पनि मिलेन
हजारौको जीवन बलिदान गर्न विवस बनाउने नाईकेहरु
बागडोरमा सल्बलाएको देख्दा रास्ट्रघाती चाल देख्दा
पाइखानाका किराहरु सल्बलाएको जस्तोलाछ
दुरबाट देख्दै घृणा लाग्छ सिंगो शरीर होइन कुकर्म देखेर।

कहिले बल्ला सचेतनाको दियो
कहिले फेरिएला मेरा आमाको धुजा धुजा भएको फरिया
बगरका गर्भिणी आमाहरुले कहिले बिसाउलान त्यो ढुंगा कुट्ने घन
मिठो निद्रा ढुक्कको जीवन न्यानो ओत भित्र
लालाबाला संगै नाच्ने र रमाउने दिन कहिले होला मेरो धर्ति भित्र।

सवार भित्रका ति मान्छे र बगर भरिका श्रमिक
आखिर गन्तब्य एउटै त्यहि मशान घाट
रक्षक रक्षकझैँ भैदिए सदाचार सम्झिदिए
करोडौको आँशु रोकिन्थ्यो होला
केहि मिठो मुंस्कानले आफ्नै धर्तीमा नाचिन्थ्यो होला ।

तिर्थराज बराल (सानु पुनाटारे) – हरिऔन, सर्लाही, नेपाल – हाल: टोरोन्टो, क्यानाडा

प्रतिक्रिया
ताजा अपडेट