शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

छाउ’गोठको सदुपयोग गरेरै छाउप’डी हटाउन सकिन्छ भ’त्काएर होइन

सनातन धर्मदर्शनले महिनाबारीमा बार्नु पर्छ भनिएको कुरा यसकारण पूर्णरुपमै वैज्ञानिकसमत छ


  • स्वदेश नेपाल
  • मङ्ल, माघ २८, २०७६

सुनिल श्रेष्ठ – सरकारको छाउगोठ भत्काउने अभियान अन्तर्गत बान्नीगढी जयगढ गाउँपालिका वार्ड नम्बर ३ मा पुगेको प्रहरी टोलीका हल्दार धनबहादुर कैलामाथि सोहि ठाउँकि धना साउदले कुटपिटगरिन जसको भिडियो अहिले सामाजिक संजालमा पनि भाइरल छ ।

उक्त भिडियो भाइरल भएसंगै बिभिन्न प्रतिक्रियाहरु देखिएका छन् । कतिपयले यो समाजको अन्धविश्वास हो यसलाई बलपूर्वक भत्काएरनै समाधान गर्नु पर्छ भन्छन् । कतिपयले यसलाई धर्मसंस्कारमाथि सरकारी हस्तक्षेप भन्दै विरोधमा छन् जसमा अधिकाँश स्थानीय महिलाहरु नै धेरै देखिन्छन्। कतिपयले अहिलेको युगमा बलपूर्वक भ’त्काएर समस्या समाधान नहुने भन्दै विकल्प खोज्नु पर्ने बताएका छन्।

धार्मिक मुल्यमान्यता भित्र जकडिएको समाजमा बलपूर्वक यस्तो समस्याको समाधान खोजेर हुदैन पनि ।

हो छाउगोठ वा छाउपडीमा बसेको बेला सुदूरपश्चिममा धेरै महिलाहरुले अकालमा ज्या’न गुमाएको दुखद घटनाहरु धेरै छ यसमा सुधार हुनै पर्छ, यसमा दुईमत छैन तर कसरी ? यो लेखको छाउपडी वा छाउगोठको समर्थनमा लेखिएको हैन । छाउपडी वा छाउगोठलाई आधुनिक तरिकाले बुझेर महिला स्वास्थ्यको फाइदाको लागि छाउपडी वा छाउगोठलाई नै सदुपयोग गर्दै क्रमशः यसलाई हटाउन सकिन्छ भन्नेमा हो ।

अन्नपुर्णपोस्टको एक समाचार अनुसार अछाममा छाउगोठ भत्काउने अभियानमा प्रहरीले पुस ९ देखि माघ १७ गतेसम्म ४ हजार ५ सय ८७ छाउगोठ भत्काएको छ, जबकी जिल्लामा ३२ हजार भन्दा बढी छाउगोठ रहेका छन् । अझै सिङ्गो प्रदेशमा कति होला ?

तर यसरी स्थानीयवासीसंग द्व’न्दगरेर यो अभियानले सार्थकता पाउला त् ? एक अहम प्रश्न सबैको सामुने छ, यो समाज २०० /३०० बर्ष अघिको जस्तो समाज होइन जहाँबल प्रयोग गरेर समाधान गरिन्थियो ।

हामी कहाँ आइएनजीओ/एनजीओहरुले समस्या समाधान गरौ भन्दै आएका छन् । मूल समस्या नै यहि छ समस्या नै समाधान भएपछि आइएनजीओ/एनजीओहरुको खेल्नेखेलाउने बाटो बन्द हुन्छ तेसैले छाउपडी वा छाउगोठ उन्मलन गर्ने जनचेतना अभियानले सार्थकता पाएँन । छाउपडी वा छाउगोठजस्ता समस्यालाई समाधान गरेर होइन सदुपयोग गरेर समाधान गर्न सकिन्छ ।

छाउपडी वा छाउगोठ महिला स्वास्थ्यसंग जोडिएको महिनावारीसंग सम्बन्धित छ, जसमा समाजको आफ्नै सनातन धार्मिक मान्यता छ तर उक्त मान्यतालाई विकृतरुपमा प्रस्तुत गरेर महिला स्वास्थ्यसंग महत्वपूर्ण सम्बन्ध रहेको मूलपरिभाषालाई बुझ्ने र बुझाउने प्रयास कतैबाट भएन।

नारीमा रगतको कमीले धेरैले धेरैले स्वास्थ्य समस्याहरु आउछन् भन्ने कुरा सबैलाई बिदिदै छ, जसको केहि कारण मध्ये एक कारण महिना’बारीको समयमा अधिक र’क्तश्राब हुनु पनि हो र त्यो अधिक र’क्तश्राब महिना’बारी हुदा धेरै काम गरेर पनि हुन्छ। जसको कारणले नारीको मृ’त्यु पनि हुने गरेको छ। महिना’बारी हुदाखेरी अधिक रक्तश्राब भै मृ’त्यु हुने नारीहरुको संख्या नेपालमा पनि धेरै छ।

हाम्रो सनातन धर्मदर्शनले नारीहरुको महिना’बारी हुदाखेरि केहि दिन बार्नु पर्ने नियम छ अर्थात् केहि काम नगरिकन आराम गर्न दिनुलाई यो बार्ने नियम राखे , जसलाई हामी केहि पढेलेखेको भनाउदोहरु रुढीवादी ,अन्धविश्वास भन्छौ तर त्यो भित्रको वास्तविक सत्यता बुझ्ने कोशिस कहिले गर्दैनौ।

हाम्रो मठमन्दिर कहाँकहाँ छ भनेर ध्यान दिएर हेर्ने हो भन्ने सबै उच्च भूभाग, पहाडी अनि भर्याङ चढेर जाने खाले छ । कुनै महिनावारी भएकी महिला त्यो अवस्थामा भर्याङ चढेर या उच्च स्थानमा रहेको मठमन्दिर जादा कस्तो होला उनीहरुको स्वास्थ्य ? हो यहि र यस्तै कोणबाट त्यो बेला नारी स्वास्थ्यलाई ध्यानमा राखेर यो बार्ने चलन चलाएको प्रष्ट देखिन्छ । महिनावारीका बेला अधिकांश महिलालाई कष्ट हुन्छ भन्ने कुरा बुझेर नै महिलालाई यस्तो समयमा आराम होस् भन्नका लागि यस्तो व्यवस्था गरिएको हो ।

आधुनिक विज्ञानले भन्छ- महिनावारी भएको अवस्थामा करिब ९० प्रतिशत महिलामा पीडा हुने गर्दछ साथै विभिन्न संक्रमणको खतरा पनि हुन्छ त्यसकारण यो बेला उनीहरूले आराम गर्नुपर्ने हुन्छ ।

अहिले युरोप लगायत केहि आधुनिक शिक्षित देशहरुमा महिनाबारीको समयमा महिलालाई ४/५ दिन बिदा दिने नियम शुरु भएको छ। किन ति देशहरुमा यो शुरु भयो ? कारण प्रष्ट छ यो अवधि भनेको प्राकृतिकरुपमा नारीहरुलाई बढी पिडा हुन्छ काम गर्न सक्दैनन अनि यस्तो स्थितिमा काम लगाए स्वास्थ्य नै जोखिममा पर्छ ।

जुन कुरा हाम्रो सनातन धर्मदर्शनले हजारौहजार बर्ष पहिले बुझेको थियो र लागु गरेको थियो, त्यसलाई आधुनिक विश्वले त भखर बुझ्दैछ। महिलाहरुको स्वास्थ्यलाई ध्यानमा राखेर नै हाम्रा अग्रज ऋषिमुनिहरूले गहन अध्ययन गरेर नै यो नारीहितकारी नियम बनाएर । जुन आजको अत्याधुनिक युगमा पनि उतिकै उपयोगी छ ।

तर यसको उपयोगितालाई छोरीबुहारी बसेर खाए भन्दै त्यो बेलाका केहि पाखण्डीहरुले उक्त अवस्थामा रहेका महिलाहरुलाई अझै काममा लगाएदलाए जसले गर्दा यो उपयोगी प्रथालाई बदनाम गरायो।

अनि यहि बार्ने कुरा जोडिन्छ “छाउपडी वा छाउगोठ”संग । हाम्रो सनातन धर्मग्रन्थहरुमा कहिकतै छाउगोठ बनाएर राख्नु पर्छ भनेको छैन । यो बारे समाजशास्त्री मानवशास्त्रीहरुले खोज अनुसन्धान गर्लान नै तर समाजको बनोट अनुसार छाउगोठलाई नै प्रयोग गरेर छाउगोठ हटाउन सकिन्छ ।

