मानव जिवनमा असम्भव भन्ने केहि छैन भन्ने उदाहरण अहिले नेपाली युवा बनेका छन ।खोटाङको राजापानीमा साधारण परिवारमा जन्मिएका चित्र कुमार कार्की अहिले त्यसको ज्वलन्त उदाहरण हुन ।
थुप्रै नेपालीको वसमा सवारी साधन मोटरसाईकलको प्रयोग अहिले पनि पहुच भन्दा टाढा छ । यध्यपि साधन भएपनि सबैले सहज रुपमा चलाउन जान्दछन भन्ने छैन ।
तर कार्की त्यस्ता पात्रहुन जो मोटरसाईकल सुल्टोमात्र हैन उल्टो फर्किए चलाउछन । कार्कीको यो कामले राष्ट्रिय रुपमा मात्र हैन अन्तराष्ट्रिय रुपमा समेत ख्याति कमाएको छ । कार्कीले १८ वर्षको उमेरमै आफ्नो प्रतिभा मार्फत विश्वकिर्तिमान अर्थात गिनिज बुक अफ वल्ड रेकर्डमा नाम दर्ज गर्न सफल भएका छन ।
खोटाङमा जन्मिएर हाल उदयपुरको त्रियुगा नगरपालिका वडा नं १० मा बसोवास गर्दै आएका कार्की संग स्वदेश नेपालका भुपेन्द्र पौडेलले गरेको कुराकानी ।

कसरी सुरुवात भयो उल्टो मोटरसाईकल चलाउन ?
मेरो बाईकको यात्रा उदयपुरवाटै शुरुवात भएको हो । शुरुका दिनमा हाट बजार वाट शुरु भएको मेरो यात्रा विस्तारै सडक सम्म आयो ।शुरुका दिनमा उल्टो मोटरसाईकल चलाउछु भन्दा पागलको संज्ञा दिएका कति पय व्यक्तिहरु अहिले महिले उल्टोमोटरसाईकल चलाएको देख्दा आश्चर्य मान्नु हुन्छ ।
कार्की थप्छन ।आफुले अर्काको मोटरसाईकल मागेर लुकेर सिकेको भन्दै उनले सन २०११ मा पहिलो पटक मेचि महाकालि अभियानका लागि आफुले मोटरसाईकल नपाएको र अन्तत अंकलको मोटरसाईकल मार्फत अभियान सफल पारेको वताउनछन् ।
के का लागि थियो तपाईको मेचि महाकालि अभियान ?
महिले २०११ देखी उल्टो मोटरसाइकल चलाएर ‘शान्ति र संविधान युवाको अभियान, भ्रष्टाचारमुक्त राष्ट्र निमार्ण गरौं, पर्यटकलाई आकर्षित गरौं ‘ भन्ने नारा बोकेर यात्रा तय गरेको थिए । जुनवेला महिले पाँच दिनमा ११५३ किलो मिटर दुरी पार गरे ।
उदयपुरवाट शुरुभएको मेचि महाकालि अभियान पूर्वि नेपालको काकडभिट्टा नेपाल– भारत सिमावाट पुगेर पश्चिम महाकालि दोधारा चादनि सम्म पुगियो ।
उल्टो यात्रा त्यो पनि त्यति लामो दुरी तर सवैकुरालाई स्थानियको माया र सद्भावले भुलाउदै आफुलाई लक्ष्यतर्फ डो¥याउदै गन्तव्यमा पुगेको कार्की सम्झन्छन ।

गिनिज बुुकमा नाम दर्ज भएको दिन कस्तो महशुस भयो ?
निश्चय पनि खुसि त हुनेनै भईयो त्यसका अलवा महिले पाएको सर्टिफिकेट सिरानी हालेर सुत्नको लागि दिएको हैन भन्ने हिसावले आफुमा जिम्मेवारी थप भएको महशुस भएको छ । जसले गर्दा आजपनि अव विश्व किर्तिमानि कायम गरी हाले अव चुपलागेर वस्छु भन्ने पक्षमा म छैन अहिले पनि चलाएमान अवस्थामा छु म यहि क्षेत्रमा अडिएर केहि गर्ने पक्षमा छु ।

गिनिज बुकमा नाम लेखाउदा आर्थिक लाभ पनि मिल्छ ?
मिल्दैन उल्टो आफ्नो खर्च हुन्छ यो विशुद्ध रुपमा आफ्नो नामको लागि मात्र हो । पैसा भन्दापनि आफ्नो मेहनत सफल भएको हिसावले पैसा भन्दा ठुलो अर्थ यसले राख्छ भन्ने लाग्छ ।
तपाई कसरी सफल हुनुभयो गिनिज बुकमा नाम लेखाउन ?
महिले आवश्यक पर्ने सम्पुर्ण कागजात आफ्नो डकुमेण्ट प्रोसेसिङ गरे त्यसमा पनि करिव ६० वटा वुदाहुन्छन त्यसलाई मिड गरेपछि अन्तयमा हामिले यो पाउने हो सोहि अनुरुप महिले फलो गर्दै गए र आफ्नो किर्तिमान कायम गर्न सफल भए ।

यो क्षेत्रलाई सरकारको सहयोग छ ?
अहिले सम्म छैन मलाई व्यक्तिगत तबरवाट धेरैले सहयोग गर्नुभएको छ । सरकारी निकाय वाट कुनै पनि किसिमको सहयोग भएको छैन तर राज्यपक्षवाट पनि यसलाई बुझेर गाउँका युवामा भएका प्रतिभा लाई वाहिर ल्याउन सके यसले व्यक्ति र राष्टको नाम अन्तराष्ट्रिय स्तर सम्म चिनाउने कुरामा दुईमत छैन । अझ भनौ सरकारलाई पनि यो क्षेत्रको विषयमा वुझाउने मान्छे नभएकोले हाम्रो कदम अलि प्रभावकारी हुन नसकेको हो की भन्ने लाग्छ आफैलाई ।
अन्त्यमा केहि छ भन्नुपर्ने ?
मेरो सफलताको पछाडी तपाईहरुको हात छ । हिजो गाउँवाट मोटरसाईकल हेर्न शहर पसेको मान्छे म आज त्यहि मोटरसाईकलले चिनाएर तपाईहरु समक्ष उभिन्ने भएको छु ।
साधारण परिवारमा जन्मेको मान्छे म विगतमा धेरै आरोह अवरोह हरु पार गर्दै तपाईहरुको माया र सद्भावले यो ठाउँमा आईपुगेको छु । आगामी दिनमा पनि निरन्तर साथ सहयोग र सल्लाहा सुझावको अपेक्षा राखेको छु ।
तपाईहरुको लोकप्रिय संचारमाध्यम मार्फत मेरा भनाईहरु राख्ने मौका दिनुभयो स्वदेश नेपाल परिवारलाई विशेष धन्यवाद दिन चाहान्छु ।

