इजरायलमा संचालित नेपाली मिडियाहरुको संयुक्त सहभागिता तथा खबरबिहानी, बुद्धसन्देश डटकम, युटुबर सिजनगिरी र तिनजुरेअनलाइन डटनेटको आयोजनामा अनाथ बालबालिका तथा जेहन्दार विद्यार्थी सहयोगार्थ यहि फेब्रुअरी १४ तारिख शुक्रबारको दिन भेलेन्टाईनस् नाईट संगीत महाधमाका तथा फोटो प्रतियोगिता २०२० हुदैछ ।
नेपाल भ्रमणवर्ष २०२० सफल पार्न तथा गरिब तथा विपन्न बालबालिकाहरुको सहयोगार्थ आगामी १४ फेव्रुअरी २०२० मा हगाना वेईत बरबुर १३५ तेल अबिबमा सो कार्यक्रमको आयोजना गरिन लागेको हो ।

उक्त भेलेन्टाईनस् नाईटमा नेपाल आईडल रवि वोड, लोक तथा दोहोरी गायक बैकुण्ठ महत, अमृत खाती, पुरुषोत्तम पौडेल, गायिका श्रीदेवी देवकोटा तथा हास्यकलाकार राजा राजेन्द्र पोखरेल तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती हुनेछ ।
भेलेन्टाईनस् नाईट संगीत महाधमाकाको कम्पिटिशनमा सिङ्गल, कपल , गुरुप जो कोहि दाजुभाइ ,दिदीबहिनी, हरुले भाग लिन सक्नु हुने जानकारी आयोजकले दिएका छन् ।
यस फोटो प्रतियोगितामा सहभागी हुनलाई पालन गर्नुपर्ने नियमहरु यस प्रकार छन् :-

(१ ) यो प्रतियोगितामा भाग लिन अनिबार्य प्रतियोगिताको पेज लाइक गर्नु पर्ने छ तथा लाइक कमेन्ट गर्नेले पनि पेज लाइक अनिवार्य गर्नुपर्ने छ अन्यथा पेज लाइक नभएको लाइक कमेन्ट लाइ मान्यता दिइनेछैन ।
(२) प्रतियोगितामा भाग लिने फोटो सफा , नेपाली भेषभुषा तथा कुनै जाति तथा समुदायलाई असर पुराउने खालको हुनु हुदैन।
(३ )पुरस्कार बिजेता घोषणा कार्यक्रम १४ फेब्रवारी हगाना हलमा कार्यक्रमको सुरुवातमा गरिने छ बिजेता कार्यक्रममा अनिबार्य उपस्थिति हुनु पर्ने छ अन्यथा क्रमिकरुपमा त्यसपछीकोलाइ बिजेता घोषणा गरिने छ ।
(४)बिजेताको घोषणा यस प्रकार गरिने छ पेज लाइक , फोटो लाइक ,कमेन्ट बाट ७५ % तथा आयोजक मा २५% निर्णायक रहने छ ।
(५) भोटिङ लाइन समय १३ फरवरी २०२० राती बजेसम्म मात्र खुला रहने छ ।
(६) उक्त प्रतियोगिताको लागि जनवरी १० भित्र प्रतियोगीहरुले तस्बिर उपलब्ध गराई सक्नु पर्ने छ ।
(७) यो कार्यक्रम इजराईलमा रहनु हुने नेपालीहरुबाट मात्रै सहभागी हुन् पाउनेछन्।
यस कार्यक्रमका पुरुस्कारहरु – पहिलो पुरस्कार सामसुङ मोबाइल । दोश्रो पुरस्कार ५०० सेकल नगद । तेश्रो पुरस्कार २५० सेकल नगद ।र सान्त्वना पुरस्कार २०० सेकल नगद रहने छ ।
कार्यक्रमलाई सफल बनाउन आयोजकले ईजरायलस्थित सबै मिडियाकर्मी, धार्मिक तथा सामाजिक संघसंस्था सामाजिक व्यक्तित्व, शुभेच्छुक, शुभचिन्तक सबैलाई अनुरोध गरिएको छ ।

