शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

भोली फाल्गुन १३ गते मङगलबार सार्बजनिक बिदा


  • स्वदेश नेपाल
  • सोम, फाल्गुन १२, २०७६

इटहरी उपमहानगरपालिकाले भोली मङगलबार सार्बजनिक बिदा दिने भएको छ । गत बुधबार भारतमा भएको तिर्थयात्री दु’र्घट्ना हुदा इटहरी १० को एकै परिवारको ३ जना सहित ६ जनाको मृ’त्यु भए पछि इटहरी भर शोकविदा दिने निर्णय गरेको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बताईन ।

यस्तै भारतबाट बागडोगरा एरपोर्टबाट ला’स ल्याएर इटहरी स्थित बुढी गंगा जमुना मुक्ति घाटमा सामुहिक दा’हसंस्कार गरिएको छ । उनीहरुको दाह’संस्कारमा इटहरीका सर्वसाधरणहरुको उल्लेखनीय उपस्थित रहेको थियो । लासलाई बागडोरासम्म सघिय सरकारको पहलमा ल्याएको र बाँकी अन्य ब्यवस्थापनमा इटहरी उपमहानगरपालिकाले भुमिका खेलेको थियो ।

बस दुर्घटनामा परि इटहरी वडा नं. १० का टीकाराम चौधरी, रसीलाल चौधरी, बुधनी चौधरी, फूलसरी चौधरी, गोपाल तामाङ र बीरबहादुर राईको मृत्युभएको हो । नयाँ दिल्लीस्थित नेपाली दुतावासका अुनसार उक्त बसमा ३४ जना सवार थिए । विराटनगर–जोगवनी नाका हुँदै भारत तीर्थयात्राका लागि गएका थिए । तीर्थयात्रा गएको १६ औं दिनमा दु’र्घटना भएको हो ।

इटहरी उपमहानगरले लगानी सम्मेलन गर्ने – इटहरी उपमहागरपालिकाले लगानी सम्मेलनका गर्ने भएको छ । उपमहानगरका विज्ञसमूह,कार्यपालिका सदस्यहरु,उपमहानगरका कर्मचारी र सञ्चारकर्मी विच अन्तक्रिया गरेर लगानी सम्मेलनको पूर्व तयारी गरिएको हो ।

कार्यक्रममा उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले लगानी सम्मेलनको आवश्यकता र औचित्यका वारेमा प्रष्ट पारे । उनले इटहरीको सम्वृद्धि र विकासका लागि विभिन्न संभावनाहरु वताउदै त्यसका लागि लगानी जुटाउन लगानी सम्मेलन गर्न लागिएको जनाए ।

कार्यक्रममा विज्ञ सल्लाहकार संयोजक डा दिवाकर रेग्मी,रेवती घिमिरे,तारा पोखरेल,जगदिश ओली,रुद्र वस्नेत,मणीराम गिरी,राजु केसी,भोलाकाजी वस्नेत,विमला तिम्सिना लगायतले सुझाव प्रस्तुत गरे ।

प्रतिक्रिया
ताजा अपडेट