सन् २०२० मा बिस लाख पर्यटक भित्र्याउने महत्वकांक्षी लक्ष्यसहित नेपाल सरकारले ‘नेपाल भ्रमण बर्ष २०२०’ को प्रचारप्रसार तिब्र बनाएको छ । हाल नेपालमा वार्षिक करिब १२ लाख पर्यटक आइरहेका छन्। यसलाई बढाएर २० लाख पुर्याउने उद्देश्यले संसार भरि रहेको नेपाली राजदुवासले पनि आआफ्नो ठाउँबाट नेपाल भ्रमण बर्ष २०२० को सक्दो प्रचारप्रसार गरिरहेको छ ।
यसैक्रममा जनवरी ७ तारिख दिन इजरायलमा पनि नेपाल भ्रमण बर्ष २०२० को भव्य शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ ।
इजरायलका लागि नेपाली राजदुत डा. अन्जान शाक्य एवम् समुउद्घाटन कार्यक्रमका प्रमुख अथिति इजरायलका पर्यटन मन्त्रि यारिभ लेभिनले संयुक्तरुपमा उक्त कार्यक्रमको समुउद्घाटन गर्नु भएको थियो ।

राजदुत डा. अन्जान शाक्य एवम् इजरायलका पर्यटन मन्त्रि यारिभ लेभिन – फोटो सिजन गिरि
समुउद्घाटन पछिको स्वागत मन्तब्य राख्दै राजदुत शाक्यले नेपाल भ्रमण बर्षको जानकारी गराउदै इजरायली नागरिक एवम् बिदेशी पर्यटकहरुलाई नेपाललाई गन्तव्य बनाएर घुम्न आउनु अपिल गर्नु भएको छ । नेपाल विश्व पर्यटनको लागि सर्बोक्र्ष्ट गन्तव्य मात्रै नभएर साहसी पर्यटनको लागि पनि विख्यात रहेको बिषयमा जोड दिदै राजदुत शाक्यले नेपाल भ्रमण बर्ष २०२० सफल पार्न सबैलाई अपिल गर्नु भएको छ ।
इजरायलका पर्यटन मन्त्रि यारिभ लेभिनले नेपाल भ्रमण बर्ष २०२० को सफलताको शुभकामना दिनु हुदै इजरायल र नेपाल बीचको बिशेष सम्बन्धमा खुशी व्यक्त गर्दै यो भ्रमण बर्षलाई सफल बनाउन इजरायलको तर्फबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता दिनु भएको छ ।
इजरायली पर्यटनमन्त्रिले आफ्नो फेसबुक पेजमा शेयर गरेको नेपालको एक फोटो

उक्त अवसरमा नेपाली पर्यटन प्रवर्द्धनलाई सघाउ पुग्ने २ वटा भिडियोलाई इजरायलको राष्ट्रिय भाषा हिब्रु र अंग्रेजीमा देखाईएको थियो । साथै इजरायलमा रहेका नेपालीहरुले पनि नेपालको बिभिन्न मौलिक सांस्कृतिक नाचहरु (मन्जुश्री , लाखे र थाली) देखाएका थिए ।
उपस्थित पाहुनाहरुलाई नेपाली खानाको पनि व्यवस्था गरिएको थियो ।

उक्त समुउद्घाटन कार्यक्रममा इजरायलमा रहेका बिभिन्न संघसंस्थाको प्रतिनिधि लगायत नेपालीहरुको पनि सहभागिता रहेको थियो ।
नेपाल भ्रमण बर्ष २०२० को समुउद्घाटन कार्यक्रमलाई भव्य र सभ्यको साथ सफल बनाउन सहयोग गर्ने सबैलाई नेपाली राजदूतावासले सधन्यबादसहित हार्दिक आभार व्यक्त गरेको छ ।
उक्त कार्यक्रमको संचालन नेपाली राजदूतावासका द्वितीय सचिब अर्जुन घिमिरेले गर्नु भएको थियो ।
नेपाल भ्रमणबर्ष २०२० को इजरायल स्टेरिङ कमिटि गठन
नेपाल भ्रमण बर्ष २०२० लाई भव्य रुपमा सफल बनाउनको लागि इजरायलमा पनि नेपाल भ्रमण बर्ष २०२० को स्टेरिङ कमिटि गठन गरिएको नेपाली दुतावासले जनाएको छ । दुतावासको द्वितीय सचिब अर्जुन घिमिरेको संयोजक रहनु भएको १३ सदस्यीय उक्त कमिटिमा निम्न लिखित ब्यक्तिहरु सदस्य रहनु भएको छ ।

नेपाल भ्रमण बर्ष २०२० को इजरायली सद्भावना राजदुतमा नदाभ बेन यहुदा
यस्तै स्टेरिङ कमिटिका एक सदस्य नदाभ बेन यहुदालाई इजरायलको लागि नेपाल भ्रमण बर्ष २०२० को सद्भावना राजदुत न्युक्त गरिएको छ । युहुदा इजरायलको प्रख्यात साहसी पर्यटक हुन् हुन्छ जो नेपाल एक असल शुभचिन्तक मानिनुहुन्छ ।

सद्भावनादुत यहूदा , इजरायली पर्यटनमन्त्रि , राजदुत शाक्य
भिडियो
नेपाल भ्रमण बर्ष २०२० को समुउद्घाटन कार्यक्रमको फोटोहरु – सिजन गिरिको फेसबुकबाट

