आइत, चैत्र १६, २०७६
Sun, March 29, 2020

खुशीको खबर, श्रम स्वीकृतिको नवीकरण अब सम्बन्धित देशस्थित नेपाली दूतावासबाटै हुने (भिडियो)


  • स्वदेश नेपाल
  • शुक्र, माघ १७, २०७६

वैदेशिक रोजगार ऐन संशोधन गरी २०७५ फागुनमै विदेशमा कार्यरत नेपालीले सम्बन्धित मुलुकस्थित नेपाली दूतावासबाटै श्रम स्वीकृति नवीकरण गर्न सक्ने भनिएको थियो । तर श्रम स्वीकृति नवीकरण गर्दा बीमा शुल्क र कल्याणकारी कोषमा बुझाउनुपर्ने रकम कसरी दाखिला गर्ने भन्ने अन्योल थियो ।

वैदेशिक रोजगार विभागले त्यो अन्योल चिर्न सेवा प्रदायक संस्थालाई आफ्नो सफट्वेयर वैदेशिक रोजगार सूचना प्रणालीमा सूचीकृत गर्ने व्यवस्था मिलाएको छ । बीमा कम्पनी र विद्युतीय तवरमा रकम भुक्तानी गर्ने सेवा प्रदायक संस्था सूचीकरण भएपछि अनलाइनबाटै भुक्तानी गर्न मिल्ने छ ।

बीमा समितिले वैदेशिक रोजगार बीमा शुल्क अनलाइनबाट भुक्तानी लिन सक्ने प्रक्रियामा जान निर्देशन दिएपछि अहिले बीमा कम्पनी विभागमा सूचीकृत भइरहेका छन् । विभागले रकम भुक्तानीको सेवा दिने संस्थासाग पनि सम्झौता गरिरहेको छ ।अब कल्याणकारी कोष र म्यादी जीवन बीमावापतको रकम विभागको फाराम अनलाइनबाट भरी इसेवा, खल्ती, स्प्यारो पे र कनेक्ट आइपीएबाट बुझाउन सकिनेछ ।

कामदारको माग प्रमाणीकरण दुई महिनादेखि दूतावासबाटै हुादै आएको अवस्थामा बढी कामदार रहेका देशमा नवीकरण सेवाका लागि अहिलेका कर्मचारी अपुग हुने परराष्ट्र मन्त्रालयको भनाइ छ । उता वैदेशिक रोजगारीमा रहेकामध्ये सबै युवा प्रविधिमा अभ्यस्त छन् भन्ने पनि छैन । रोजगारीका लागि विदेश गएका धेरैजसो युवाले श्रम स्वीकृति नवीकरण गर्ने गरेका छन् ।

नवीकरणजस्तो सामान्य कामका लागि नेपाल आउनैपर्ने बाध्यताले कामदारको रकम र समय अनावश्यकरुपमा खर्च भइरहेको छ । त्यसैले हल्ला मात्र गर्नेभन्दा ११ महिना पहिले गरिएको कानुनी व्यवस्था सक्दो चााडो कार्यान्वयन गर्नु विभागको जिम्मेवारी हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट