बर्सेनि २५ हजार मानिसले लिन्छन्, म’र्नुअघि मृ’त्युको अनुभव

प्रकाशित मिति : १ मंसिर २०७६, आईतवार

एजेन्सी- धेरै मानिस जीवन जिउन अनेकौं संर्घष गर्दछन् । सकेसम्म आफूलाई जीवित राख्न कैयौं कष्टहरुको सामना गर्नुपर्ने हुन्छ । किनकी लामो समय बाच्ने हरेक मानिसको चाहना हुन्छ ।

केही अपवादबाहेक हरेक मानिस म’र्न चाहँदैनन् । त्यसैले बाच्नका लागि सकेसम्म मानिस जे गर्न पनि तयार हुन्छ । तर यो संसारमा केही यस्ता मानिस पनि छन्, जो मृ’त्यु अघि नै म’रेको अनुभव गर्न चाहन्छन् । यी मानिसहरु जीवित छँदै मृ’त्युको अनुभव गर्न आफ्नो अन्त्येष्टिको अभ्यास गर्छन् भन्दा पत्याउन ग्राहो होला ।

दक्षिण कोरियामा जीवन बुझ्न भन्दै बर्सेनि हजारौँ मानिस आफ्नो मृ’त्यु अघि मृ’त्युको अनुभव गर्ने गर्दछन् । उनीहरु १० मिनेटसम्म श’व राख्ने बाकस (क’फन)मा सुत्ने गर्दछन् । त्यस अवधिमा मानिसको अ’न्त्येष्टिमा गरिने सबै प्रक्रियाहरु पूरा गरिन्छ ।

यस प्रक्रियालाई ‘लिभिङ्ग फ्युनरल’ अर्थात जीवन छदै अ’न्त्येष्टि भन्ने गरिन्छ । ह्या’भन नामक कम्पनीले सन् २०१२ बाट जीवित मानिसले मृ’त्युको अनुभव लिन सक्ने यस तरिकाको सुरुवात गरेको हो । जसमा हरेक बर्ष २५ हजार मानिस मृ’त्युको अनुभव लिइरहेका छन् ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu