दु:खिपि’डितको लागि रु. एक करोड भन्दा बढीको सहयोग संयोजन गर्ने गीतकार बाँस्कोटा यिनै हुन्, जन्मभूमिमा गरियो भव्य स्वागत

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार

समाजसेवी देब बास्कोटालाइ गृह जिल्ला तेह्रथुमको जिरीखिम्ती बजारमा भब्य स्वागत भएको छ , जिरीखिम्ती बजारमा रहेको बृद्ध बिश्रान्ती लगायत तेह्रथुम जिरीखिम्ती बजार बाशीले परदेशमा रहेर पनि जिल्लाका हरेक क्षेत्रमा सहयोग गरेको भन्दै फुलमाला लगाई बजार परिक्रमा गराएका थिए ।

आर्थिक अभावका कारण सही समयमा उपचार गर्न नसकी आफ्नी आमालाई गुमाएका तेह्रथुम ओयाक्जुङका–५ का देव बास्कोटाले विदेशिने बेलामा धेरै पैसा कमाएर अकालमा ज्यान गुमाउनेहरुलाई सहयोग गर्ने मनमनै प्रतिबद्धता गरेका थिए । सोही प्रतिबद्धता अनुरुप सहयोगी, मिलनसार तथा मिहिनेती स्वभावका बास्कोटाले आफ्नो दस वर्षे प्रवासी जीवनमा ६०  लाखभन्दा बढी रुपैयाँ आर्थिक सहयोग गरेर समाजको जिम्मेवार नागरिकका रुपमा आफूलाई प्रस्तुत गरेका छन् । गरिबीको चपेटामा परी दाम कमाउने सपना बोकी दस वर्षअघि साउदी अरबबाट सुरु भएको उनको वैदेशिक रोजगारीको यात्रा अहिले इजरायमा पुगेको छ ।

यो अवस्थामा उनले आफ्ना लागि केही दामसँगै नाम पनि कमाइरहेका छन् । समाजसेवा, पत्रकारिता र गीतसंगीतको क्षेत्रमा संघर्षरत बास्कोटाको परिचयमात्र होइन, हिजोआज उनको दैनिकी नै फेरिएको छ । विदेश जाने जोकोहीले दाम त अवश्य कमाउँछन् तर दामसँगै नाम कमाउन सफल भएका छन् उनी । उनले आपतविपतमा परेका नेपाली, मठ ,मन्दिर,खेलकुद, लगायत विभिन्न ठाउमा गरी ६० लाख रुपैयाँ भन्दा बढीको आर्थिक सहयोग गरेका छन् ।

बास्कोटाले प्रवासमा रहेर आपूले कमाई बचाएर नेपालको विभिन्न स्थानहरुमा समाजसेवा, सहयोग तथा पुरस्कार प्रायोजनमा खर्चिदै आएका छन् । गीतसंगीत, पत्रकारिता र समाजसेवामा रुचि भएका बास्कोटाले प्रवासी भूमि इजरायलमा रहेर पनि आफ्नो जन्मभूमिका लागि आफ्नो कमाई खर्चिएका हुन् । त्यस्तै बिगत ३१ महिना अघि बाट सामाजिक कार्यमा समर्पित नेपाल सरकार बाट मान्यता प्राप्त तीनजुरे मिडिया ग्रुप प्रबाश नेपाल पनि सञ्चालनमा ल्याएका छन् । आर्थिक अभावका कारण उपचारमा समस्या भएका बिरामीहरुलाई विषेश सहयोग गर्दै आएका बास्कोटाले तेह्रथुम सिम्लेका मृगौलापीडित गोपाल निङलेकुलाई आफु लगायत केही सहयोगीको सहकार्यबाट ९० हजार सहयोग गरेका थिए ।

मृगौलापीडित रानीटार पाँचथरका तारा नेम्बाङलाई ७० हजार, तेह्रथुमको सदरमुकाममा सञ्चालन भएको वातावरणमैत्री श्री कृष्ण जन्माष्टमी मेला तथा फुटबल प्रतियोगिता–२०७२ का लागि ५० हजार उपलब्ध गराएका थिए । त्यस्तै तेह्रथुमको सदरमुकाममा सञ्चालन भएको वातावरणमैत्री श्री कृष्णजन्माष्टमी मेला तथा फुटबल प्रतियोगिता–२०७३ मा लागि ३० हजार, तेह्रथुम हमरजुङ–४ का भूकम्पपीडित भद्रकुमारी तोलाङीलाई १० हजार, तिजोक युबा क्लब पान्चथरलाई मिडिया ग्रुपका विभिन्न ब्यक्तिसँग मिलेर ७० हजार, संखुवासभाको मादीमा रहेको मादी फुटबल क्लबलाई ५ हजार, मिडिया क्लब सुम्हालुङ एफएम पाँचथरलाई २०७२ सालमा १० हजार त्यस्तै २०७३ सालमा ३ हजार रुपैयाँ सहयोग गरेका थिए ।

