अत्यधिक मेकअपपछि युट्युबबाट चर्चित बनेकी रानू मण्डल विवादमा

प्रकाशित मिति : १ मंसिर २०७६, आईतवार

एजेन्सी । लता मंगेशकरको गीत ‘एक प्यार का नगमा हैु’ गाएर रातारात युट्युबमा भाइरल बनेकी रानू मण्डल पुनः विवादमा परेकी छिन् ।

हालै एक कार्यक्रममा जाँदा रानूले गरेको मेकअपलाई लिएर अहिले सामाजिक सञ्जालमा ट्रोल बनेको छ । उक्त कार्यक्रममा रानूले गरेको नसुहाउँदो मेकअपलाई लिएर सामाजिक सञ्जालमा ब्यङ्ग्य गरिएको छ ।

सडकमा गीत गाएर गुजारा चलाउने रानुले गाएको गीत युट्युबमा भाइरल भएपछि गायक तथा नायक हिमेश रेशमियाले रानूलाई मुम्बई बोलाएर फिल्ममा गाउने अवसर दिए । उक्त फिल्ममा रानु र हिमेशले साथमा गाएको गीत ‘तेरी मेरी कहानी’ हिट भएपछि एउटै गीतले रानू सडकमा गाउने गायिकाबाट स्टेजमा गाउने गायिका बनिन् ।

बिस्तारै उनको माग फिल्मको पार्श्व गायन तथा रियालिटी शोहरुमा समेत बढ्न थाल्यो । तर पछिल्लो समय रानूलाई घमण्डी बनेको आरोप लागेको छ । उनले यसअघि एक फ्यानले नजिक गएर बोलाउँदा अब म सामान्य मानिस होइन सेलिब्रिटी भइसके भनेर जवाफ फर्काएकी थिइन् ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu