शुक्र, फाल्गुन ९, २०७६
Fri, February 21, 2020

आबुधावीमा १८ जना नेपाली सवार मिनिबस दुर्घटना, पाँचको मृ’त्यु


  • स्वदेश नेपाल
  • बिहि, माघ २, २०७६

बिहीबार बिहान संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी आबुधाबीमा २४ जना सवार मिनिबस दुर्घटनामा परेको छ । दुर्घटनामा पाँच व्यक्तिको मृ’त्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

मिनिवसमा नेपालीहरु पनि सवार थिए । यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले २४ जना सवार मिनीबसमा १८ जना नेपाली रहेको जानकारी आफूले पाएको बताएका छन् ।

मृ’तकहरुको पहिचान हुन नसकेको राजदूत ढकालले फेसबुकमार्फत जानकारी दिएका छन् । ढकालले भनेका छन्, ‘मृ’तक कुन मुलुकका हुन् भन्ने स्पष्ट भइसकेको छैन् ।’

घाइतेहरुलाई माफराक अस्पतालमा उपचार भइरहेको छ । मिनिबस दुर्घटना बिहान साढे ५ बजे अल राहा सडकमा भएको हो ।

प्रतिक्रिया