उनकै सहयोगमा पत्रकार प्रकाश पाक्सावालाई सम्मान सहित ३० हजार प्रदान गरिएको थियो । त्यस्तै धरान पूर्वाञ्चल सिङगिङ आइडल सिजन–४ को लागि तेश्रो पुरस्कार १५ हजार पनि बास्कोटाले नै इजरायलबाट प्रायोजन गरेका थिए । प्रेस युनियन पाँचथरलाई २०७२ सालमा ५ हजार, साहित्य तेह्रथुम साहित्य पुरस्कारका लागि पहिलो पुरस्कार स्वरुप ३ हजार, संक्रन्ति आगलागीपीडितका लागि आफु सहित मीडिया ग्रुप मार्फत पहिलो चरण १ लाख ५० हजार, सिंहलिला एफएमको वार्षिकोत्सवमा १० हजार, अनेरास्ववियु जिल्ला कमिटी तेह्रथुमको अखिल कपलाइ २० हजार उनै बास्कोटाले आफ्नो कमाइबाट उपलब्ध गराएका थिए । फिदिमका असहाय बालबालिकालाई मित्र काफ्लेको पहलमा ५ हजार, सिंहदेवी उच्च मावि मङ्गलबारे भवन निर्माणका लागि ५ हजार, खाँदबारी एफएममा हेल्लो खाँदबारी संखुवासभामा कार्यक्रमको उत्कृष्ठ विजेतालाई १० हजार, रेडियो मितेरी पाचथर मा कार्यक्रमको उत्कृष्ठ विजेतालाई १० हजार तेह्रथमकी मिर्गौलापीडित खिनमायालाई २८ हजार त्यस्तै शंक्रान्ति बजार आगलागीपीडितलाई दोश्रो चरणमा इजरायलबाट संकलित ६० हजार उपलब्ध गराएका थिए ।

त्यस्तै दुवै जेलमा फिलिपिनी नागरिकको हत्या आरोपमा जेल जीबन बिताई रहेका तेह्रथुम फेदाप २ ओयाक्जुंगका खड्ग जोगीलाइ नेपाल फर्काउन समेत बास्कोटा ले नै मुख्य सम्योजकको भूमिका खेली इजरायल देखि नेपाल आइ सम्पुर्ण प्रक्रिया मिलाई बिभिन्न नेपाली समुदाय देश बिदेशका नेपाली बिच एकता गरि ब्लड मनि स्वरूपको ६१ लाख जुटाई नेपाल फर्काउन मुख्य भूमिका खेलेका थिए ।

आफ्नै संस्था तीनजुरे मीडिया ग्रुप बाट बास्कोटाकै अध्यक्षता तथा संयोजनमा हरेक एक महिना एक पिडित एक सहयोग अन्तर्गत अहिले सम्म १४ लाख माथि सहयोग जुटाई हस्तान्तरण गरिसकेका छन् ।त्यस्तै तेह्रथुमको फेदाप २ साबिक ओयाक्जुङ–९ मा रहेको आफैले अध्ययन गरेकोे श्री सिद्धकाली माध्यमिक विद्यालयमा आफुले ७० हजार सहित छ लाख २४ हजारको लागतमा परदेसिएका पूर्वविद्यार्थीहरुको संयुक्त लगानीमा सरस्वती माताको मुर्ति सहित मन्दिर निर्माण गरि हस्तान्तरण गरेका थिए।

त्यस्तै फेदाप २ कै जलकन्या आधरभुत बिद्यालय लाइ आमाको सम्झनामा ५ लाखको लगानीमा सरस्वति मन्दिर साथै ५० थान कुर्सि प्रदान गरेका थिए ।

त्यस्तै पछिल्लो समय श्री सिद्धकाली माध्यमिक विद्यालय फेदाप २ मै आफुले १ लाख ५० हजार सहित अन्य साथीहरु लाइ समेटी ५ लाख २० हजारमा ईष्टेज बनाई बिद्यालयलाइ हस्तान्तरण गरेका थिए ।

बृद्धबिश्रान्ती जिरिखिम्तीलाई ५० हजार खेलकुद बिकाश समिति तेह्रथुमलाइ २४ थान जर्सी लगायत हरेक ठाउमा सहयोग गरेका छन् ।

आगामी दिनमा पनि यो कार्यलाई निरन्तरता दिने जानकारी गराएका छन् उनको बिचारमा जीवनमरणको दोसाँधमा रहेका र आर्थिक अभाव कारण उपचार नपाएका पीडितहरुलाई सहयोग गर्नु सच्चा सेवा हो । समाजलाई सकारात्मक बाटोतर्फ उन्मुख गराउन लाग्ने समूह, संस्था वा ब्यक्तिहरुलाई सहयोग गर्नु परिणाममुखी हुन्छ । बास्कोटाले रोजगार, पत्रकारिता र समाजसेवासँगै गीतसंगीतको दुनियाँमा छुट्टै पहिचान बनाइरहेका छन् । उनले ‘कस्तो रहिछ जुनी’, ‘तेह्रथुम सिंहबाहिनी’, ‘काँडेतारको जाली’, ‘पिपल छेउमा वर’, ‘पोहोरको चोली’ लगायत पाँच ओटा एल्बम सार्वजनिक गरिसकेका छन् ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu