आइत, चैत्र २३, २०७६
Sun, April 5, 2020

बझाङमा एकाबिहानै दुईपटक भूकम्पको धक्का


  • स्वदेश नेपाल
  • शनि, माघ २५, २०७६

सुदूरपश्चिम प्रदेशमा शनिवार बिहानै लगातार दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ। पहिलो धक्का बिहान ५ः१५ बजे र दोस्रो ६ः४६ बजे महसुस गरिएको हो।

शनिबार बिहान ५ बजेर १५ मिनेट जादा बझाङ केन्द्र विन्दु बनाएर ३.७ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट चन्दा शाहका अनुसार दोस्रो ६ः४६ बजे ५.३ रेक्टर स्केलको भारतको उत्तराखण्ड प्रदेशको चमौली आसपास केन्द्र विन्दु बनाएर भूकम्प गएको हो ।

एक महिना अघि पनि बझाङ नै केन्द्र विन्दु भएर भूकम्प गएको थियो।

प्रतिक्रिया
ताजा अपडेट