मङ्ल, फाल्गुन १३, २०७६
Tue, February 25, 2020

कुवेतमा माटोको ढिस्कोमा पुरिएर ६ नेपालीको मृत्यु, २ जना घाइते, नेपाली दूतावासले जारी गरेको विज्ञप्तिसहित


  • स्वदेश नेपाल
  • बिहि, फाल्गुन १, २०७६

खाडी मुलुक कुवेतमा छ नेपाली युवाले ज्यान गुमाएका छन्। वैदेशिक रोजगारीको सिलसिलामा कुवेतको एक कम्पनीमा कार्यरत छ जनाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको त्यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ।

उक्त घटना माघ २९ मा भएको हो। दुर्घटनामा आठ जना नेपाली परेका थिए। २ जना घाइते भएका छन्। मृतकमध्ये चार जनाको पहिचान खुलेको दूतावासले विज्ञप्तिमार्फत जनाएको हो।

मृतकहरुमा पाल्पाका एकबहादुर गाहा, सिरहाका गंगाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण चौधरीको पहिचान खुले पनि बाँकी दुई जनाको पहिचान खुलेको छैन। उनीहरुको स्पष्ट विवरण आउने क्रममा रहेको दूतावासको भनाइ छ। घाइते हुनेमा धर्मेन्द्र कुमार शाह र मनोरथ मण्डल छन्।

मण्डल सामान्य घाइते भएकाले उपचारपछि कम्पनीमा फर्किसकेका भए पनि शाहको कुवेतस्थित जाहरा अस्पतालमा उपचार भइरहेको दूतावासको भनाइ छ। उनीहरु कुवेतको अल मुत्ला सिटी प्रोजेक्टमा युनिभर्सल लिडर्स ट्रेडिङ एण्ड जनरल कन्ट्राक्टिङ कम्पनीमा कार्यरत रहेको दूतावासले जनाएको छ।

कुवेतका सार्वजनिक निर्माण तथा आवास मामिला राज्यमन्त्री डा. राणा अल फरिसले घटनाको छानबिन गर्न आदेश दिएका छन्।

हिजो धेरै नेपाली श्रमिक हताहत भएको आशंका गरिएको थियो , थप हराएको आशंकामा खोजी पनि जारी छ ।

प्रतिक्रिया
ताजा अपडेट