मङ्ल, फाल्गुन १३, २०७६
Tue, February 25, 2020

कुवेतमा मृत्यु भएका चार नेपालीको सनाखत, दुईजनाको खुलेन


  • स्वदेश नेपाल
  • शुक्र, फाल्गुन २, २०७६

काठमाडौं । कुवेतमा ढिस्कोमा पुरिएर मृत्यु भएका चारजना नेपालीको सनाखत भएको छ भने दुईजना मृतकको विवरण प्राप्त हुन नसकेको नेपाली राजदूतावास कुवेतले जनाएको छ ।

माटोको ढिस्कोले पुरिएर दुईजना नेपाली घाइते भएका छन् ।

मृत्यु हुनेमा पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ र दाङका श्यामनारायण चौधरी रहेका छन् ।

घाइते धर्मेन्द्रकुमार शाहको उपचार भइरहेको छ भने मनोरथ मण्डल उपचारपछि कम्पनीमा फर्केको दूतावासले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट