दुईतिहाईको ओली सरकारलाई रविले यसरी न्ग्याउँलान भनेर कसले सोचेको थियो र ? तर न्ग्याए (भिडियो)

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार

गोकर्ण बिष्ट, घनश्याम भुषाल र लालबाबु पन्डितबारे केहि टिप्पणी।भोट माग्दै सरकारी कर्मचारी !
न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४५९ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विवशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छः

१. राजनीतिक दलको चुनाव प्रचार–प्रसारमा सरकारी कर्मचारी !

काठमाडौं । सरकारले पूर्व कर्मचारीहरुले सामाजिक सञ्जाल वा कुनै सञ्चारमाध्यममा राज्यविरुद्ध कुनैपनि अभिव्यक्ति दिएमा पेन्सन रोक्ने कानून बनाउने प्रक्रिया अगाडि बढाएको छ । तर, बहालवाला कर्मचारीहरुलेनै मनपरि गरिरहेका विषयमा भने सरकार मौन छ ।

मंसिर १४ गते हुन लागेको उप–निर्वाचनमा सरकारी कर्मचारीहरुनै प्रत्यक्ष रुपमा प्रचार–प्रसारमा सहभागी भएका छन् । कर्मचारीहरु समाजिक सञ्जालमा आफू निकटका उम्मेद्वारलाई भोट गर्न अपिल गरिरहेका छन् ।

२. खगेन्द्र नवजीवन केन्द्रमा लाखौंको भ्रष्टाचार !

काठमाडौं । नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रमा आर्थिक अनियमितता भएको पाइएको छ । अपाङ्गगता भएका व्यक्तिहरुको जीवन रक्षाका लागि स्थापना भएको संस्थामा समितिका पदाधिकारी तथा कर्मचारीको मिलेमतोमा विभिन्न शीर्षकमा रकम हिनामिना गरिएको भेटिएको हो ।

महालेखा परीक्षकले जारीको गरेको प्रतिवेदनमा केन्द्रमा अनियमितता भएको हुनसक्ने औंल्याएको छ । २०७४÷७५ मा नेपाल सरकारबाट केन्द्रका नाममा ५९ लाख १३ हजार रुपैयाँ अनुदान आएको थियो ।

तर, उक्त रकम कहाँ–कसरी खर्च भयो ? भन्ने जानकारी केन्द्रसँग छैन । महालेखा परीक्षकको कार्यालयमा बुझाइएको विवरणमा २२ लाख रुपैयाँको मात्र खर्च खुलाइएको छ ।

३. सेवाग्राहीलाई दुःख दिन्छन् श्रम कार्यालय ताहचलका कर्मचारी

काठमाडौं । वैदेशिक रोजगारका लागि अनिवार्य श्रम अनुमति लिनका लागि श्रम कार्यालय ताहचल पुग्ने सेवाग्राहीले कुनै न कुनै झन्झट व्यहोर्नै पर्छ ।

हरेक महिना जस्तो फेरिने श्रमसम्बन्धि नीतिनियम देखाएर श्रम कार्यालयका कर्मचारीले एक छिनमै हुने कामलाई एक साता झुलाईदिन्छन्् । यही नियतको भागिदार भएका छन्, हाल कुवेतस्थित अल्साया कम्पनीमा कार्यरत विराटनगरका निरज पाठक ।

२ बर्षदेखि कुवेतस्थित अल्साया कम्पनीको अन्तर्गतको म्याक ब्राण्डमा काम गरिहेका उनी अहिले पुन श्रम स्वीकृति नविकरणका लागि ताहचलस्थित श्रम कार्यालयमा पुगे ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu