शुक्र, फाल्गुन ९, २०७६
Fri, February 21, 2020

चितवन समाज ईजरायलद्धारा अपाङ्ग जागरण अभियान चितवनलाई एक लाख हस्तान्तरण


  • स्वदेश नेपाल
  • सोम, माघ ६, २०७६

चितवन समाज ईजरायलद्धारा विनोद रानाभाट वचाउ अभियानमा संकलित रु १ लाख रुपैयाँ अपाङ्ग जागरण अभियान, चितवन लाई रकम हस्तान्तरण गरेको छ ।

चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्ति अधिकारीको सभापतित्वमा भएको एक कार्यक्रममा उक्त रकम प्रदान गरिएको हो ।

चितवन समाज इजरायलका अध्यक्ष नयन सापकोटाको पनि त्यहाँ उपस्थिति रहेको थियो ।

अपाङ्गहरुले पनि विभिन्न किसिमका रोजगारमुलक सिप सिकेर आत्मनिर्भर हुनलाई केहि हद सम्म सहयोग मिल्ने विश्वास व्यक्त गर्दै चितवन समाज इजरायलका उक्त रकम प्रदान गरेको जनाएको छ।

प्रतिक्रिया