एनआरएन इजरायलद्वारा जारी प्रेस विज्ञप्तिको पूर्णपाठ

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार

एनआरएन इजरायलले गत २४ नोभेम्बर आइतवारका दिन सार्वजनिक गरेको प्रेस बिज्ञप्ति सच्याएको छ । उक्त विज्ञप्तिमा पुरानो कार्यसमितिबाट उल्लेखित गतिविधीहरु गर्दा सम्वन्धित विषयमा जिम्मेवारी लिनुभएका केही निवर्तमान पदाधिकारी तथा सदस्यज्यूहरुसँग वुझ्न सक्नुहुनेछ भनेर नाम सहित सार्वजनिक गरिएकोमा यसमा उहाँहरुको ध्यानाकर्षण भएको र संस्थामा भएको आर्थिक गतिविधीको विषयमा सम्पूर्ण कार्यसमिति नै जिम्मेवार रहने अवस्थामा व्यक्ति विशेषको नामावली सार्वजनिक गर्दा उहाँहरु मात्र जवाफदेही रहने जस्तो देखाएकोले यसमा संस्थाको गम्भिर त्रुटी भएको महसुस गर्दै क्षमा याचना गरेको उल्लेख गरेको छ ।

विज्ञप्तिको पूर्णपाठ

आदणीय इजरायलवासी नेपाली दिदिवहिनी तथा दाजुभाईहरु,

‘गैर आवासिय नेपाली संघ’ (एनआरएनए) आफ्नो स्थापना काल देखि नै नेपालमा लगानी भित्राउने र आफूले सिकेको ज्ञान, सीप क्षमताको सदुपयोगले मुलुकको समृद्दीमा हातेमालो गर्ने विसुद्द उद्देश्य लिएर अघि वढिरहेको गैर नाफामुलक तथा गैर राजनितिक सामाजिक संस्था हो । ‘नेपालीको लागि नेपाली’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै विश्वका ८० राष्ट्रहरुमा फैलिएर रहेको एनआरएनएले मातृभुमिको समृद्दीको कामना गर्दै आ-आफ्नो स्थानबाट यथाशक्य सहयोग र सहकार्य गर्न समेत तत्पर छ । नेपाल सरकारले लगानीकालागि निर्माण गरेको अनुकुल वातावरण र पर्यटन प्रवर्धनका लागि नेपाली समुदाय समेतलाई सुम्मिएको जिम्मेवारीलाई एनआरएनएले गहन रुपमा लिदै आइरहेको सर्वविधितै छ । समुन्नत राष्ट्र निर्माणमा प्रवासी नेपालीहरुको प्रत्यक्ष वा परोक्ष सहभागिताको लागि एनआरएनएको अपरिहार्यतालाई नकार्ने कुनै ठाउँ देखिदैन । त्यही विसुद्द रुपमा मातृभुमीप्रतिको कर्तव्यपूर्ण जिम्मेवारी निर्वाह गर्ने पुलको रुपमा रहेको एनआरएनए संस्थाप्रतिको जनविश्वासमाथि पछिल्लो समय एकपछि अर्को गरी गम्भिर प्रश्नहरु खडा हुदै आइरहेका छन् ।

