शुक्र, फाल्गुन ९, २०७६
Fri, February 21, 2020

गएको २२ दिनमै साउदीको खाडीमा अस्ताए मोहन आमालाई घर बनाएर राख्‍ने सपना अधुरै


  • स्वदेश नेपाल
  • मङ्ल, माघ ७, २०७६

पाल्पा : जुनबेला सुखी र खुसी हुने मनभरी सपना बोकेर नरमति जर्घा पूर्वखोला गाउपालिका–४ देविनगरको खुर्सानेडाँडाबाट जिल्लाको सदरमुकाम तानसेन आइपुगिन्। त्यहिबेला देखिनै त्यसको ठीक उल्टो उनको जीवनमा दुःखका दिनहरु सुरुवात भए।

सुखभन्दा पनि उनलाई दुखले नै बढी घेर्न थाल्यो। ‘आजभन्दा २३ वर्ष पहिले सुख र खुसीको खोजीमा श्रीमानको साथ लागेर तानसेन बजारमा बस्नेगरी आएकी थिएँ’ ती दिन सम्झिदै उनले भनिन् ‘भाग्यले ठीक उल्टो ल्याइदियो। सुख र खुसी कस्तो हुन्छ भन्ने कुराको अहिलेसम्म महसुस गर्न पाएकी छैन्।’

तीन जना छोराछोरी गाउँबाट नै बोकेर आएकी थिए। तानसेन आएको एक वर्षमा कान्छो छोरा जन्मियो। सु’त्के री अवस्थामा पनि उनले मजदुरी गर्नु परेको थियो। उनको चारजना साना छोराछोरी थिए। ‘श्रीमानको एक्लो कमाइले खान बस्न पुग्दैनथ्यो’ उनले थपिन् ‘काखमा सानो बच्चा च्यापेर सिमेन्ट, बालुवा मुछ्ने र ढुंगा, इट्टा बोक्ने काम गरे।’

श्रीमान र आफुको कमाइले जेनतेन खानबस्न पुगेको थियो। तर केहि वर्षपछि आफुसँगै मजदुरी गर्दै आएका श्रीमानको मृ’त्यु भयो। श्रीमानको मृ’त्युको बेला छोराछोरी पनि साना थिए। अब ती छोराछोरी हुर्काउने सम्पूर्ण जिम्मेवारी नरमतिको काँ’धमा आयो।

उनलाई झनै दुःखका भारीले च्या’प्न थाल्यो। तरपनि एक्लो मजदुरीले छोराछोरीलाई हर्काइन्। दुइ छोरीको विहे भइसकेको छ भने जेठो छोराले बिहे गरिसकेका छन्। उनले आफ्नै परिवार हेर्दै आएका छन्। आफुसँग कान्छो छोरा बस्दै आएको नरमतिले बताइन्। पछिल्लो समयमा दुःखबाट मुक्त हुने आशामा रहेकी उनलाई अर्को ब’ज्र’पा’त निम्तिएको छ।

आजभन्दा १० वर्ष पहिले ५५ वर्षीय श्रीमान् गुमाएकी ६० वर्षीय नरमतिलाई अहिले कान्छो छोरा गुमाउनु परेको अर्को पी’डा थपिएको छ। ठूलो संघर्षले छोराछोरी हुर्किएर दुःख भुल्न थालेकी उनलाई कान्छो छोराको मृ’त्युले संसारनै अँ’ध्या’रोजस्तो लागेको छ।

साहरा दिने कान्छो छोरा मोहनको मृ’त्युले उनी भा’ववि’ह्व’ल बनेकी छन्। गएको पुस १ गते कान्छो छोरा मोहन वैदेशिक रोजगारको लागि साउदी अरबतिर लागेका थिए भने उनका दाई कृष्णबहादुर जर्घा अर्को दिन पुस २ गते मलेसियातर्फ उडेका थिए।

संयोग दुइ भार्ईको वैदेशिक यात्रा एक दिनको फरकमा भएको थियो। आफु सुखी र आमालाई खुसी बनाउने मनभरी सपना बोकेर साउदी गएका मोहनको सपना सपनामै सिमित हुन पुग्यो।

उनले बुनेको सपनाको महल साउदी अरबको खाडीमा ढलेको छ। २२ वर्षीय मोहनको साउदी अरब पुगेको २२ दिनमै मृ’त्यु भएको हो। ड्युटी सकेर कोठामा फर्कदै गर्दा सवारी दुर्घटनामा परेर उनको मृ’त्यु भएको दाजु कृष्णले बताए। साइकलमा आउदै गरेका उनलाई एउटा कारले ठ’क्कर दिएको थियो। साउदीको रियादमा गएको पुस २३ गते मृ’त्यु भएका मोहनको अहिलेसम्म श’व नेपालमा आउन सकिरहेको छैन्।

‘कान्छो छोरा मोहनले विदेश हिड्ने बेलामा भनेको थियो ‘म पैसा कमाएर आउछु र पहिले आमा तिमी बस्ने घर बनाउछु’ दुवै आँ’खाको ग’ह’भ’री टि’ल’पि’ल आँ’शु लिदै नरमतिले भनिन् गएको एक महिना नपुग्दै मृ’त्यु भएको खबरले म बाँ’चु’ला’जस्तो लागेको छैन्।

एक्कासी भ’क्का’नि’एकी उनी राम्रोसँग बोल्न समेत सकिनन्। दुई दशकबढी तानसेनमा मजदुरी गर्दै आएकी नरमतिको बस्ने आफ्नै घर छैन्। जब कि घर बनाउनको लागि घडेरी समेत छैन्। उनी अहिलेसम्म भाडाको कोठामा बस्दै आएकी छन्।

छोराको मृ’त्युपछि घरभाडा समेत कसरी तिर्ने भन्ने चि’न्तामा छन् उनी। उल्टै साहुको ऋ’णले थिचिएकी छन्। कान्छो छोरा साउदी अरब जाँदा तीन लाख ऋ’ण लागेको उनले बताइन्।

स्रोत–थाहाखबर

प्रतिक्रिया