आइत, चैत्र २३, २०७६
Sun, April 5, 2020

बिदाईको मुखमा धक नमानी बोले आइजीपी खनाल, भन्छन “नेता, प्रहरी र गुण्डाको नेक्सस छ”(भिडियो सहित)


  • खेमराज दाहाल
  • आइत, माघ २६, २०७६

तपाई हामी अथवा राज्यको हरेक नागरिकहरुको सुरक्षामा परिचालित हुने अङ्गहो प्रहरी। प्रहरीको बलियो र भरपर्दो उपस्थितिमा नागरिकहरु सुरक्षित महसुस गर्न सक्छन। तर पछिल्लो समय बढ्दो राजनितिक हस्ताक्षपका कारण प्रहरीले निर्वाह गर्ने कर्तव्य माथि नै प्रश्न उठ्ने गरेको छ। चाकडी चाप्लुसी भ्रष्टाचार र अनिमियातताले ठाउँ पाउने गरेको छ। ब्यबसायिक क्षमता भन्दा पनि राजनितिक दल वा कुनै नेताको अघिपछि लागे बापत सरुवा बढुवामा बढी अवसर पाउने विकृति पनि बढेका छन्।

तर एका तर्फ विकृतिको चांग नै हुदाहुदै पनि आधुनिक तालिम आवश्यक साधन स्रोत तथा अनुसन्धान गर्ने अत्याधुनिक प्रविधि लगायतको अभाव काम चलाउ पूर्वाधारका बावजुद पनि नेपाल प्रहरीले महत्वपूर्ण काम गर्दै आएको छ। हरेक पटक आइजीपी फेरबदल हुदा निकै ठुलो राजनीतिक खैलाबैला हुन्छ। अहिले पनि शुरु भई सकेको छ। ति हल्लीखल्ली चिरेर नेतृत्वमा पुग्ने व्यक्तिसँग निकै ठुलो अपेक्षा पनि गरिन्छ।

नेतृत्व सम्हाल्नेहरु पनि निकै ठुलो सुधारको कुरा गर्छन, जसै कार्यकालको अन्तिम चरण आइपुग्छ सुरुमा प्रशंसाको तालि पाउने तिनै ब्याक्ति प्रश्नै प्रश्नको घेराबन्दीमा मात्र पर्दैनन्। कतिपय त जेल जानु परेको उधाहरणहरु पनि छन्। अहिले पनि महा निरिक्षक परिवर्तनको बेला आएको छ। ३० बर्षे सेवा अवधिका कारण आउदो माघ २८ गते बाट प्रहरी महा निरिक्षक सर्वेन्द्र खनाल अवकाश पाउदै छन्।

इन्सपेक्टरबाट सेवा प्रवेश गरेका खनालले बिगतमा गरेका कामका आधारमा प्रहरीको नेतृत्वमा पुग्दा निकै ठुलो सुधारको अपेक्षा गरिएको थियो। नेपाली राजनीतिका केहि बरिष्ठ खेलाडी लगाएत पुराना अपराधका दोषीलाई कठघरा सम्म पुर्याउन सफल भएपनि झन्डै दुई बर्षे कार्यकालमा खनाल पनि विवाद रहित बन्न सकेनन।

तिनै महानिरिक्षक खनालसँग गरिएको सम्बादमा आफ्नो कार्यकालको कसरि समिक्षा गर्नु हुन्छ भनेर गरिएको सवालमा उनले आफु आफ्नो कार्यकाल देखि सन्तुष्ट भएको बताएका छन्। उनले भनेका छन, “केही काम गर्छु संगठनको सुध्रिढीकरण गर्छु, आन्तरिक रिफण्ड शन्तिसुरक्षामा सुध्रिढ वातावरण तयार गर्ने, अप-राध नियन्त्रण रोकथामका बिषयमा प्रभावकारी कदमचाल्ने र सुशासन सन्धर्भमा अलिक धेरै ध्रिडका साथ अगि बढ्ने र पब्लिकमा र सरकारको दृष्टिकोणमा नेपाल प्रहरी संगठनको प्रभावकारितामा उल्लेखनीय सुधार गर्ने मेरो संकल्प थियो त्यो पुरा भएको छ।”