म यो भनिरहेको छैन कि “छाउपडी वा छाउगोठ” रहिरहनु पर्छ । तर अहिले घरबाट टाढा बनाईएका छाउपडी वा छाउगोठहरुलाई घर नजिकै या घर भित्रै सुबिधासम्म बनाएर राखौ अनि आराम गर्दै स्वास्थ्य लाभ हुने भन्दै प्रेरेणा र हौसला दिदै बुझाउने कोसिस गर्दा यसले छाउगोठमै हुने महिला मृत्यु दरलाइ कम गर्नु निकै ठुलो भूमिका खेल छ र एउटा राम्रो नतिजा दिनसक्छ। अनि दुईचार बर्ष पछि यो आफै हट्दै जाने छ ।

छाउगोठ घर भित्रै या घर नजिकै बनाउनु भनेर सम्झाउदा पनि विरोध हुनसक्छ यसको लागि धर्म भित्रै भएका सकारात्मक कुराको उदाहरण दिदै बुझाउदै गएमा बुझाउन सकिन्छ, जस्तै महाभारतमा द्रौपदीले राजदरबार भित्रै बारेको प्रसंग छ । समाजको बनोट अनुसार अझ आबश्यकता अनुसार तालिम दिएर बुझाएर धामीझाक्रीको पनि सहयोग लिनसकिन्छ । यसरी क्रमिकरुपमा यसलाई हटाउन सकिन्छ भन्ने मेरो बिश्वाश छ तर बलप्रयोग गरेर या जबर्जस्ति भत्काएर यो प्रथा हटाउन सकिदैन यसमा चै सबै ढुक्क भए हुन्छ ।

नेपालमा समाज सुधारको नाममा या अधिकारको नाममा आइएनजीओ/एनजीओहरुले चलाएको अभियानले आजसम्म सार्थकता पाउन नसक्नुको कारण नै समाजलाई बुझ्न नसक्नु हो । आइएनजीओ/एनजीओहरुले नेपाली समाजको समस्या समाधान गर्न जुन हथकण्डा अपनाएका छन् त्यो भनेको समस्यासंग खेल्ने र खेलाउने मात्रै हो समाधान गराउने या दिने होइन, अझै परनिर्भरता बढाउन चै सहयोगी रहेको तथ्य सबैको सामु छर्लङ्ग छ भनिरहनु पर्दैन ।

हाम्रो सनातन संस्कृतिले महिनावारी बार्नुको अर्थ केवल रोग नलागोस् महिला स्वास्थ्य राम्रो रहोस भन्न खोजेको देखिएको छ, जुन अहिलेको युगमा विज्ञान समत छ तर अहिले आएर सनातनधर्मलाई गलत भन्दैछन् जुन आफैमा गलत छ ।

भारतको गुवाहटीस्थित कामाख्या देवीको मन्दिर छ । यस मन्दिरलाई महाशक्तिपीठ मानिन्छ र यो-निको पूजा गरिन्छ । महिनाको तीन दिन देवीको मासिक धर्म हुने भन्दै मन्दिर प्रवेशमा निषेध गरिन्छ । यसबाट महिलाको महिना’वारी पाप होइन भन्ने कुरा स्पष्ट हुन्छ ।

म कुनै धार्मिकविज्ञ होइन तर कुन कोणबाट बार्ने भनिएको हो भनेर अहिलेको वैज्ञानिककोणबाट हेर्दा माथि मैले भनेको कुरा प्रष्ट मिल्छ ।

अब यहाँ प्रश्न ‘महिनावारी हुदा बार्नु पर्दैन’ भन्ने हाम्रो आधुनिक सोचाई पाखण्डी कि हाम्रो सनातन धर्मले शुरु गरेको ‘बार्ने प्रथा’ पाखण्डी ?

हाम्रा अग्रज ऋषिमुनिहरूले जुन प्रयोजनको लागि यसलाई थालनी गरेका छन् सोहि प्रयोजनको लागि यसलाई लागु गर्ने हो भने नेपालमा महिला मृत्युदरलाइ कम गर्नु निकै ठुलो भूमिका खेल छ । तेसरी नै कुप्रथा मानिएको छाउपडी पनि हटेर जाने छ तर भत्काएर जबर्जस्ती गरेर होइन छाउपडीलाई सदुपयोग गरेर नत्र  यो प्रथा हट्ने छैन ।

भवतु सब्ब मङ्गलम्।

महिनावारीबारे आध्यात्मिक गुरु चिन्तामणि योगी र बरिष्ठ कलाकार हरिवंश आचार्य बीचको यो भिडियोसम्बादले पनि धेरै कुरा प्रष्ट पार्दछ।

प्रतिक्रिया
ताजा अपडेट