जर्मनी । सन् २०१५ मा फिलिप सिफर र वाल्डेमर जाइलर आफ्नो नयाँ कारोबारका लागि सामूहिक लगानी जुटाउँदै गर्दा कयौँले उनीहरुलाई प्रश्न गरे– शाकाहारी क’न्डम बनाउने हो ?
त्यतिबेला सिफर र जाइलर क’न्डम उत्पादनको योजनामा जुटेका थिए । तर उनीहरु स्वयम् शाकाहारी क’न्डमबारे जानकार थिएनन् । क’न्डमको रबरलाई नरम बनाउन प्रयोग हुने चिल्लो पदार्थमा जनावरको शरीरबाट निकालिएको प्रोटिन हुने गर्दछ ।
बर्लिनका दुई उद्यमी सिफर र जाइलरले पर्यावरणप्रति जागरुक ग्राहकको मद्दतबाट क’न्डम बजारमा आफ्नो उत्पादनको पहिचान दिलाउने कोसिस गरिरहेका थिए । यस्ता ग्राहकको संख्या निकै ठूलो पाएपछि उत्साहित भएका उनीहरु चार वर्षपछि नै शाकाहारी ब्राण्डको उत्पादनले वार्षिक ५० लाख युरोसम्मको कारोबार गर्न थालेपछि चकित भए ।
उनीहरुको कम्पनीको नाम इन्हर्न हो । इन्हर्न अर्थात युनिहर्न शब्दको प्रयोग एक अर्ब डलर कारोबार गर्ने स्टार्ट–अप कम्पनीका लागि गरिन्छ । सिफर र जाइलरको कम्पनी अहिले त्यो उचाइमा पुगिसकेको त छैन, तर टिकाउ र पर्यावरणलाई केन्द्रमा राखेर कारोबार गर्न सफल भएको छ । यसबाट कारोबारी समूहका लागि सम्भावनाको नयाँ बाटो खुलेको छ ।
जर्मनीमा ग’र्भ’नि’रोधक साधनमा ‘क्याप्सुल’ पछि क’न्डम नै सबैभन्दा लोकप्रिय साधन हो । तर आफ्नी प्रेमिकासँगै बजारमा गएर क’न्डम खरिद गर्दा सिफरलाई त्यसको ब्रान्डिङ पुरानो लाग्यो । आजका उपभोक्ता सायद पर्यावरणअनुकुल वैकल्पिक उत्पादन रुचाउँछन् कि भन्ने उनलाई लाग्यो ।
तर जाइलरले सुरुमा यसमा साथ दिएका थिएनन् । पछि भने उनी पनि सहमत भए । ‘इ–कमर्स’ का लागि यो उत्पादन आदर्श हुने उनलाई लाग्यो । उनी यस्तो कारोबार गर्न चाहन्थे जुन बजार सहजै लोकप्रिय हुने होइन, धर्ती, पर्यावरण र आफ्ना श्रमिकका लागि पनि सही र दिगो होस् ।
उनी १० वर्षदेखि स्टार्ट–अप बिजनेशमा थिए र आफ्ना सपना साकार गर्ने बाटो खोज्दै थिए । सिफर भन्छन्, ‘बाल्यकालमा कसैले मलाई तिमी ठूलो भएर के बन्न चाहन्छौ भनेर सोधेको भए म करोडपति बन्छु भनेर जवाफ दिन्थेँ होला ।’
१० वर्षसम्म उद्यमी रहेर उनी आफ्ना सहयोगी र मित्रहरु करोडपति बनिरहेको देख्थे तर उनी खुशी थिएनन् । कारोबार सुरु गर्नका लागि उनले ‘क्रा’उड फन्डिङ’ को सहारा लिए । यसमा उनले एक लाख यूरो जुटाए ।
यो त्यही समय थियो जब शाकाहारवाद इ’न्हर्नको उत्पादन योजनाको हिस्सा बन्यो । सिफर यस्तो उत्पादन बनाउन चाहन्थे जो सजिलै विक्री होस्, त्यसलाई अनलाइन मागका आधारमा पठाउन सकियोस् र फिर्ताको झ’न्झट नहोस् ।
किनकि अनलाइन विक्रीमा सबैभन्दा बढी लागत नै सामान पु¥याउन जानु र फिर्ता लिनुपर्ने अवस्था आए फेरि त्यसका लागि पनि आवत–जावतमा खर्च हुन्छ ।
‘क’न्डम हाम्रो लागि सही उत्पादन थियो,’ उनले भने, ‘पहिला हामीले त्यो शाकाहारी हुन्छ कि हुँदैन भनेर सोचेका थिएनौँ ।’
भेँडाको आन्द्राबाट क’न्डम बनाउने दिन गइसके पनि बजारमा उपलब्ध अधिकांश विकल्पमा अझै पनि पशु प्रोटिन प्रयोग भएको पाइन्छ । क’न्डमको मूख्य घटक भनेकै रबर हो ।
जसलाई मूख्य रुपमा एसियाको उष्णकटिबन्धीय क्षेत्रमा हुने रबरको रुखबाट निकालिन्छ । केसीन प्रोटिन स्त’नधारीको दू’धमा पाइन्छ, जसलाई रबर नरम बनाउन प्रयोग गरिन्छ ।
तर इ’न्हर्नमा कुनै प्रकारको प्रोटिन प्रयोग गरिएको हुँदैन । यसमा प्राकृतिक रुखमा पाइने चि’ल्लो प’दार्थ प्रयोग गरिन्छ । र, पर्यावरणको अनुकुल होस् भन्ने पनि विशेष ख्याल गरिएको हुन्छ ।
तर, शाकाहारी क’न्डम बनाउने पहिलो कम्पनी भने इ’न्हर्न होइन । सन् २०१३ मा उत्तर अमेरिकी ब्रान्ड ग्लाइडले यस्तो क’न्डम बनाइसकेको थियो ।

