शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

इरान अमेरिकासामू कहिले पनि झुक्नेछैनः रुहानी

हाम्रो दुश्मनलाई थाहा भएको छ इरानको मदत बिना मध्यपूर्वमा शान्ति सम्भव छैन


  • स्वदेश नेपाल
  • सोम, फाल्गुन ५, २०७६

सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग सन् २०१५ मा भएको पर-माणु सम्झौता तोडे र त्यसपछि यस वर्षको सुरुवातमा ३ जनवरीमा अमेरिकाले इरानका प्रभावशाली सैन्य कमान्डर कासिम सुलेमानीको ह$त्या गर्‍यो, त्यतिबेलादेखि यी दुई देशबीचको दुश्मनी चरम स्थितीमा छ ।

ट्रम्प सत्तामा आएपछि नै इरानमाथि ‘म्याक्सिमम प्रेशर’ को नीति अपनाइरहेका छन् । यसअन्तर्गत इरानमाथि विभिन्न प्रकारको कडा आर्थिक प्रतिबन्ध लगाइएको छ । यति हुँदाहुँदै पनि कुनै पक्ष झुक्न तयार छैनन् । आइतबार इरानका राष्ट्रपति हसन रुहानीले एक पत्रकार सम्मेलनमा इरानले दबाबमा आएर कहिले पनि कुराकानी सुरु नगर्ने बताएका छन् ।

हसन रुहानीले भने, ‘हामी अमेरिकी दबाब सामू झुक्नेछैनौं । बाध्यतामा हामी अमेरिकासँग वार्तालाप सुरु गर्नेछैनौं ।’ यद्यपि, अमेरिकाको कडा आर्थिक प्रतिबन्धले इरानको अर्थव्यवस्गाको स्थिती नाजुक अवस्थामा पुगेको छ ।

प्रतिबन्धका कारण इरानले आफ्नो तेल बेच्न पाइरहेको छैन । इरानले अमेरिकासँग नयाँ पर-माणु सम्झौतालाई लगातार खारेज गर्दै आएको छ । इरानले जबसम्म अमेरिका सन् २०१५ को परमाणु सम्झौता बहाल गर्दैन र आर्थिक प्रतिबन्ध हटाइँदैन तबसम्म कुनै कुराकानी सुरु नहुने बताउँदै आएको छ ।

रुहानीले भने, ‘इरानविरुद्ध अमेरिकाको ‘अधिकतम दबाब’ को नीति विफल भइसकेको छ । हाम्रो दुश्मनलाई राम्रोसँग थाहा भइसकेको छ कि दबाबको उसको रणनीति बेकारको साबित भइसकेको छ । इरानको मद्दत बिना संवेदनशील इलाका मध्य–पूर्वमा शान्ति र स्थिरता सम्भव छैन । ’

प्रतिक्रिया
ताजा अपडेट