ह’त्याको आरोपमा श्रीमान् र सासु–ससुरा जे’लमा, जिउँदै फर्किइन् महिला

प्रकाशित मिति : १ माघ २०७६, बुधबार

उनी माइती गइरहेकी थिइन् । बाटोबाटै गायब भइन् । हामीले थानामा उजुरी दियौं । दुई दिनपछि पुलिसले एउटा श’व भेट्यो । उनैको श’व ठानेर म र मेरा आमा–बुवामाथि ह’त्याको मुद्दा चलाइयो ।

जे’लमा बन्द गरियो । अ’प’रा’ध स्विकार गर्नका लागि पुलिसले हामीमाथि अ’त्यधिक कु’ट’पि’ट गर्‍यो । तर अन्तिमसम्म हामीले त्यो उनको श’व नभएको दाबी गरिरह्यौं । किनभने हामीलाई आशा थियो, एकदिन उनी पक्कै आउनेछिन् ।’

भारतको बिहार सुपौल जिल्लामा राघोपुर थाना क्षेत्रको बेरदह गाउँमा बस्ने रंजीत पासवान आफ्नी श्रीमतीलाई हेर्दै यसो भनिरहेको थिए । जसको ह’त्याको आरोपमा उनले आफ्ना वृद्ध आमा–बुवासँग ६ महिना जे’लमा बिताउनु पर्‍यो ।

पुलिसको अनुसन्धान रिपोर्ट अनुसार सोनिया यादव सन् २०१८ मे २४ तारिखमा माइती जान घरबाट निस्किएकी थिइन् । त्यसपछि उनीबारे केही अत्तोपत्तो लागेन । दुई दिनपछि पुलिसले अ’ज्ञा’त श’व भेट्यो ।

सोनिया हराएको भन्दै परिवारका सदस्यले पुलिसलाई रिपोर्ट गरेका थिए । पुलिसले सोनियाका पिताको बयानको आधारमा श’वको पहिचान सोनियाको रुपमा गरेको थियो । त्यसपछि श्रीमान् रंजीत, ससुरा विशुन देव पासवान र सासु गीता देवीमाथि ह’त्याको मुद्दा दर्ता गरे ।

सुपौलका तत्कालीन एसपी मृ’त्युं’जय कुमार चौधरीले पत्रकार सम्मेलन गरेर ४८ घण्टाभित्र ह’त्याको र’हस्य सुल्झाउने बताएका थिए ।रंजीत र उनको परिवारसहित कुल ४ व्यक्तिमाथि ह’त्या’को आ’रोप ठहर गरियो ।

मुद्दाको ट्रायल चलिरहेको थियो । पुलिसले चार्जशीट फाइल गरिसकेको थियो । साढे पाँच महिनापछि सन् २०१८ नोभेम्बर २१ मा सोनिया पुलिसको अगाडि उभिइन् ।

तर त्यतिबेला पुलिसले उनलाई सोनिया मान्न नै अस्विकार गर्‍यो । किनभने पुलिसले सोनियाको श’व घरपरिवारलाई दिइसकेको दाबी गरिरहेको थियो ।सोनियाले अदालतको ढोका ढक्ढकाइन् । थुप्रै पटक बयान दर्ता गराइन् र यसैको आधारमा रंजीत र उनका आमा–बुवाले करिब ६ महिनापछि जमानत पाए ।
अब अदालतको निर्णय आइसकेको छ । सुपौल सिभिल कोर्टमा अपर जिल्ला एवं सत्र न्यायधीश तृतीय रवि रंजन मिश्रले तीन अ’भियुक्तलाई ह’त्याको आरोपबाट मुक्त गरिदिए ।

अदालतले रंजित र उनको परिवारलाई ‘पी’डित प्रति’कार योजना’ अनुरुप कम्तीमा ६ लाख रुपैयाँ क्षतीपूर्ती दिन आदेश दिएको छ । उक्त क्षतीपूर्ती अनुसन्धान अधिकारीको तलबबाट काटेर दिने आदेश दिइयो ।रंजीत अब आफ्नी श्रीमती, बालबच्चा र आमा–बुवासँग बसिरहेका छन् ।

आखिर यत्तिका दिनसम्म कहाँ थिइन् सोनिया ? सोनियाले आफ्नो बयानमा भनेकी छिन्ः

‘म माइती जान घरबाट निस्किएकी थिएँ तर बीच बाटोमा पुगेर कता जाने नै बिर्सिएँ । चि’न्तित भएर म रुन थालेँ । मलाई एक महिलाले घर छोडिदिने आश्वासन दिएर आफ्नो गाडीमा बसालिन् र मलाई गाजियाबाद लिएर गइन् ।’

सोनिया थप्छिन्, ‘मलाई लगिएको ठाउँमा पहिलेदेखि नै १४–१५ जना महिला थिए । मलाई त्यहाँ पुर्‍याउने महिलाको नाम किरण देवी हो । उनकी छोरीको नाम कामिनी हो । उनीहरु महिला बे’च बि’खनको ध’न्धा गर्छन् । एउटै कोठामा सबै महिलालाई ब’न्द गरेर राख्थे ।’

‘जब म त्यहाँ बसेँ, थुप्रै महिला आए–गए । केही महिला त्यहाँबाट भाग्न सफल भए । उनीहरुले मलाई केही पनि गरेका थिएनन् र म चाहेर पनि त्यहाँबाट भाग्न सकिरहेको थिइनँ । किनभने त्यतिबेला मैले बच्चा जन्माएकी थिएँ ।’

सोनियाका अनुसार जब उनलाई बच्चा लिएर भाग्न सक्छु जस्तो लाग्यो तब उनले त्यहाँबाट भाग्ने योजना बनाउन थालिन् । यसबारे सोनिया भन्छिन्, ‘एक दिन केही बेरका लागि घरको ढोका खुलेको थियो ।

म बाहिर निस्किएँ । अरुको फोनबाट श्रीमानलाई फोन गरेँ । फोन स्विच अफ थियो । मानिसहरुलाई सोध्दै सोध्दै स्टेशनसम्म पुगेँ र त्यहाँबाट रेल चढेर यहाँ आएँ ।’

नीरज प्रियदर्शी /बीबीसी

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu