आइत, चैत्र २३, २०७६
Sun, April 5, 2020

रसुवागढी नाकाबाट साढे २ किलो सुनसहित ६ जना पक्राउ


  • स्वदेश नेपाल
  • सोम, माघ १३, २०७६

रसुवा – चीनको केरुङबाट अ’वैध रूपमा ल्याइएको साढे २ किलो सुनसहित रसुवागढी नाकाबाट ६ जना पक्राउ परेका छन् । काठमाण्डाै ल्याउन लागेका बेला उनीहरुलाई सुनसहित पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ का ३४ वर्षीय नवाङ नुर्पु तामाङ, २४ वर्षीय ग्याल्जेन शेर्पा, २३ वर्षीय सुप्पा लामा, ३५ वर्षीय सुवास तामाङ, १९ वर्षीय साङा शेर्पा र चालक दोलखाको तामाकोशी गाउँपालिका–५ का २३ वर्षीय तुलनारायण श्रेष्ठ रहेका छन् ।

ना १ झ ३५४२ नम्बरको टाटासुमोमा लुकाएर लैजान लागेको सुनसहित उनीहरूलाई घट्टेखोलाबाट पक्राउ गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो ।

बरामद भएकाे सुनको बजार मूल्य १ करोड ६० लाख पर्ने प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया
ताजा अपडेट