शुक्र, फाल्गुन ९, २०७६
Fri, February 21, 2020

राष्ट्रकै मर्यादा मिचेर स्वराजलाई भेट्ने, विख’ण्डनकारी राउतलाई अंकमाल गर्ने ओली कस्ता हुन् ? रावलको कटाक्ष


  • स्वदेश नेपाल
  • शनि, माघ ४, २०७६

ईमेज च्यानलसँग अन्तर्वार्तामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री एव पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधान मिचेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री नहुँदै अध्यक्ष ओलीले कूटनीतिक मर्यादा मिचेर भारतीय मन्त्री सुश्मा स्वराजलाई भेटेको, सोल्टी होटलमा ‘होलीवाइनकान्ड मच्चाएको, देशको वि’रुद्ध बोल्ने सीके राउतको भब्य समारोहबीच भित्र्याएको लगायतका कार्यहरु पार्टीको नीति विपरित रहेको रावलको भनाइ छ ।

अहिले सभामुख चयन प्रक्रियामा देखिएको मतभेद दुई अध्यक्षबीचका कारण भएको उनको आरोप छ । ईमेज च्यानलसँग अन्तर्वार्ता क्रममा उनले भने, ‘नेकपा दुई अध्यक्षको मात्र निजी हो ?’

रावलले अध्यक्ष ओलीका धेरै कमजोरीहरुका कारण पार्टीलाई क्षति पुगेको पनि बताए । पार्टी एकलौटी रुपमा चलाएको आरोप पनि उनले लगाए ।

यस्तै अमेरिकी परियोजना एमसीसीको विरोधमा पनि अग्रपंतिमा छन् भीम रावल । यसअघि पनि पार्टीका नीति–निर्णयमा फरक मत राख्दै आएका रावलले एमसीसी सम्झौतामाथि थुप्रै प्रश्न उठाएका छन् । साथै नेपाल कम्युनिष्ट पार्टीभित्रको पूर्वमाओवादी खेमाले पनि एमसीसी पारित गर्न नहुने पक्षमा देखिएको छ ।

के हो एमसीसी ?

सन् २००४ मा स्थापना भएको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संयुक्त राज्य अमेरिकी सरकारको सहयोग निकाय हो। यसले निश्चित परिसूचकका आधारमा विश्वका विकासशील राष्ट्रहरूको छनोट गरी आर्थिक वृद्धिमा टेवा पुर्‍याउँदै गरिबी हटाउन अनुदान सहायता प्रदान गर्ने उद्देश्य लिएको बताइने गरिएको छ।

हालसम्म ४९ देशमा एमसीसीको सहयोग छ। अल्बानिया, अरमेनिया, जर्जिया, जस्ता युरोपियन देशका साथै अफ्रिकी मुलुकहरुमा पनि यो कार्यक्रम लागू भइरहेको छ। ल्याटिन अमेरिकाको पेरु, ग्वाटेमाला, गुएनाका साथै एशियाका मंगोलिया, फिलिपिन्स, श्रीलंका, इण्डोनेसिया आदि देश पनि यसमा अनुबन्धित छन्। एमसीसीको बोर्ड अफ डाइरेक्टरको २०१७ अगस्ट महिनामा बसेको बैठकले नेपाललाई लगभग ५० अर्बको अनुदान सहयोग गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ।

यसैअनुसार एमसीसी र नेपाल सरकारबीच २०७४ भाद्र २९ गते ‘मिलेनियम च्यालेञ्ज कम्प्याक्ट’ सम्झौता सम्पन्न भएको हो। उक्त सम्झौतामा तात्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अमेरिकी एमसीसी कार्यक्रमका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत जोनाथन नासले हस्ताक्षर गरेका थिए। उक्त सम्झौताबमोजिम अमेरिकी सरकारले ५०० मिलियन अमेरिकी डलर अनुदानस्वरूप उपलब्ध गराउने र नेपाल सरकारका तर्फबाट १३० मिलियन अमेरिकी डलर बराबरको रकम कार्यक्रमका लागि विनियोजन गर्नुपर्नेछ व्यवस्था छ। नेपालले उक्त रकम ऊर्जा र यातायात विकासका पूर्वाधारका क्षेत्रमा खर्च गर्नुपर्नेछ। जसमा सम्झौता लागू भएको मितिबाट ५ वर्षमा परिचालन गरी सक्नुपर्नेछ।

नेपालको विकास परियोजना निर्माणमा अमेरिकाले ५१ अर्ब (पाँच सय मिलियन डलर) र नेपाल सरकारले १३ अर्ब ३६ करोड (एक सय ३० मिलियन डलर) गरी ६४ अर्ब २६ करोड रुपैयाँ (६ सय ३० मिलियन अमेरिकी डलर) लगानी गर्ने योजनाअनुसार उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। नेपालका विभिन्न भागमा करिब तीन सय किलोमिटर विद्युतीय प्रसारण लाइन निर्माण तथा तीन सय किलोमिटर सडक मर्मत गर्नु सहयोग सम्झौताअन्तर्गतका परियोजनाको उद्देश्य रहेको वासिङटन डीसीस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरिएको थियो। उक्त सम्झौता संसद्बाट अनुमोदन गरिनुपर्ने सम्झौतामा उल्लेख छ।

इमेजखबरसंगको खरो अन्तर्वार्ता हेर्नुहोस साथै तलअर्को पनि अन्तर्वार्ता छ रावलको हेर्नुहोस