कुराकानीका क्रममा निर्मला प्रकरणमा जसरी परिभाषा गरिएको छ तर त्यस्तो नभएको महानिरिक्षक खनालको तर्क छ। यो संगै उनि नेपाल प्रहरीबाट त्यस घटनामा कमजोरी भएको पनि स्विकार्छन। उनले यो पनि भनेका छन् कि उक्त घटनास्थललाई प्रहरीले स्रुरक्षा दिने स्थिति बनेन। घटना स्थलबाट प्रमाण प्राप्त गर्न या संकलन गर्न समस्या भएको उनको भनाई छ। त्यहाको अनुसान्धान गर्दा हरेक अनुसन्धानमा बाधा अड्चन पुर्याइने काम भएको खनालले बताएका छन्। निर्मला ह$त्या प्रकरणमा नेपाल प्रहरीले निश्पक्ष छानबिन गर्न नपाएको गुनासो उनको छ। उनि भन्छन, “प्रहरीले निस्पक्ष भएर छानविन गर्न पाएन, यो घटनालाई किनारा लाएर जाने मेरो पनि इच्छा चाहाना थियो सबैको अपेक्षा पनि थियो तर यो संस्थाले गर्ने हो म नरहे पनि यो मुद्धा किनारा लाग्छ।”

निर्मला प्रकरणमा कंचनपुर जिल्लाका तत्कालिन एसपीको प्रमुख कमजोरी र त्यहाँका एक स्थानियका कारण यो मुद्दा डाइभर्ट भएको महा निरिक्षक खनालको भनाई छ। यति ठुलो संस्था छ त्यहाँ संस्थाको आदर्श मर्यादा नराख्ने अवसर खोज्ने, आइजीपीको कार्यालय धाउने कसैले नेता मन्त्रीहरुको क्वाटर धाउने नाजायज फाइदा उठाउने पनि होलान भन्ने प्रश्नमा खनालले यस्तो हुने गरेको बताएका छन। उनि भन्छन, “संगठनको चेन अफ कमाण्डमा राख्ने प्रयास गर्दा गर्दै पनि ठुलो संगठन भएकाले सबैका अलग अलग सोच हुन्छन त्यसमा त्यस्ता मान्छे पक्का छन् तर पनि त्यो उसको चाहाना पुरा हुन् दिइएको छैन।”

नेपाल प्रहरीमा सरकारबाट कुनै दवाब आउने नगरेको र प्रष्ट सहयोग हुदै आएको उनले बताएका छन्। यो संगै उनले अन्य शक्तिकेन्द्रहरु बाट भने विभिन्न मुद्दामा दवाव दिने प्रभावमा पार्न खोज्ने गरेको खुलासा गरेका छन्। महानिरिक्षकलाई नै ठिक पार्ने खालका सम्म गिरोहहरु रहेको तर सरकार र राजनीतिक दलबाट कुनै दवाब प्रभाब आउने नगरेको उनको भनाई छ।

सम्बाद कार्यक्रमका प्रस्तोताको नेता, प्रहरी र गुण्डाको नेक्सस कस्तो छ ? भन्ने सवालमा खनालले स्थान पाउदा सम्म तेस्तो नेक्सस निर्माण गर्ने र गैर सम्पति आर्जन गर्न खोज्ने रहेको स्वीकार गरेका छन्। तर उनले तेस्तो नेक्सस केहि समय रहे पनि तेस्ता गुण्डा नेता कसैलाई पनि नेपाल प्रहरीले बाकि नछाडेको स्पस्ट समेत पारेका छन्।

प्रहरीले गर्ने गरेका कतिपय अनुसन्धान र घटनामा देखिने किसिमका कुनै पनि सबुत प्रमाण नहुदा अदालतले गर्ने निर्णय र प्रहरीको निर्णय पनि केहि फरक पर्ने गरेको महानिरिक्षक खनाल को भनाई छ।

प्रतिक्रिया
ताजा अपडेट