शनि, चैत्र १५, २०७६
Sat, March 28, 2020

शम्भु राईको चर्चित गीतमा सांसद राजेन्द्र राईले यसरी छमछमी नाँचे – हेर्नुस् भिडियो


  • स्वदेश नेपाल
  • आइत, फाल्गुन ४, २०७६

संघिय संसद राजेन्द्र राईले गायक शम्भु राईको चर्चित गीतमा छमछमी नाँचेका छन । धनकुटाको पाख्रीवासमा सञ्चालित अन्तर वडास्तरिय दोश्रो मेयर कप फुटवल प्रतियोगिताको मञ्चमा उनले यसरी नाँचेका हुन ।

शम्भु राईको चर्चीत गीत ‘घर त हिले हो’ मा संसद राईले मनोरञ्जनका साथ नाँचेका हुन । यसैवीच संघिय सांषद राजेन्द्र कुमार राईले पाख्रीवासलाई स्मार्ट शहर वनाउने क्रममा आफुहरु लागिरहेको वताएका छन । दोश्रो मेयरकप फुटवल प्रतियोगिता समापन कार्यक्रमलाई सम्वोधन गर्दै उनले त्यस्तो वताएका हुन । जनताको जिविका निर्वाहका लागि सरकार लागिरहेको भन्दै उहाँले सरकारलाई साथ दिन आग्रह गरे ।

राष्ट्रिय कलाकारहरु शम्भु राई र गंगा गौतमले चिठ्ठी तिमीलाई लेखुँ भन्छु, थुन्चेको भारी विसाउदै, आलु दम चना, घर त हिले हो, झम्के फुली नाकैमा वुलाकी, चेप्टे चेप्टे पेरेङ्गो, यो मन लगेउ नि चोरी लगायतका गीत गाएर संगितिक मनोरञ्जन प्रदान गरेका थिए ।

प्रतिक्रिया