आइत, चैत्र २३, २०७६
Sun, April 5, 2020

नेपाल भ्रमण बर्षलाई सफल पार्न पुर्वराजदुत गेदेरसँग भ्यालेन्टाईन धमाकाका ब्यबस्थापक शेर्पाले भेट

चाडै नेपाल भ्रमणमा जाने र आफ्नो तर्फबाट भरपुर सहयोग गर्ने पुर्वराजदुत गेदेरको प्रतिबद्दता


  • स्वदेश नेपाल
  • बुध, माघ २२, २०७६

नेपाल भ्रमण बर्ष २०२० को प्रचारलाई तिब्र बनाउन नेपालका लागी इजरायलका पूर्वमहामहिम खानेन गेदेरसँग भेट गरिएको छ ।

गैर आवासीय नेपाली संघ इजरायलका पुर्व महासचिब तेञ्जिङ्ग शेर्पाले खानेनको जेरुशलेमको मोदिन शहर स्थित निवासमा हिजो भेट गरि नेपाल भ्रमण २०२० को निम्तो दिदै visit Nepal 2020 लेखिएको टिसर्ट लगायतका सामाग्री हस्तान्तरण गरेका थिए ।

शेर्पाका अनुशार भ्रमण बर्ष २०२० लाई सफल बनाउन यहि फेरबरी १४ मा आयोजना गरिदै गरेको सांगीतिक कार्यक्रममा पनि वहालाई विशेस निम्तो गरिएको र चाडै नेपाल भ्रमणमा जाने र आफ्नो तर्फबाट भरपुर सहयोग रहने कुरा प्रतिबद्दता गर्नुभएको कुरा उल्लेख गरेका छन् ।

शेर्पाको व्यवस्थापनमा खबर बिहानी अनलाइन मिडिया र रूद्र मिडिया प्रा.ली द्वारा सञ्चालित बुद्ध सन्देश डटकमकाे सयुक्त आयाेजनामा नेपाल भ्रमण बर्षकाे प्रचारप्रसारसंगै प्रेम दिवस (Valentine Day) अवसर पारेर नेपालका चर्चित कलाकारहरूकाे साथमा साँगितिक धमाका २०२० काे आयोजना यहि फेरबरी १४ मा रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट