शुक्र, फाल्गुन ९, २०७६
Fri, February 21, 2020

त्याग होस त ह्यारी र मेगनको जस्तो- शाही उपाधि त्यागेसंगै जनताको रु. ३६ करोड जनतालाई फिर्ता गर्दै


  • स्वदेश नेपाल
  • आइत, माघ ५, २०७६

बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेघनले शाही उपाधि परित्याग गरेको औपचारिक निर्णय भएको छ । बेलायती राजदरबार बकिङघम प्यालेसको बैठकले उनीहरुको आग्रहअनुसार शाही उपाधि परित्याग गर्ने घोषणालाई औपचारिकता दिएको हो ।

ह्यारी दम्पत्तिले केही दिन अगाडी शाही उपाधि त्यागेर छुट्टै सार्वजनिक जीवन विताउने र सामाजिक सेवाको काम गर्ने घोषणा गरेका थिए । शाही दरबारमा शनिबार बसेको बैठकले चरण चरणका छलफल र प्रयासहरुलाई आधार मानेर उहाँहरुको घोषणालाई स्विकृति दिने निर्णय गरेको हो ।

शाही दरबारको यो निर्णयसँगै उनीहरुले शाही उपाधि अन्त्य हुने सुनिश्चत भएको छ । तर उनीहरुलाई आगामी बसन्त ऋतुदेखि मात्रै सो उपाधि प्रयोग नगर्ने निर्णय कार्यान्वयन हुने भएको छ ।

बेलायती महारानी एलिजावेथ द्धितियाका नाती ह्यारी र अमेरिकी टेलिभिजन कार्यक्रम प्रस्तोता मेगनको शाही परिवारबाट बहिर्गमनको विषयलाई ह्यारीकी आमा स्वर्गीय डायनाको शाही परिवार परित्यागको विषयसँग जोडेर हेरिएको छ ।

‘महिनौदेखिको कुराकानी, पछिल्ला धेरै छलफलहरुपछि रचनात्मक र सहयोगात्मक कामहरु गर्ने मेरो नाती र परिवारको निर्णयबाट म प्रशन्न छु’ ९३ बर्षिय महारानीले वक्तव्यमा लेखेकी छन् । उनले भनिन्, ‘ह्यारी, मेगन र उनीहरुका छोरा आर्ची सधैँ हाम्रो परिवारका प्रिय सदस्य रहनेछन्, पछिल्ला दुई वर्षमा कडा निगरानीका कारण उनीहरूले चुनौतीको सामना गर्नुप¥यो । म उनीहरूको थप स्वतन्त्र जीवन जिउने चाहनाको समर्थन गर्छु ।’

दरबारका अनुसार उनीहरूको शाही उपाधि हटेपछि उनीहरूले पाउने सैन्य पद पनि हट्ने, नागरिकको करबाट आउने रकम नपाउनेलगायतका घोषणा गरेको पनि वक्तव्यमा उल्लेख गरिएको छ । दरबारको यो निर्णयसँगै उनीहरु अब राजपरिवारका औपचारिक सदस्य नरहने वक्तव्यमा जनाइएको छ ।

ह्यारी दम्पतिले राजपरिवारको भूमिका परित्याग गरेपछि बेलायत र उत्तर अमेरिकामा आफ्नो समय बिताउने भएका छन । केही समयको प्रेम सम्वन्धपछि उनीहरुले २०१८ मा विवाह गरेका ह्यारी राजकुमार चार्सका कान्छा छोरा हुन् जो ३५ बर्षको भए भने उनकी श्रीमती मेघन ३८ बर्षकी छन् । राजकुमार ह्यारी बेलायती राजपरिवारको छैठौँ उत्तराधिकारी थिए ।

ह्यारी समाजसेवा गर्न भनि नेपालमा समेत आएका थिए ।

त्याग होस त ह्यारी र मेगनको जस्तो

त्यो दरवारको सान सौकत सुख सयल राजश्री सम्मान अरु के के यधपी प्रेम तथा निजि स्वतन्त्रताको लागी ह्यारीले दरबार त्याग गरे मेगनले यो दुनियामा धेरै कम महिलाले प्राप्त गर्ने सुख सयल सम्मान त्याग गरि एक आम नागरिक बन्ने र निजि जिबन जिउने निधो गरिन । एक बेलायती अनलाइनाका अनुसार अझ गजब त आफ्नो निवास पुनर्निर्माणको लागी खर्च भएको २४ लाख ४० हजार पाउन्ड अर्थात् लगभग ३६ करोड नेपाली रुपैयाँ फिर्ता गर्ने घोषणा समेत गरे। उक्त रकम जनताको करबाट जम्मा भएको हुँदा फिर्ता गर्न चाहेको बिचार दिए।

यता हाम्रोमा भने राष्ट्रपति प्रधानमन्त्रीदेखी मन्त्री आदि सबैले आजिवन राज्यले पाल्नु पर्ने, सवारी साधन र तेल समेत उपलब्ध गराउनु पर्ने, पत्रीका समेत राज्यले उपलब्ध गराउनु पर्ने, खरबौ सम्पत्ति भए पनि राज्यकोषबाट उपचार हुनु पर्ने त छँदै थियो अझै तेतिले नपुगी हरेक बर्ष बरिष्ठहरुको सेवा सुबिधा नाममा सेवा सुबिधा वृद्धि गरिदै छ।

विश्वका आम जनताको ह्यारी र मेगन प्रति उच्च सम्मान त थियो नै अहिले त झन ह्वात्तै बढेर आयो ।

प्रतिक्रिया