एनआरएनएका गतिविधीहरु नजिकदेखि नियालिरहेका तमाम एनआरएन डेलिगेड्सहरु एनआरएनए भित्रका विकृतिहरुमाथि तितो पोखिरहेका देखिन्छन् । खास गरी संस्थामा मौलाउदै गइरहेको राजनितिकरण, अपरिपक्क नेतृत्वदायी भुमिका, आर्थिक अपार्दशित लगायतका कैयन महत्वपूर्ण प्रश्नहरुले एनआरएनए आफ्नो उद्देश्यबाट विचलि हुदै गइरहेको प्रतित गराउदछन् । हुन त एनआरएनए नेतृत्वकर्ता र मौलाउदो विकृतिलाई ढाकछोप गर्नेहरूकोसंस्था मात्रै अवश्य होइन, उनीहरुको वद्नियत र अकर्मण्यताप्रति असन्तुष्टि पोख्नेहरूको पनि हो जसले संस्थालाई अगेनामा अगुल्टो ठोसे पछि आगो राम्रोसँग बल्छ भने जस्तै संस्थालाई अझ शसक्त ढंगले अगाडि वढ्न सहयोग पनि पुग्दछ । संघको नबौं महाधिवेशनका दौरान भएका केही गतिविधीको विषयमा वाहिर छताछु्ल्ल रुपमा पोखिएका केही घटनाक्रमहरुले एनआरएनए संस्थाको मान मर्यादालाई रसातलमै पुर्याएको अभास हुन थालेको छ । अझ अधिकजसो राष्ट्रिय समन्वय परिषद(एनसिसी) हरुमा हुने गरेका आर्थिक अनियमिता तथा अपार्दशिताका गतिविधीहरुले एनआरएनएप्रतिको जनविश्वास धमिलिदै गइरहेको मात्र छैन एनआरएनएको भविष्यमाथि नै गम्भिर प्रश्न चिन्ह खडा हुदै गइरहेको छ ।

यसै प्रसंगमा एनआरएनए इजरायलले विगत लामो समयदेखि खेप्दै आइरहेको आर्थिक गतिविधिको विषयमा आरोपमा हामी स्पष्ट हुने कोसिस गरेका छौं । १२ बर्षको विभिन्न उतार चढावका विच एनआरएनए इजरायलले थुप्रै त्यस्ता परिस्थिहरुको सामना गर्नुपर्यो जसले कहिले संस्थालाई सुन्यमा झर्नुपर्यो त कहिले संस्थाले सफलताको सिखर चुम्न पनि सफल रह्यो । विशेष गरेर पछिल्लो समयमा एनआरएनए इजरायलमाथि आम जनसाधारणले एनआरएनए इजरायलको २०१५-०१७ कार्यकालमा तत्कालिन महिला उपाध्यक्ष यमुना (मुना) ढकाल बस्नेतले संस्थाबाट लिएको २० हजार शेकेल वेरुजु राखिएको विषय र २०१७-२०१९को कार्यकालमा भएका केही आर्थिक गतिविधीहरु लगायत विविध विषयहरुप्रति चासो राख्दै आइरहेका छन् ।

एनआरएनए इजरायलको ऐतिहासिक छैंठौ अधिवेशनका दौरान यो विषय तदारुकताका साथ उठ्यो र निवर्तमान कार्यसमितिले सो विषयमा प्रष्ट नपारेसम्म नयाँ कार्यसमिति नै चयन हुन नसक्ने अवस्था समेत सृजना भयो । तर, विभिन्न आलटालका विच आपसी समझदारीमा सो मुद्दालाई तत्कालकोलागि थाती राख्दै अन्तत १४ सेप्टेम्वर २०१९ शनिवार २०१९-०२१ कार्यकालको निम्ती नयाँ कार्यसमिति चयन भयो । नवगठित कार्यसमितिले एनआरएनए इजरायलमाथिको यो मुद्दा प्रष्ट नभएसम्म, संस्थामाथि उठेका यी यस्ता प्रकृतिका प्रश्नहरुको उचित जवाफ र वैज्ञानिक प्रणालीबाट संस्थाको आर्थिक पारदर्शितालाई जन साधारणको पहुचमा नल्याएसम्म संस्थाप्रतिको जनविश्वास फर्काउन नसकिने मात्र होइन इजरायलमा क्रियाशिल अन्य संघ संस्थाहरुसँग हातेमालो गर्नको निम्ति समेत विभिन्न कठिनाईहरु आइपर्ने निक्यौल गर्दै यो मुद्दालाई प्रमुख एजेन्डाको रुपमा लिई गत १२ अक्टुवर २०१९ शनिवार विजया दशमी तथा मोहनी नख:को अवसरमा ‘शुभकामना आदानप्रदान तथा जलपान समारोह तथा पुरानो कार्यसमितिको विदाई तथा सम्मान’ कार्यक्रमको आयोजना गरी सो मुद्दामाथि जोडदार रुपमा छलफल गर्ने बातावरण सृजना गर्यौं ।

आदरणिय दिदिवहिनी तथा दाजुभाईहरु, जुन उद्देश्यले एनआरएनए इजरायलले कार्यक्रमको आयोजना गर्यो कार्यक्रममा नसोचेका केही त्यस्ता असहज परिघटनाहरु देखा परे । निवर्तमान कोषाध्यक्ष कादम्वरी दाना श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेपश्चात प्रतिवेदनका केही वुँदाहरुमा नयाँ कार्यसमितिबाट जनसाधारहरुबाट उठेका केही प्रश्नहरुको उत्तर खोज्ने प्रयास भएपनि त्यो पुरा हुन सकेन । पुरानो कार्यसमितिबाट उचित जवाफको अपेक्षाका साथ आयोजना गरिएको उक्त कार्यक्रममा निवर्तमान कार्यसमितीका केही पदाधिकारीहरूबाट मौखिक रुपमा सो कार्यसमितिका आर्थिक हिसाव कितावको विषयमा केही पनि सोध्न वा जिज्ञासा राख्न पाउनु हुन्न, हाम्रा पैसाले संस्था चलाउन खोज्दा रहेछन आफैले हालेर चलाउनु पर्छ भन्ने जस्ता गैर जिम्मेवारीपूर्ण जवाफहरु पनि आए । कार्यक्रममा केही बेर तनावको अवस्था सम्म सृजना भयो । यस्तो अवस्थामा त्यहाँबाट कुनै पनि प्रष्ट जवाफ पाउन नसकिने ठान्दै नयाँ कार्यसमितिले पुरानो कार्यसमितिले पेश गरेको आर्थिक प्रतिवेदनहरु जिम्मा लिन अस्विकारी गरी फिर्ता गर्यो । पुरानो कार्यसमितिले कोषमा मौज्दात रहेको भन्दै करिव १५६ शेकेल नयाँ कार्यसमितिलाई वुझाउन खोजेको थियो । तर, नयाँ कार्यसमितिले केही वुदाहरुमा विस्तृत जानकारी गराउन निवर्तमान समिति असमर्थ भएपश्चात आर्थिक हिसाव किताव वुझ्नुको कुनै औचित्य नरहने भन्दै हिसाव किताब वुझ्न अस्विकार गरेको व्यहोरा आम इजरायलवासी सरोकारवाला दिदिवहिनी तथा दाजुभाईहरुमा जानकारीकोलागि अनुरोध गर्दछौं ।

तत्पश्चात एनआरएनएले पुन: १४ नोभेम्वर शुक्रवार यही विषयमा नै केन्द्रित भई प्रेस कन्फेरेन्नस गर्ने निर्णय गर्दै सम्पूर्ण सरोकारवाला र मिडियाकर्मीहरुलाई उपस्थितीकोलागि सार्वजनिक आह्वान गर्दा समेत यस विषयमा कसैले चासो दिएर उपस्थिती समेत नजनाए पछि यस्तो अवस्थामा नयाँ कार्य समितिले आफूलाई उपलव्ध नभएको जानकारी सर्वसाधारण सरोकारवालाहरु सम्म राख्न असमर्थता जनाउदै यहाँहरु समक्ष अत्यन्तै दुखका साथ क्षमा याचना गर्दछौं । हामी खास गरी तत्कालिन महिला उपाध्यक्ष यमुना ढकाल बस्नेतले ऋण लिएको २० हजार शेकेलको बारे ०१५-०१७ कार्यसमिति नै जवाफदेही रहेको ठहर गर्दछौं । त्यस्तै संरक्षक तथा पूर्व आइसिसी सदस्य दिपक प्रसाद ओलिज्यूले नयाँ बर्ष २०७५को कार्यक्रमका दौरान कबुल गरेको ७ हजार शेकेलको सम्वन्धमा उहाँबाट सो सहयोग संस्थाको कोषको लागि बोलिएको र हाल संस्थाको कोष नभएकोले दिने ठाउँ नभएको भन्ने जवाफ आएकोले यस विषयमा अक्षय कोषलाई दिन कबुल गरेको भए हाल अक्षय कोषको आफ्नै संचालक समिती रहेकोले उक्त समितीले नै सो रकमको विषयमा पहल गर्नु पर्छ भन्ने हामी मान्यता राख्दछौं।

त्यसै गरी २०१७-०१९ कार्यसमितिले विभिन्न गतिविधीहरु गर्दा अनियन्त्रित रुपमा भएको करिव ३० हजार शेकेल वरावरको आर्थिक व्ययको विस्तृत विवरण उपलव्ध नगरिएको विषयमा पनि २०१७-०१९ को कार्यसमिति नै जिम्मेवार रहेकोले यसको जवाफ पनि सोही कार्यसमितिले नै दिनु पर्छ भन्ने हाम्रो वुझाई रहेको छ । त्यसैगरी एनआरएए इजरायलको यस २०१९-०२१ कार्यकालको नयाँ कार्यसमितिले पुरानो कार्यसमितिवाट कुनै पनि आर्थिक हिसाव कितावका खातापाता वा रकम नवुझेको व्यहोरा पुन: दोहोर्याउदै उल्टो अधिवेशन हुनु भन्दा १ महिना अघिदेखि भुक्तानी नगरिएको एनआरएनए इजरायलको कार्यालयको एक महिनाको भाडा १ हजार ७ सय शेकेल नयाँ कार्यसमितिले भुक्तानी गरेको आम इजरायलवासी दिदीवहिनी तथा दाजुभाईहरुमा जानकारी गराउदै एनआरएनए-एनसिसी इजरायलको कोष माइनसबाट शुरु गरिएको व्यहोरापनि सबैमा जानाकारी गराउदछौं ।

त्यस्तै एनआरएनए-एनसिसी इजरायलले यसै बिषयमा २४ नोभेम्वर आइतवार सार्वजनिक गरेको विज्ञप्तिमा पुरानो कार्यसमितिबाट उल्लेखित गतिविधीहरु गर्दा सम्वन्धित विषयमा जिम्मेवारी लिनुभएका केही निवर्तमान पदाधिकारी तथा सदस्यज्यूहरुसँग वुझ्न सक्नुहुनेछ भनेर नाम सहित सार्वजनिक गरिएकोमा यसमा उहाँहरुको ध्यानाकर्षण भएको र संस्थामा भएको आर्थिक गतिविधीको विषयमा सम्पूर्ण कार्यसमिति नै जिम्मेवार रहने अवस्थामा व्यक्ति विशेषको नामावली सार्वजनिक गर्दा उहाँहरु मात्र जवाफदेही रहने जस्तो देखाएकोले यसमा संस्थाको गम्भिर त्रुटी भएको महसुस गर्दै क्षमा याचना गरेको समन्वन्धित सबैमा जानकारीकोलागि अनुरोध गर्दछौं ।

माथि उल्लेखित विषयहरुमा हामीले संबन्धित पक्ष संग उचित जवाफ खोजी रहेका छौ ।आम सरोकारवाला इजरायलवासी नेपाली दाजुभाई तथा दिदीवहिनीहरुसामु सरसल्लाहा सुझाव को अपेक्षा गरिएको भन्ने कुरा हामी प्रष्ट गर्दछौं ।

– एनआरएनए-एनसिसी इजरायल

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu