काठमाडाैँ – नक्कली चेकमार्फत अर्काको बैंक खाताबाट लाखौं रुपैयाँ निकाल्ने गि’रोह प्रहरीको फन्दामा परेका छन्। विभिन्न बैंकमा खाता खोली अरुको हस्ताक्षर चोरेर बैंकबाट करिब २० लाख रुपैयाँ झिक्ने गि’रोहमा संलग्न ६ जना प्रहरीको फन्दामा परेका हुन्।
प’क्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखालका हाल कालीमाटी बस्दै आएका सुभाष श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अन्जन बराल, बाग्लुङ गलकोटका हाल बुद्धनगर बस्ने सुमन पौडेल र सिन्धुपाल्चोकका हाल सुविधानगर बस्ने गोविन्द घिमिरे रहेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौँद्वारा खटिएको प्रहरीले टोलीले उनीहरुलाई विभिन्न स्थानबाट प’क्राउ गरेको हो।
गत ८ गते राति साढे ८ बजे जनता बैंकका खातावाल गोपालमान राजबाहाकले आफ्नो खाताबाट पटक पटक गरि १९ लाख ९ हजार रुपैयाँ निकालेको उनको मोबाइलमा मेसेज आएपछि प्रहरीलेअनुसन्धान थाल्दा उनीहरू पक्राउ परेका हुन्।
राजबाहाकले कुनै पनि चेक कसैलाई नदिएको भन्ने सुचना प्रहरीले पाउना साथ विशेष टोलीले सम्बन्धित बैंक तथा राष्ट्र बैंकका उच्च पदाधिकारीहरुसँग छलफल गरेको थियो। साेही अाधारमा प्रहरीले सुक्ष्म अनुसन्धान गरेकाे थियाे।
प’क्राउ परेका व्यक्तिहरुबाट ब’रामद गरिएका विभिन्न बैंकका चेक, खाता खोल्न तयार पारिएका फारम, एटिएमलगायतको विवरण हेर्दा उनीहरुले बैंकबाट ठूलो रकम लु’ट्ने योजना बनाइरहेको देखिएको छ। महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जनता, एनाआईसी र मुक्ति विकास बैंकका कर्मचारी समेत अनुसन्धानको दायरामा रहेको बताएका छन्।
प्रवक्ता बोगटीका अनुसार अभियुक्तहरुले बैंकमा खाता रहेका व्यक्तिको चेकमा रहेको हस्ताक्षर चो’री, सोही व्यक्तिको नाममा चेक हराएको निवेदन समेत दिएर नयाँ चेक बुक लिने गरेको अनुसन्धानमा खुलेको छ। प्रवक्ता बोगटीले भने,’ त्यसरी अरुको हस्ताक्षर मिलाएर उनीहरुले लाखौँ निकालेकाे प्ररम्भिक अनुसन्धानबाट देखिएकाे छ।’
उनका अनुसार प’क्राउ परेका गि’राेहबाट प्रहरीले ठूलो परिमाणमा कगजपत्र ब’रामद गरेकाे छ। ‘यो ठूलो गि’रोह हो, थप अ’नुसन्धान भइरहेको,’ महानगरी प्रहरी परिसर टेकुमा प’क्राउ परेकाहरुलाई सार्वजनिक गर्दै उनले भने, ‘८ वटा बैंक शं’काको घेरामा छन्। बैंकको मिलमतो नभई यो घटना सम्भव छैन।’
उक्त गि’रोहबाट प्रहरीले नगद १८ लाख ५० हजार रुपैयाँ, विभिन्न व्यक्तिको नागरिकताको प्रतिलिपि २ सय ९० पाना, विभिन्न व्यक्तिको नाम र रकम उल्लेख गरिएको २६ थान रजिस्टर, विभिन्न प्रकारका हस्ताक्षर नमुना र नाम उल्लेख गरिएको २ थान डायरी ब’रामत गरेको छ।
विभिन्न व्यक्तिको नाममा खाता खोल्न फोटो टाँसेको सय थान तयारी फारम, १ सय ९५ जनाको बैंक स्टेटमेन्ट, जनता बैंकबाट विभिन्न व्यक्तिको नाममा जारी भएको नकाटिएको अवस्थाको चेकबुक १६ थान र काटिएको अवस्थाको चेकबुक ४१ थान ब’रामत भएको छ।

