शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

किम जोङ उनले रुसबाट किने एक दर्जन सेता घोडा


  • स्वदेश नेपाल
  • मङ्ल, फाल्गुन ६, २०७६

एजेन्सी । उत्तर कोरियाका सवोच्च नेता किम जोङ उनले रुसबाट एक दर्जन सेता घोडा किनेका छन्।

सन् २०१९ उत्तर कोरियाले ७५ हजार ५ सय ९ डलर मूल्यमा ती घोडा किनेको रुसी भन्सारको तथ्यांकमा उल्लेख छ।

यसअघि सन् २०१५ मा उत्तर कोरियाले रुसबाट झण्डै २ लाख डलरमा ६१ वटा घोडा किनेको थियो।

धेरै पहिलेदेखि नै उत्तर कोरियाले रुसबाट घोडा आयात गर्ने गरेको छ। सन् २०१० यता मात्र उसले रुसबाट झण्डै ६ लाख डलरबराबरको एक सय ३८ घोडा किनिसकेको छ।

किम शुद्ध प्रजातिका घोडामा चढ्न रुचाउँछन्। जुन प्रायः रुसबाट किनने गरिएको छ।

गत अक्टोबर र डिसेम्बरमा पनि किम सेता घोडामा चढेर पवित्र पर्वत पेक्तुतर्फ गएको तस्बिर सार्वजनिक भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट