शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

यहि आउदो मार्च २७ तारिखको दिन राष्ट्रिय नेवा खल: इजरायलको नवौ अधिबेशन हुने, सदस्यता नबिकरण तथा नयाँ सदस्यता लिन २५ मार्चसम्मको समय


  • स्वदेश नेपाल
  • शुक्र, फाल्गुन २, २०७६

राष्ट्रिय नेवा: खल: इजरायलको नबौ अधिबेशन यहि आउँदो २७  मार्च २०२० शुक्रबारका दिन नेपाल आदिवासी जनजाति महासंघ इजरायलको कार्यालय नेभेसना ४७ तेलअविवमा हुने भएको छ ।

नेवा: खल: इजरायलद्वारा जारी सूचनाअनुसार  संस्थाको विधान २०१५ को (दोस्रो संशोधित २०१९) को धारा १७ मा उल्लेखित प्रावधान अनुसार नबौ अधिबेशनको निमित्त इजरायलमा रही विभिन्न पेशामा कार्यरत सम्पूर्ण आदर्णीय नेवाहरुमा सदस्यता नविकरण साथै नयाँ सदस्यता लिन अपिल गरेको छ ।

नयाँ सदस्यता लिने एवम् नवीकरणको अन्तिम समय  २०२० मार्च २५ गते बुधबार इजरायलको स्थानीय समय रातको १२.०० बजे सम्म मात्र राखीको छ  छ । सदस्यता नबिकरण तथा नयाँ सदस्यता लिनको लागी वर्तमान कार्यसमितिमा सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट