आफ्ना स्मार्टफोनका कमजोरी पत्ता लगाइदिनेलाई गुगलले १७ करोड रुपैयाँसम्म दिने

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार

आफ्ना केही एन्ड्रोइड स्मार्टफोनमा भएका सुरक्षा त्रु’टि पहिचान गरिदिनेलाई प्रविधि कम्पनी गुगलले न्यूनतम दुई लाख अमेरिकी डलर (दुई करोड ३० लाख नेपाली रुपैयाँ) देखि अधिकतम १५ लाख अमेरिकी डलर (१७ करोड २५ लाख रुपैयाँ) सम्म पुरस्कार दिने भएको छ।

उक्त धनराशि प्राप्त गर्न गुगलले निर्माण गरेको पिक्सल स्मार्टफोनको टाइटन एम सुरक्षा चिपमा त्रु’टि फेला पार्नुपर्ने हुन्छ। त्यसो गर्दा केही निश्चित मापदण्ड पनि पूरा भएको हुनुपर्छ।

सुरक्षासम्बन्धी विषयका शोधकर्ताहरूलाई सन् २०१५ पछि ४० लाख अमेरिकी डलरभन्दा बढी रकम पुरस्कार दिइसकेको गुगलले बताएको छ। तर गुगलले दिने आर्थिक प्रोत्साहनले मानिसहरूलाई अ’पराधीहरूबाट पैसा लिन रोक्छ भन्ने कुरामा केही विज्ञहरू विश्वास गर्दैनन्।

एपल, बजफीड, फेसबुक र सामसङ जस्ता कम्पनीहरूले पनि सुरक्षा त्रु’टिबारे जानकारी गराउने व्यक्ति वा संस्थालाई पुरस्कृत गर्ने गरेका छन्।

अ’पराधीहरूलाई बेच्नुको साटो समस्या समाधान गर्न सकियोस् भनेर प्रविधि कम्पनीहरूले मानिसहरूलाई त्रु’टिबारे जानकारी दिन आग्रह गर्ने गरेका छन्। त्रु’टिबारे जानकारी दिनेलाई उनीहरूले आफ्नो ‘बग बाउन्टी’ योजनाअन्तर्गत पुरस्कृत गर्छन्।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu