५० वर्षे बावु, जो आफ्नै छोरीका प्रेमीसँग बिहे गरी जुम्ल्याहा बच्चा जन्माउँदैछन् !

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार

लण्डन : बहिस्करणमा पर्दैआएको तेस्रोलिंगी तथा अन्य यौ’निकता भएको समुदाय हकहितको लागि लड्दैआएको छ । अधिकांश मुलुकमा त ‘सेम से’क्स म्यारिज’ लाई कानूनी मान्यता पनि दिइएको छैन ।

बेलायतमा भने एउटा यस्तो परिवार छ, जसले बाँकी संसारलाई नै चकित पारिदिएको छ । बेलायती ‘गे’ बावु, जसले आफ्नो पतिसँग ३२ वर्षे सम्बन्ध विच्छेद गर्दे आफ्नै छोरीका पूर्वप्रेमीसँग सम्बन्ध गाँस्दै छन् ।

यतिसम्म कि, उनी ती नयाँ ‘पार्टनर’सँग जुम्ल्याहा बच्चा जन्माउने तयारीमा छन् ।५० वर्षीय बेरी ड्रेविट बर्लो २५ वर्षीय स्कट हचिसनसँग गहिरो प्रेममा छन् । साथै बेरी आफ्ना पूर्वपति र नयाँ जोडी स्कटसँगै अमेरिकामा एक विलाशी निवासमा बस्न थालेका छन् ।

बेरी र उनका पूर्वपति ५५ वर्षीय टोनी बेलायतमा औपचारिक रुपमा अभिभावकको परिचयपत्र पाउने पहिलो ‘से’म से’क्स’ जोडी थियो । उनीहरु कानूनी रुपमै १९९९ मा अभिभावक बनेका थिए । तर बेरी र २५ वर्षीय स्कटको प्रेम परेसँगै उनीहरु जोडीको रुपमा छैनन् । स्कट भने बेरीकी १९ वर्षीया छोरी स्याफ्रुनका पूर्वप्रेमी हुन् ।

रोचक त, बेरी र स्कट मिलेर परिवार बढाउने योजना बनाउँदै छन् ।डेलीमेलका अनुसार उनीहरु यतिबेला जुम्ल्याहा छोरी जन्माउन पहल गरिरहेका छन् । तर उनीहरुको सन्तान ‘स’रोगेसी’ विधिबाट हुनेछ ।

बेरी भन्छन्, ‘मैले सन्तान जन्माउने कुनै योजना बनाएको थिइनँ, तर स्कट सधैँ आफ्नै बच्चा होस् भन्ने चाहन्थ्यो । यदी उसले हामी अभिभावक बनौँ भन्ने चाहन्छ भने म उसलाई सहयोग गर्छु र उसँगै बच्चा जन्माउँछु ।’

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu