शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

प्रज्ञा-प्रतिष्ठानका कुलपति उप्रेतीको नेतृत्वमा ३ सदस्यीय साहित्यिक टोली इजरायलमा, जनवरी २४ मा इजरायलमा बृहत काव्यसभा हुदै


  • स्वदेश नेपाल
  • मङ्ल, माघ ७, २०७६

नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको नेतृत्वमा ३ सदस्यीय नेपाली साहित्यिक टोली इजरायलको बिशेष साहित्यिक भ्रमणमा हिजो सोमबार राति ११ (इजरायली समय) बजे सोमबार इजरायल आइपुगेको छ ।

हिब्रु राइटर्स एसोसिएसनको निमन्त्रणा र नेपाली दूतावास इजरायलको संयोजनमा तेलअबिबमा हुने विशेष कार्यक्रम र नेपाली समुदायबाट आयोजना हुने अन्य विभिन्न कार्यक्रममा सहभागी हुन नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति उप्रेतीको नेतृत्वमा त्रिवि अंग्रेजी केन्द्रीय बिभागका प्रमुख डा. अम्मराज जोशी र नेपाल प्रज्ञा-प्रतिष्ठानका बाल साहित्य तथा लोकवार्ता विभाग प्रमुख डा. देवी नेपालसहितको टोली एक सातासम्म इजरायलमा रहनु हुनेछ ।

कुलपति उप्रेतीसहितको टोलीलाई महामहिम राजदूत डा. अन्जान शाक्यले राजदूत निवास हर्जेलियामा स्वागत गर्नु भएको थियो ।

यो भ्रमणमा इजरायलको हिब्रु राइटर्स एसोसिएसन र नेपाल प्रज्ञा–प्रतिष्ठानबिच हुने द्विपक्षीय प्राज्ञिक आदान प्रदान सम्झदारीपत्रमा हस्ताक्षर गरिने भएको छ ।

साथै साहित्यिक व्यक्तित्वहरुको आगमनको अवसर पारेर इजरायलमा बृहत काव्यसभा हुने भएको छ । नेपाली साहित्यको संरक्षण, संवद्र्धन गरौ भन्ने उदेश्यका साथ स्थापना भएको साहित्य सुधा नेपालको आयोजनामा यहि जनवरी २४ मा इजरायलमा बृहत काव्यसभा हुने भएको हो ।

नेपाल प्रज्ञाप्रष्ठिानका कुलपति गंगा प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा हुन लागेको उक्त कार्यक्रम इजरायलको तेलअबिब स्थित साइ सेन्टरमा साँझ ७ देखि सुरु हुने छ । कार्यक्रममा प्रख्यात छन्द कवि प्राज्ञ डाक्टर देवी नेपाल र त्रिवि अंग्रेजी केन्द्रीय बिभागका प्रमुख प्राज्ञ डाक्टर अम्मरराज जोशीको बिशेष आथित्यता रहने बताईएको छ ।

प्रज्ञा-प्रतिष्ठानका बाल साहित्य तथा लोकवार्ता विभाग प्रमुख एवम प्रख्यात छन्द कवि डा.देवी नेपाल मुख्य आकर्षक रुपमा रहनु हुने छ । तलको भिडियोमा पौडेलको चर्चित कविता छ हेर्नुहोस

इजरायलमा स्थापित साहित्यिक संस्थाहरु, साहित्य चौतारी नेपाल इजरायल शाआ साथै विश्व नेपाली सािहत्य महासंघ इजरायलको सहआयोजनामा कार्यक्रम हुन लागेको संयोजक नेहा गुरुङले जानकारी दिनुभयो ।

कार्यक्रममा स्थानीय कलाकारहरुको सांगेतिक प्रस्तुतीका साथै बैदेशिक रोजगारीको शिलशिलामा प्रदेशी भुमिमा रहेर नेपाली साहित्यमा कलम चलाउदै आईरहेका नेपालीहरु, इजरायलमा स्थापित बिभिन्न संसस्थामा आवद्ध साहित्यकारहरु, संघसंस्थाका प्रतिनिधी लगायत बुद्धिजिवि पत्रकार साथै सम्पुर्ण नेपालीहरुलाई उपस्थितिको लागि अनुरोधसमेत गरिएको छ ।

स्वदेश नेपालका प्रधानसम्पादक इन्द्रकुमार श्रेष्ठले कुलपति गंगाप्रसाद उप्रेतीसंग धेरै पहिले गर्नु भएको कुराकानीको भिडियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा. गंगाप्रसाद उप्रेतीसँग प्रज्ञा प्रतिष्ठानले गरेका कार्यहरु र आगामी दिनहरुमा यसले गर्ने कार्य योजना लगायत नेपाली भाषा र साहित्यको सेरोफेरोमा रहेर गरिएको महत्वपूर्ण कुराकानी :-

प्रतिक्रिया
ताजा अपडेट