ईजरायलमा भ्यालेन्टाईनस् नाईट २०२० हुदै, यी हुन् आकर्षक कलाकारहरु

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार

ईजरायलमा संगीत महाधमाका भेलेन्टाईनस् नाईट २०२० आयोजना हुने भएको छ ।

ईजरायलस्थित प्रवासी नेपाली संघसस्थाहरुको सहकार्यमा खवर विहानी र रुद्र मिडिया प्रालि द्धारा संचालित बुद्ध सन्देश डटकम द्धारा ईजरायलमा ख्यातिप्राप्त तथा विभिन्न बिद्याका कलाकारहरुलाई एकै मंचमा उपस्थित गराइ संगित महाधमाका भेलेन्टाईनस् नाईट २०२० आयोजना गरिन लागिएको हो ।

नेपाल भ्रमणवर्ष २०२० सफल पार्न तथा गरिब तथा विपन्न बालबालिकाहरुको सहयोगार्थ आगामी १४ फेव्रुअरी २०२० मा हगाना वेईत बरबुर १३५ तेल अबिबमा सो कार्यक्रमको आयोजना गरिन लागेको हो ।

उक्त भेलेन्टाईनस् नाईटमा नेपाल आईडल रवि वोड, लोक तथा दोहोरी गायक बैकुण्ठ महत, अमृत खाती, पुरुषोत्तम पौडेल, गायिका श्रीदेवी देवकोटा तथा हास्यकलाकार राजा राजेन्द्र पोखरेल तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती हुनेछ ।

यो कार्यक्रमबाट उठेको रकम नेपाल भ्रमणवर्ष २०२० लाई सघाउन तथा विपन्न गरिब तथा विपन्न बालबालिकाहरुका लागि सहयोग गरिने छ ।

कार्यक्रमलाई सफल बनाउन आयोजक तथा इजरायल सरकारद्वारा मान्यता प्राप्त इजरायली सामाजीक संस्थाहरुलाई कार्यक्रममा उपस्थित गरार्इ नेपाल भ्रमणबर्ष २०२० को प्रचारप्रसार तथा निमन्त्रणा गरिने र भरपुर मनोरञ्जन दिन आयोजक अहिले तयारीमा लागिरहेको छ ।

कार्यक्रममा सहभागिताका लागि ईजरायलस्थित सबै मिडियाकर्मी, धार्मिक तथा सामाजिक संघसंस्था सामाजिक व्यक्तित्व, शुभेच्छुक, शुभचिन्तक सबैलाई अनुरोध गरिएको छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu