शुक्र, फाल्गुन ९, २०७६
Fri, February 21, 2020

चीनमा बन्यो संसारको सवैभन्दा ठूलो आइस पार्क !


  • स्वदेश नेपाल
  • आइत, पुस १३, २०७६

चीनको हेलोंगजियाङ्ग प्रान्तको हार्बिन शहरमा विश्वको सबैभन्दा ठूलो आइस पार्क स्थापना भएको छ । माइनस २० डिग्री तापमानमा, २ हजार कलाकारहरूले दिन र रात कडा परिश्रम गरेर उक्त हिँउ पार्क निर्माण गरेका छन् । लगभग ४० देशका कलाकारहरूले चिसो मौसममा १५० भन्दा बढी कार्यक्रमहरूमा आफ्नो सीप देखाउँदै छन्।

दुई महिनासम्म चल्ने यो आईस महोत्सब विश्वमा एक मात्र आईस पार्क हो । चीनको हेलोंगजियाङ्ग प्रान्त चीनको सबैभन्दा चिसो राज्य हो।

यहाँको तापमान -२० डिग्री भन्दा तल रहन्छ । यस राज्य भ्रमण गर्न मानिसहरूलाई प्रोत्साहित गर्न सरकारले यो आइस पार्क निर्माण गर्ने सोच राखेको बताइएको छ ।

६ लाख वर्ग फुटमा निर्माण भएको यो पार्ककम २.२ लाख घनमिटर हिउँको प्रयोग गरिएको छ । यो पार्क विश्वका २१ फरक ठाउँका प्रसिद्ध व्यक्तिहरूले निर्माण गरेका हुन् ।

पार्क भ्रमणका लागी ३ दिनमा १ लाख १६ हजार ८ सय व्यक्तिहरूसंग ३०.५ करोड कमाइ भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । यो बरफ महोत्सव ०२ महिनासम्म चल्नेछ ।

यो पनि पढ्नुस

प्रहरीले गत सोमबार एकसय २२ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएर बटुलेको चर्चा समयसँगै उसले गरेको फितलो अनुसन्धानका कारण आलोचित हुन थालेको छ।

प्रहरीले काठमाडौं र ललितपुरका ७० बढी घरबाट चिनियाँ नागरिकले चलाइरहेको साईबर अपराधविरुद्ध एकसाथ कारबाहीको सूची बनाएपनि पुस ७ मा जम्मा नौ घरमा मात्र छापा मारेको थियो। अझ, प्रहरीलाई ४ अर्ब लगानीमा वैधानिक रुपमा खुलेका २१ बढी सफ्टवेयर कम्पनीहरु मार्फत चिनियाँ नागरिकहरुले चीनकै अर्थतन्त्र धरासायी बनाउन साईबर अपराध गरिरहेको जानकारी भएपनि उसले त्यो महत्वपूर्ण सूचनालाई बेवास्ता गरेको पाइएको छ।

नेपालखबरलाई प्राप्त प्रहरी टोलीले गरेको गोप्य अनुसन्धान रिपोर्ट अनुसार पहिलो चरणमा पत्ता लागेका कम्तीमा ७० घरहरुमा छापा मारेर एकहजार बढी चिनियाँ नागरिक नियन्त्रणमा लिने योजना एकाएक तुहिएको छ। यतिमात्र होइन, प्रहरीले छापा मारेका घरहरुमध्ये महाराजगञ्ज क्षेत्रको एउटा घरमा प्रहरी पुग्नुअघि नै त्यहाँ रहेका चिनियाँ नागरिक र उनीहरुका विद्युतीय सामाग्री गायब भएको नेपाल प्रहरीका एक उच्च अधिकारीले बताए।

नेपालमा व्यवसाय र विभिन्न आवरणमा बसेर चिनियाँ युवाहरुको सहयोगमा चीनका प्रमुख बैंकहरुको रकम निकाल्ने, अनलाईन जुवा खेलाउने, व्यक्तिगत सूचना चोरेर धम्क्याउने तथा फिरौती उठाउने र अश्लिल सामाग्री देखाएर रकम लिने यो धन्धामा संलग्न मुख्य अभियुक्तहरुको पहिचान भएपनि प्रहरीले उनीहरुलाई पक्राउ नगर्नुको कारण पत्ता लगाउन यतिबेला चीन र नेपाल सरकारका वरिष्ठ अधिकारीहरु अनुसन्धानमा जुटेका छन्।

नेपालखबरबाट

प्रतिक्रिया
ताजा अपडेट