सोम, माघ १३, २०७६
Mon, January 27, 2020

प्रख्यात छन्द कवि ‘देवी नेपाल’ इजरायल आउदै, यहि जनवरी २४ मा इजरायलमा बृहत काव्यसभा हुने


  • स्वदेश नेपाल
  • मङ्ल, पुस २९, २०७६

काठमाडौं । इजरायलमा बृहत काव्यसभा हुने भएको छ । नेपाली साहित्यको संरक्षण, संवद्र्धन गरौ भन्ने उदेश्यका साथ स्थापना भएको साहित्य सुधा नेपालको आयोजनामा यहि जनवरी २४ मा इजरायलमा बृहत काव्यसभा हुने भएको हो ।

नेपाल प्रज्ञाप्रष्ठिानका कुलपति गंगा प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा हुन लागेको उक्त कार्यक्रम इजरायलको तेलअबिब स्थित साइ सेन्टरमा साँझ ७ देखि सुरु हुने छ । कार्यक्रममा प्रख्यात छन्द कवि प्राज्ञ डाक्टर देवी नेपाल र त्रिवि अंग्रेजी केन्द्रीय बिभागका प्रमुख प्राज्ञ डाक्टर अम्मरराज जोशीको बिशेष आथित्यता रहने बताईएको छ ।

इजरायलमा स्थापित साहित्यिक संस्थाहरु, साहित्य चौतारी नेपाल इजरायल शाआ साथै विश्व नेपाली सािहत्य महासंघ इजरायलको सहआयोजनामा कार्यक्रम हुन लागेको संयोजक नेहा गुरुङले जानकारी दिनुभयो ।

कार्यक्रममा स्थानीय कलाकारहरुको सांगेतिक प्रस्तुतीका साथै बैदेशिक रोजगारीको शिलशिलामा प्रदेशी भुमिमा रहेर नेपाली साहित्यमा कलम चलाउदै आईरहेका नेपालीहरु, इजरायलमा स्थापित बिभिन्न संसस्थामा आवद्ध साहित्यकारहरु, संघसंस्थाका प्रतिनिधी लगायत बुद्धिजिवि पत्रकार साथै सम्पुर्ण नेपालीहरुलाई उपस्थितिको लागि अनुरोधसमेत गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट