आर्थिक हिसावकितावमा प्रष्ट पार्न डिसेम्वर १४ मा एनआरएन इजरायलले अन्तरक्रिया कार्यक्रम गर्ने

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलवार

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-(एनसिसी) इजरायलले आर्थिक हिसाव कितावको विषयमा उठेका प्रश्नहरुलाई स्पष्ट पार्नको लागि अन्तरक्रियात्मक कार्यक्रम गर्ने भएको छ ।

गैर आवासिय नेपाली संघ इजरायलको गएका कार्यकालहरुमा आर्थिक हिसाव कितावको विषयमा उठेका प्रश्नहरुलाई स्पष्ट पार्ने उद्देश्यले संस्थाका निवर्तमान पदाधिकारी तथा सदस्यहरु, सल्लाहकारहरु, इजरायलमा क्रियाशिल विभिन्न संघ संस्थाका अध्यक्षज्यूहरु तथा प्रतिनिधीज्यूहरु, इजरायलमा रहेका संचारकर्मी तथा सरोकारवाला समाजसेवीहरुको उपस्थितीमा डिसेम्वर १४ मा वृहत अन्तरक्रिया गर्न लागिएको एनआरएनए इजरायलका प्रवक्ता भोजराज क्षेत्रीले बताए ।

दिउँसो साढे १ बजेबाट एनआरएनए इजरायलको सचिवालयमा आयोजना गरिने उक्त अन्तरक्रियात्मक कार्यक्रममा इजरायलमा रहनुहुने जो कोही सरोकारवाला नेपालीहरु सहभागी हुन सक्ने संघले जनाएको छ ।

संघले संस्थाको आर्थिक गतिविधिहरुको विषयमा सामाजिक संजालहरु लगायत सरोकारवालाहरुले समेत सम्पर्क गरी प्रश्नहरु उठाउदै आइरहेकोले त्यसलाई स्पष्ट पार्न भनी गत साता एउटा प्रेस विज्ञप्ति समेत जारी गरेको थियो । साथै सम्बन्धित ब्यक्ती र संघसंस्थाका प्रतीनीधीहरुलाइ उपस्थितीका लागी आह्वान पनि गरिएको छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu