एनआरएनए इजरायलको निमन्त्रणामा डा. महाविर पुन इजरायल आउदै– राष्ट्रिय आविस्कार केन्द्र नेपालका संस्थापक नेपाली बैज्ञानिक डा. महाविर पुन इजरायल आउने भएका छन् । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलले नयाँ बर्ष २०७७ को अवसरमा आयोजना गर्न लागेको शुभकामना आदान-प्रदान तथा अन्तरक्रियात्मक कार्यक्रममा भाग लिन डा. पुन इजरायल आउन लागेका हुन् ।
एनआरएनएनए-एनसिसी इजरायलले १७ अप्रिल २०२० शुक्रवार यसोदामाला मार्ग ३८, तेलअभिवमा डा. पुनसँगको विशेष अन्तरक्रिया सहित नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम गर्ने तयारी थालेको छ भने सोही कार्यक्रम मार्फत संघले संचालन गरिरहेको आविस्कार केन्द्र सहयोग अभियान मार्फत संकलित सहयोग रकमको पनि हस्तान्तरण गर्ने कार्यक्रम रहेको संघका प्रवक्ता भोजराज क्षेत्रीले बताए ।

क्षेत्रीले देशको लागि केही गरौं भन्ने दृढ संकल्पका साथ आफ्नो जायजेथा समेत बेचेर आविस्कार केन्द्रको स्थापना गर्नुभएका डा. महाविर पुनको महानतालाई सम्पूर्ण नेपालीहरुले अनुशरण गर्नुपर्ने बताउदै उनको यस महान कार्यमा हातमा हात मिलाएर सहयोग गर्न अनुरोध गरे ।
आयोजकले केन्द्रलाई सहयोग गर्नेलाई केन्द्रको प्रमाणपत्र प्रदान गर्ने बताएको छ भने सहयोग गर्ने संघ संस्थाहरुलाई विशेष सम्मान सहित प्रमाणपत्र प्रदान गर्ने योजना रहेको बताएको छ । त्यस्तै आयोजकले डा. महाविर पुन जस्तो प्रतिभावान व्यक्तित्वसँग साक्षात्कार भेट गरी आविस्कार केन्द्रले अगाडि वढाएका परियोजनाहरु, भावी कार्य योजनाहरु लगायतका विषयमा अन्तरक्रिया गर्ने अवसर नगुमाउन हुन सम्पूर्ण इजरायलवासी नेपाली दिदी वहिनी तथा दाजुभाईहरु, सम्पूर्ण संघ संस्थाहरु, मिडियाकर्मीहरु लगायत सम्पूर्णमा अनुरोध गरेको छ ।
‘इन्टरनेट हल अफ फेम’, ’समग्र सामाजिक नवीनता पुरस्कार’, एसियाको नोबेल पुरस्कार ले चिनिने ‘रोमन मेग्सय्सय अवार्ड’ जस्ता विभिन्न सम्मानद्वारा सुसज्जित राष्ट्रका ज्वजल्यमान नक्षत्र डा. पुनलाई नेपालका वाएरलेस नेटवर्किङका पिता समेत भन्ने गरिन्छ । उनले नयाँ-नयाँ सोच भएका युवाहरुलाई उद्यमी बन्न र देशको आर्थिक विकासमा योगदान दिने खालका कुनै पनि क्षेत्रको बस्तुहरुको उत्पादन गरेर व्यापार गर्न आवश्यक सहयोग गर्ने गरी
सन २०१९ मा राष्ट्रिय आविस्कार केन्द्रको स्थापना गरी समुन्नत राष्ट्र निर्माणकोलागि ईटा थप्ने काम गरेका छन् ।
अचम्मको खबर दान गर्ने नयाँ तरिका- नेपाल बैंकले पुनलाई ब्राण्ड एम्बेसेडर बनाएर आविष्कार केन्द्रलाई १० लाख दियो !
म्यागासेसे पुरस्कार डा. विजेता महावीर पुन नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बेसेडर नियुक्त भएका छन् । बैंकले व्यापार प्रवर्द्धन गर्न राष्ट्रिय आविष्कार केन्द्रका अभियन्ता डा. पुनलाई ब्राण्ड एम्बेसेडर नियुक्त गरेको हो । एम्बेसेडरका लागि बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र आविष्कार केन्द्रको तर्फबाट पुनले हस्ताक्षर गरेका छन् ।
केन्द्रको सहयोगका लागि बैंकले १० लाख रुपैयाँ प्रदान गरेको पुनले जानकारी दिए । पुनले आविष्कार केन्द्रको सहयोगका लागि आफू अन्य कुनै पनि कम्पनी र व्यावसायहरुको ब्राण्ड एम्बेसेडर बन्न तयार रहेको बताएका छन् ।
महावीर पुनले आफ्नो फेसबुकमार्पत् ‘अचम्मको खबर’ भन्दै सेयर गरेका छन्। साथै अन्य कम्पनी एवं संस्थाहरुले पनि आफूलाई ब्राण्ड एम्बेसडर बनाएर केन्द्रका लागि आर्थिक सहयोग गर्न सक्ने जनाएका छन्। लेखेका छन्,’कृपया यो खबर सुनेर अचम्म नमान्नु होला। भगवानले जे गर्छन् राम्रै गर्छन्।’
यस्तो छ महावीर पुनको फेसबुक पोस्ट –
अचम्मको खबर ! अचम्मको खबर !! दान गर्ने अर्को तरिका पनि थाहा पाउनु होस् .
लौ त आज देखि राष्ट्रिय आविष्कार केन्द्रको तरफ बाट म महाबीर पुनले राणा शासन कै समयमा स्थापना भएको ८२ बर्ष पुरानो नेपाल कै पहिलो बैंक “नेपाल बैंक लिमिटेड” को व्यापारिक प्रबर्धनको लागी ब्राण्ड एम्बेसेडरको काम गर्ने भयो. सो काम गरे बापत राष्ट्रिय आविष्कार केन्द्रलाई पहिलो चरणमा नेपाल बैंक लिमिटेड बाट रु.१० लाख प्राप्त भयो. अब बैंक बाहेक अन्य कुनै पनि कम्पनी र ब्यबसायहरुले मलाई ब्राण्ड एम्बेसेडर बनाएर राष्ट्रिय आविष्कार केन्द्रलाई दान गर्न चाहनु हुन्छ भने ढोका खुला छ र म तयार छु. सो सम्झौतामा आज नेपाल बैंक लिमिटेडका सि.ई.ओ कृष्णबहादुर अधिकारी र आविष्कार केन्द्रको तरफ बाट मैले उक्त बैंकका उच्च स्तरका ब्यबस्थापन टीमको उपस्थितिमा हस्ताक्षर गरियो. कृपया यस्तो खबर सुनेर अचम्म नमान्नु होला. भगवानले जे गर्छन राम्रै गर्छन भनेको यहि हो. लौ जा त !!!