उक्त अन्तर्वार्ता पुरा भिडियो यहाँ छ

यो पनि पढ्नुस एमसीसीको विरोध गर्दा बालुवाटारबाटै भीम रावललाई मार्नेधम्कि आएको खुलासा गर्दै रावल (भिडियो)

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य भीम रावलले आफूलाई बालुवाटारबाट ज्या’न मा’र्ने ध’म्की आएको दाबी गरेका छन् । खबरबहबका प्रधान सम्पादक जीवराम भण्डारीसंग सगरमाथा टिभीमा विशेष कुराकानीमा स्थायी कमिटी सदस्य रावलले आफ्नो ज्या’न मार्ने’ ध’म्की बालुवाटारमा बस्ने व्यक्ति बाट आएको दाबी गरे । तर उनले कस्ले ध’म्की दियो भन्ने खुलाउन चाहेनन् । बालुवाटार प्रधानमन्त्रीको सरकारी निवास हो ।

‘मलाई ज्या’नको समेत ध’म्की दिइएको छ बालुवाटार बस्ने व्यक्तिबाट’ नेता रावलले भने,‘लेडि डायनाले जसरी ज्या’न गुमाउनु प¥यो तिमीले पनि त्यसरी नै ज्या’न गुमाउनु पर्ला भनेर मलाई ध’म्की दिइयो । यो विड’म्बना हो । ’

नेता रावलले कसैको मृ’त्यु वा ह’त्याले त्यस व्यक्तिको राष्ट्र राष्ट्रियताका पक्षमा निस्किएका आवाजहरु हराएर नजाने बताए । ‘मलाई मा’र्छु भन्ने व्यक्तिले के सम्झनु पर्छ भने पुष्पलालको मृ’त्यु भएर नेपालको कम्युनिस्ट आन्दोलन र देशभक्ति पूर्ण आवाजहरु हराएर जाँदैनन् भन्ने स्मरण गर्नुपर्छ’ उनले भने,

‘मदन भण्डारीलाई दासढुंगामा गाडी दुर्घटनाको मञ्चन गरेर ह’त्या गर्दा मदन भण्डारीका देशभक्तपूर्ण आवाज नेपाली धर्तीबाट रोकिएका छैनन् भन्ने कुरा मलाई जीवनको ध’म्की दिनेहरुले राम्ररी स्मरण गर्नुपर्ने हुन्छ ।’

यस्ता ध’म्कीबाट आफू न’ड’राउने भन्दै नेता रावलले भने,‘म त्यसबाट ड’राउँदिन । र म स्मरण गराउन चाहन्छु कोही व्यक्ति पनि यो धर्तीमा अजर अमर छैनन् भन्ने कुरा प्रत्येक व्यक्तिले हेक्का राख्नुपर्छ ।’

राजनीतिक दलका नेताहरु जनताका माध्यम भएको बताउँदै नेता रावलले देशको माया गर्ने र राष्ट्रलाई जोगाउनु पर्छ भन्दा साथ र समर्थन भन्दा ध’म्की र वि’रोध हुन दुःखद् भएको बताए । ‘हामी जनताका माध्यम हौं । नेपाल जसलाई हामी आमा समान मान्छौं यो मात्रै धेरै लामो का’लसम्म अस्तित्वमा रहन सक्छ, अरुको अस्तित्व अस्थायी छ ।’

देशको हीत, राष्ट्रियता, स्वाधिनताको कुरार्मा नझुकौं नलत्रिऔं, हामी उभिएर देशको स्वाथ्र्यको कुरा गरौं भन्दा केहीलाई चि’न्ता लागेको रावलको भनाइ थियो ।

‘भीम रावल ले’डी डायनाको अवस्थामा पुग्छ भनेर बालुवाटारमा बस्ने मानिसले भन्दा मलाई लाग्छ प्रत्येक देशभक्तको मन रोएको हुनुपर्छ । तर म रोएको छैन । म दृढ छु’ नेता रावलले भने,‘ मैले के ठानेको थिए भने मैले देशको पक्षमा बोल्दा धन्यवाद आउँछ होला भन्ने लागेको थियो तर ह’त्याको ध’म्की पो आयो ।

तर म ज्या’नको ध’म्कीबाट ड’राउँदिन । यस्तो ध’म्की दिनेहरु नि’रं’कुश व्यवस्थामा पनि थिए । राष्ट्र र मुलुकका पक्षमा दिएको अभिव्य’क्ति हराएर जाँदैन ।’

राजनीतिमा विचारको बहस हुन सक्ने भन्दै नेता रावलले राष्ट्र हीत नहुने कुराको वि’रोध गर्दा राजनीतिक रुपमा लड्न छोडेर ध’म्कीमा उत्रनु दुखद् भएको बताए ।

आफूले पार्टीको स्थायी कमिटी बैठकमा अमेरिकाले नेपाललाई दिने सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) बारे कुरा उठाउँदा त्यसको प्रतिवाद राजनीतिक रुपमा नभएर ज्या’न मार्ने’ धम्की’ तर्फ गएको उनको दाबी छ ।

‘एमसीसी जुन बुँदाहरु उठाएको छु यो झुठा हुन् भनेर भने भयो । यो यति कारण पास गर्नुपर्छ । यो सहमतिमा रावलले भनेको कुरा लेखिएको छैन भनेर ख’ण्डन गरे हुन्छ’ नेता रावलले भने,‘तर ज्या’नको ध’म्की दिने कुरा आजको राजनीतिक प्रणालीसँग मेल नखाले कुरा हो ।’

पत्रकार जिबराम भण्डारीले नेता रावलसंग गरेको कुराकानीको भिडियोमा ३७ मिनेटमा रावलले उक्त कुरा भनेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट