बुध, चैत्र १९, २०७६
Wed, April 1, 2020

इजरायलमा इन्द्रेणी लाइभ दोहोरी साथै साङ्गितिक धमाका २०२० आयोजना हुदै !


  • स्वदेश नेपाल
  • सोम, माघ ६, २०७६

यहि आउदो फेब्रुअरी महिनाको १४ तारिख शुक्रबारका दिन तेल अविबमा सलोम नेपाल मुभमेन्ट सोसाईटीको आयोजना हुने इन्द्रेणी लाइभ दोहोरी साथै साङ्गितिक धमाका २०२० को लागि नेपाली मौलिक सांस्कृतिका प्रबर्द्धक, लोकगायक तथा इन्द्रेणी लाइभ कार्यक्रमका प्रमुख निर्देशक कृष्ण कंडेल, चर्चित लोक दोहोरी गायिका बबिता बानिया “जेरी”, भिडियो टेक्निसियन नबिन सिग्देल र “रमाईलाे छ संसारका वाद्यवादक टिमको उपस्थिति रहने छ ।

उक्त सांगीतिक धमाकामा स्थानीय कलाकारहरुको ब्यापक उपस्थितीमा नेपाल भ्रमण बर्ष २०२० प्रबर्द्धन गर्दै प्रेम दिवसको अवसरमा उक्त कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । कार्यक्रमबाट हुने नाफा रकम चै आर्थिकस्तर अत्यन्तै कम्जोर भई शिक्षाको अवसरबाट बञ्चित गरिव तथा असाय बालबालिकाहरुको सहयोगार्थ प्रदान गरिने छ।

उक्त सांगीतिक कार्यक्रम सफल पार्दिनुको लागि आयोजक सलोम नेपालले सो दिन इजरायलमा क्रियाशिल सम्पुर्ण राजनीतिक संगठन सामाजिक तथा धार्मिक, संघ संस्थाहरु जातीय संघ सस्था कला तथा साहित्य सस्थाहरु, पत्रकार तथा मिडियाकर्मिहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट