आइत, चैत्र १६, २०७६
Sun, March 29, 2020

नेपालमा पहिलो पटक धेरै कमाई हुने – थोरै पानी, सानो क्षेत्रफलमा धेरै माछा पाल्ने प्रविधिकाे थालनी


  • स्वदेश नेपाल
  • शनि, माघ १८, २०७६

टीकाराम उप्रेती- सानो स्थान, थोरै क्षेत्रफल, थोरै पानीमा धेरै आम्दानी । यही प्रबिधिका कारण राम्रो आम्दानी लिन सक्ने भएपछि अहिले नेपाली किसानको बायोफ्लक्स प्रबिधिबाट माछा पालन तिर आर्कषण बढ्र्दै गएको छ ।

नेपालमा नै पहिलो पटक यो नयाँ प्रबिधिबाट माछा पालन गर्ने किसानको आर्कषण बढ्दै गएको हो । यो प्रबिधिको प्रयोग गर्दा माछा पाल्ने ठूला–ठूला खाडी बनाएर जमिन बिगार्न पर्दैन । ठूलो पोखरीमा हालेका माछाका भुरा मध्ये ३० देखि ४० प्रतिशतसम्म बिभिन्न सर्प, भ्याुगक्ता बकुल्ला लगायतले खाने गर्दछन् ।

थोरै करेसा बारीमा समेत धेरै माछा पालेर राम्रो आम्दानी लिन सकिने झापाको गौरादह नगरपालिका २ स्थित क्याम्पसमोडका रोनिस बायोफ्लक्स फिस फार्मिङका सञ्चालक मोहन पराजुली बताउनुहुन्छ । घरको पश्चिमपट्टीको १० धुर जग्गामा चारवटा ट्याङ्की निर्माण गरेर माछा पालन गर्न सुरु गर्नु भएका पराजुली अब चाँडै क्षेत्र बिस्तार गरेर धेरै ट्याङ्की निर्माण गर्ने योजनामा रहेको बताउनु्भयो ।

सामान्य त एउटा दश हजार लिटर पानी आट्ने ट्याङ्की निर्माण गरिन्छ । ४ फिट देखि साढे चार फिट अग्लो यो ट्याङकी एक पटकमा १२ सय माछाको भुरा पाल्न सकिने पराजुलीले बताउनुभयो । सानो ट्याङ्की भएकाले चारो समेत सबै माछाले समान रुपले खान पाउछन् । यसले गर्दा सबैमा तौल समान खालकै हुन्छ ।

ठुलो पोखरीमा भुरा हालेको ६ महिना पछि मात्र माछा खान योग्य हुन्छन् । यो नयाँ प्रबिधिमा चार महिनामा नै माछा खान योग्य हुन्छन् पराजुलीको अनुभव छ । समय क्षेत्रफल लगानी समेत सबै कुराको दृश्टिले किफायती भएका कारण मैले यो प्रबिधिलाई रोजेको हो पराजुलीको भनाइछ ।

यो प्रबिधिबाट माछा पाल्दा छानो हालेर सुरक्षित प्लाष्टिकको ट्याङ्की निर्माण गरिन्छ । ट्याङ्कीमा माछा पाल्नु अघि यसको उपचार गरिन्छ । पानी भरे पछि प्रति ट्याङ्की १० किलो ढिके नुन, अधाकिलो गुण वा सखर मिसाएर सात दिनसम्म राख्नु पर्छ । यसो गर्दा माछालाई आवश्यक पर्ने खाद्य तत्व पानीमा उत्पादन हुने गर्दछ । १४ दिन पछि माछाको भुरा हाल्न सकिने उहाँको भनाईछ । यसरी पालिएका माछा पाँच महिनामा र्औषतमा पाँच देखि सातसय ग्राम तौलसम्मका हुने गरेको पराजुलीले बताउनुभयो ।

यो नेपालमा पहिलो प्रयास भएकाले मैले पनि परीक्षण तथा अध्ययनको रुपमा नै लिएको छु । यसबाट केही सकारात्मक प्रतिफल आएको छ । अब यसलाई चाँडै बिस्तार गर्ने योजनमा रहेको उहाँले बताउनुभयो । नेपालमा व्यवसायिक रुपमा यो प्रबिधि भित्र्याउने झापाको बिर्तामोड नगरपालिकाका कालिका वायोफ्क्स फिस फर्मिङका सञ्चालक कुवेर ढुङ्गाना हुनुुहुन्छ । लामो सयमसम्म बिदेशमा बसे । नेपाल फर्कदा के गर्ने भन्ने अन्यौल भयो । मेरो साथीसँग इण्डोनेशिया घुम्न जाँदा त्यहाँ यो प्रबिधिको प्रयोग गरेर माछा पालन गरेको देखें । यस बिषयमा धेरै अध्ययन समेत गरे । त्यपछि नेपाल फर्केर आएपछि आफ्नै करेसा बारीमा ६ वटा ट्याङ्की निर्माण गरेर माछा पालन सुरु गरेको ढुङ्गानाले बताउनुभयो ।

यही प्रबिधिलाई अहिले प्राबिधिक ज्ञान सहित यसको बिस्तरमा लागेको छु ढुङ्गानाको भनाइछ । अहिले हामी मार्फत नै नेपालका बिभिन्न क्षेत्रमा ६० वटाभन्दा बढी ट्याङ्की निर्माण भइसकेका छन् उहाँले जानकारी दिनुभयो । बिदेशमा काम गरेर फर्कनु भएका पराजुलीले समेत यही प्रबिधिको खोजी गर्दै जाँदा उचित लागेर पाल्न सुरु गरेको बताउनुभयो । एउटा ट्याङ्की निर्माण ग र्न ६० हजार रुपियाँ मात्र खच हुने गरेको छ । यो प्रबिधिबाट इण्डोनेशिया कोरीया र इजरायलमा बढी चलेको बताइएको छ ।

-गोरखापत्र बाट

प्रतिक्रिया
ताजा अपडेट