काठमाडौं । आजभन्दा ३८ वर्ष पहिले प्रचण्डले आफ्ना कार्यकर्ताबाट उपहारस्वरुप एउटा पे’स्तोल पाएका थिए । तिनै कार्यकर्ता अहिले प्रचण्डको सदभाव पाएर मन्त्री बन्न पुगेका छन् ।

भारतको गोरखपुरमा २०३८ सालमा युवक संगठनको भेला हुँदै थियो । संगठनका केन्द्रीय अध्यक्ष थिए प्रचण्ड । भेलामा केन्द्रीय सदस्य लेखराज भट्टले प्रचण्डलाई ‘जनयु’द्धको सफलताका लागि’ एउटा पे’स्तोल उपहार दिए । र, त्यहीबेलादेखि प्रचण्ड र लेखराजवीच बढेको आत्मीयता अहिलेसम्म टुटेको छैन ।
प्रचण्डको विश्वासपात्र मानिने भट्ट तेस्रोपटक मन्त्री बनेका छन् । केपी शर्मा ओली नेतृत्वमा पुनर्गठित मन्त्रिपरिषदमा पनि उनलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी दिइएको छ ।
विसं. ०१६ सालमा डोटीको सम्पन्न परिवारमा जन्मिएका र २०२१ सालमा कैलालीको अत्तरियामा बसाइँ सरेका भट्टसँग यसअघि श्रम मन्त्री र वाणिज्य तथा आपूर्ति मन्त्री बनेको अनुभव छ ।
प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा लेखराजलाई श्रम मन्त्रीको जिम्मेवारी दिएका थिए । ०५१ सालमा बागबजारको भित्तोका’ण्डमा डा. बाबुराम भट्टराईमाथिको आ’क्रमण योजना विफल पारेको श्रेय पाउने गरेका लेखराजलाई डा. भट्टराईले आफ्नो नेतृत्वको मन्त्रिपरिषदमा वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी दिएका थिए ।
कैलाली बहुमुखी क्याम्पसबाट प्रविणता प्रमाणपत्र (आईए) पास गरेका भट्टले भारतको कानपुर विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातक पास गरेका छन् ।
बुवा दशरथले कांग्रेसको राजनीति गरे पनि लेखराज भने भीमदत्त पन्तको किसान आन्दोलनबाट प्रभावित हुँदै कम्युनिष्ट नेता बनेर उदाए । खान लाउन नपुग्ने गरिबहरु मात्र कम्युनिष्ट हुन्छन् भन्ने सोच राख्नेहरुले लेखराजलाई ‘सा’मन्त कम्युनिष्ट’ भन्ने गर्थे ।
कम्युनिष्ट पार्टीको सदस्यता ०२३ सालमा लिएका लेखराजले शाही परिवार धीरेन्द्रको लगानी रहेको भनिने कैलालीको लक्ष्मीपत्ता उद्योगमा मजदुर आ’न्दोलनको नेतृत्व गरे ।
लेखराज ०५२ सालदेखि प्रचण्ड नेतृत्वको जनयु’द्धमा पूर्णकालीन रुपमा लागे । ०५७ सालमा उनी तत्कालीन नेकपा माओवादीको केन्द्रीय सदस्य बने । जनयुद्धको समयमा हालका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पश्चिम व्युरो इञ्चार्ज हुँदा लेखराज त्यसको कार्यालय सचिव थिए ।
उनी ०५४ सालमा फुन्टिवाङ बैठकपछि सेती-महाकाली व्युरो इञ्चार्ज र ०६० सालमा माओवादीको सेती-महाकाली जनसरकार प्रमुख पनि बने । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरणपछि बनेको नेकपाको हाल उनी स्थायी समिति सदस्य र सुदूरपश्चिम प्रदेशको सहइञ्चार्ज छन् ।
भट्ट ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा कैलाली क्षेत्र नं ५ बाट र ०७४ सालमा प्रतिनिधिसभामा कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित भए ।
आर्थिकरूपमा खासै विवादमा नपरे पनि भट्टको सचिवालयमा काम गरेका व्यक्ति भने आ’लोचित रहँदै आएका छन् । अनलाइनखबर
‘दोषी ठहरिए कारबाही भोग्न तयार छु’ : प्रचण्ड
नेकपा अध्यक्ष पुष्पकमल दाहालले द्व’न्द्व र शान्ति प्रक्रियाका दौरान भएका राम्रा–नराम्रा कामको जिम्मा लिने बताउँदै दो’षी ठहरिए सजाय भोग्न तयार रहेको अभिव्यक्ति दिएका छन् । शान्ति प्रक्रियाको तेह्रौं वर्ष लागेको अवसरमा बिहीबार आयोजित द्व’न्द्वपीडितसँगको अन्तरसंवादमा दाहालले आफू जिम्मेवारीबाट कहिल्यै नपन्छिएको बताए ।

‘हुन त अहिले माओवादी पार्टी छैन, पार्टी कति टुक्रा भयो, देख्नुभएकै छ होला तर म अहिले पनि छु, शान्ति सम्झौतामा हस्ताक्षर मैले पनि गरेको हुँ, जनयु’द्धको नेतृत्व पनि गरेको हुँ,
पीडितहरूको आ’क्रोशलाई सम्बोधन गर्दै तत्कालीन वि’द्रोही दल माओवादीका अध्यक्ष दाहालले भने, ‘जनयु’द्ध र शान्ति प्रक्रियाका क्रममा भएका राम्रा–नराम्रा कामको जिम्मा म लिन्छु । दो’षी ठहर भएँ भने का’रबाही भोग्न तयार छु भनेर पटक–पटक भनेको छु ।
सं’क्रमणकालीन न्याय जहाँको तहीँ रहेको भन्दै वि’द्रोही तथा राज्य दुवै पक्षका पीडितले दाहाललाई सोधेका थिए, ‘यसको जिम्मा कसले लिन्छ र हामीले न्याय कहिले पाउँछौं ?’
दर्जनौं पीडितको आ’क्रोश दुई घण्टासम्म सुनेपछि दाहालले आफू उनीहरूको न्यायका पक्षमा पहिल्यैदेखि उभिँदै आएको र अब जसरी पनि सं’क्र’मणकालीन न्यायलाई टुंग्याउने दिशामा काम अघि बढेको बताए ।
न्याय दिने प्रक्रिया केही ढिलो भए पनि अन्त्य भइनसकेको र आममाफी दिने प्रश्न पनि नउठेको भन्दै उनले पीडितलाई आश्वस्त पारे । ‘हामीले कहिल्यै आममाफीको कुरा गरेका छैनौं,’ उनले भने ।

